जाकर्ता (इन्डोनेसिया) - १८ औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
बुधबार भएको प्रतिस्पर्धा कमलले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कुलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् ।
कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड जर्कमा १६० गरी कुल २७९ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए। स्न्याचमा कमलकै नाममा ११८ केजीको कीर्तिमान थियो जुन उनले २०७१ सालमा ललितपुरमा भएको तेश्रो ग्राँ पिमा बनाएका थिएक्लिन एन्ड जर्कमा कमलले बेइजिङ ओलम्पिकमा बनाएको १५५ केजीको कीर्तिमानलाई सुधार गर्ने क्रममा दोश्रो लिफ्टमै १५६ केजी उचालेका थिए।
लगातार चौथो एसियाड खेली रहेका कमल तेश्रो लिफ्टमा १६० केजी भार वहन गर्दै पुनः १५६ केजीको कीर्तिमानलाई सुधारे। कमल समग्रमा १४ औं भए।
भारोत्तलनमा बिहीबार नेपालका विकास थापाले ७७ केजी तौलमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।