• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसियली खेलकुद : पाँचौ दिन यस्तो छ नेपालको प्रदर्शन

64x64
नेपाल लाइभ बुधबार, भदौ ६, २०७५  १२:५७
1140x725

जार्कता (इन्डोनेसिया)- १८ औं एसियाली खेलकुदको पाँचौ दिन पनि नेपालका लागि खराब रह्यो। भारोत्तोलनमा कलमबहादुर अधिकारीले तीन वटा राष्ट्रिय कीर्तिमान बनाउनु र कबड्डीमा मलेसियालाई हराउनु बाहेक नेपालको लागि पाँचौ दिन बिर्सन लागयक रह्यो।

पौडी 
पौडीतर्फ महिला २ सय मिटर फ्रिस्टायलमा नेपालकी गौरिका सिंहले १९ औं स्थान हात पारिन्। २४ खेलाडी सहभागी उक्त स्पर्धाको दूरी तय गर्न गौरिकले २ मिनेट १२.५३ सेकेन्ड समय खर्चिन्। यो स्पर्धामा गौरिककै नाममा २ मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ। पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा शुभम् श्रेष्ठ २७ औं स्थानमा रहे। ३२ खेलाडीले सहभागी थिए। शुभम्ले १ मिनेट ११.३७ सेकेन्डमा दूरी पूरा गरे। यो स्पर्धाको राष्ट्रिय कीर्तिमान पनि शुभम्कै नाममा छ । उनको नाममा १ मिनेट ११.२४ सेकेन्डको कीर्तिमान छ। बिहीबार शिरीष गुरुङले १ सय मिटर फ्रिस्टायल र टीसा शाक्यले ५० मिटर ब्रेस्ट स्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

भारोत्तोलन
भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारीले बुधबार कीर्तिमान रचेका छन्। उनले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कुलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन्। कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड जर्कमा १६० गरी कुल २७९ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । स्न्याचमा कमलकै नाममा ११८ केजीको कीर्तिमान थियो जुन उनले २०७१ सालमा ललितपुरमा भएको तेश्रो ग्राँ पिमा बनाएका थिए ।
क्लिन एन्ड जर्कमा कमलले बेइजिङ ओलम्पिकमा बनाएको १५५ केजीको कीर्तिमानलाई सुधार गर्ने क्रममा दोश्रो लिफ्टमै १५६ केजी उचालेका थिए । लगातार चौथो एसियाड खेली रहेका कमल तेश्रो लिफ्टमा १६० केजी भार वहन गर्दै पुनः १५६ केजीको कीर्तिमानलाई सुधारे । कमल समग्रमा १४ औं भए । बिहीबार नेपालका विकास थापाले पुरुष ७७ केजीमा प्रतिस्पर्धा गर्नेछन् ।

बास्केटबल

महिला थ्री अन थ्री बास्केटबलमा चाइनिज ताइपेईले नेपाललाई १९–८ ले पराजित गर्योल। नेपालका भावना लामा र अनुषा मल्लले समान ३–३ अंक जोडे । एलिना गुरुङ र श्रेया खड्काले १–१ अंक बटुले। नेपाली महिला टोलीले अब शुक्रबार जापान र मंगोलियाको सामना गर्नेछ । त्यसअघि शुक्रबार नेपाली पुरुष टोलीले सिरिया र जोर्डन विरुद्ध खेल्नेछ।

लनटेनिस
लनटेनिसमा नेपालको चुनौती समाप्त भएको छ । महिला डबल्समा बुधबार नेपालका मायांका राणा र माहिका राणाको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो । पालेम्वाङमा जापानका मोयुका उचिजिमा र इरिका हायासीको जोडीले मायांका र माहिकाको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।

भलिबल 
पुरुष भलिबलमा नेपालले पराजय भोगेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल चाइनिज ताइपेईंसंग २५–२३, २५–१९ र २५–१५ को सोझो सेटमा पराजित भयो । नेपालले शुक्रबार दक्षिण कोरिया विरुद्ध खेल्नेछ ।

Ncell 2
Ncell 2
nimb
nimb

कबड्डीमा       
पुरुष कबड्डीमा नेपालले चार खेलमा पहिलो जित हात पारेको छ । समूह ‘बी’ को लिगमा नेपालले मलेसियालाई २९–१७ ले पराजित गर्दै पहिलो जित हात पा¥यो । सोही दिन इरान विरुद्धको खेलमा भने नेपाल ७१–२१ ले चुक्यो । नेपाल यसअघि इन्डोनेसिया र जापानसंग हारेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार पाकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
 

तेक्वान्दो
पुरुष ६३ केजीमुनि नेपालका वीरबहादुर महरा प्रिक्वाटरफाइनलमै रोकिए । वीर काजाकिस्तानका खेलाडीसंग ३०–१९ ले पराजित भए । त्यसअघि वीरले अफ्गानिस्तानका खेलाडीलाई २४–१३ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । पुरुष ८० केजीमा नेपालका भुपेन श्रेष्ठ अफ्गानिस्तानका रमेश हुसानीसंग २७–७ ले पछि परे । तेक्वान्दोको अन्तिम दिन बिहीबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

प्याराग्लाइडिङ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्याराग्लाइडिङको पुरुष टिम एक्युरेसीमा नेपाल आठौं भएको छ । नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ र युकेश गुरुङले प्रतिस्पर्धा गरेका थिए । यो इभेन्ट्समा आयोजक इन्डोनेसियाले स्वर्ण जितेको छ । दक्षिण कोरियाले रजत र थाइल्यान्डले कास्य पदक हात पारे ।

महिला टिम एक्युरेसीमा नेपाल सातौं स्थानमा रह्यो । नेपाली टिमबाट त्रिसा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गरेका थिए । महिला टिम एक्युरेसीको स्वर्ण थाइल्यान्डले जित्यो। इन्डोनेसियाले रजत र दक्षिण कोरियाले कास्य प्राप्त गरे ।

यता पुरुष व्यक्तिगत एक्युरेसीमा नवौं राउन्डको खेल सकिँदा नेपालका विजय गौतम १७ औं र सुशील गुरुङ २१औं स्थानमा छन् । यो स्पर्धाको फाइनल बिहीबार हुनेछ । शुक्रबारबाट क्रस कन्ट्री इभेन्ट सुरु हुनेछ । 

उसु 
महिला छान् छ्वानमा नेपालकी सुस्मिता तामाङ सातौं भइन्। ९ खेलाडी सहभागी उक्त स्पर्धामा सुस्मिताले ९.२५ अंक बटुलिन् । चीन पहिलो, मकाउ दोश्रो र भियतनाम तेश्रो भए। बुधबारको खेलसंगै उसु सम्पन्न भएको छ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  १२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्