• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महिनौंसम्म किन टुंगिदैन मन्त्रिपरिषद् विस्तार?

64x64
किशोर दहाल आइतबार, वैशाख ३, २०८०  २१:०९
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार पुनः मन्त्रिपरिषद् विस्तार गरे। उनले नेपाली कांग्रेसका एनपी साउदलाई परराष्ट्रमन्त्री र एकीकृत समाजवादीकी नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनीहरूले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन्।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आइतबार गरेको मन्त्रिपरिषद् विस्तार आठौंपटक हो। यसअघि उनले पुस ११, माघ ३, माघ १४, माघ २३, फागुन १४, फागुन १६ र चैत १७ मा मन्त्रिपरिषद्‌मा हेरफेर गरेका छन्। यीमध्ये कुनै दिन मन्त्रीहरूकै आगमन वा बहिर्गमन भएका छन्, कुनै दिन जिम्मेवारी हेरफेर मात्रै भएका छन्।

कुनै बेला झन्डै एक महिना एक्लैले १६ मन्त्रालय सम्हालेका प्रधानमन्त्री प्रचण्डको काँधमा अब पनि पाँच मन्त्रालयको जिम्मेवारी छ। कानुन, न्याय तथा संसदीय मामिला; खानेपानी; वन तथा वातावरण; युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डकै जिम्मेमा छ। ती मन्त्रालयले कहिले मन्त्री पाउँछन् भन्ने टुंगो लाग्न सकेको छैन। संकेत पनि देखिएको छैन।

आफ्नो तेस्रो कार्यकाललाई सम्झनालायक बनाउने प्रयत्न गरेका भनिएका प्रधानमन्त्री प्रचण्ड पछिल्लो पटक प्रधानमन्त्री भएको चार महिना पुग्दैछ। यसबीचमा उनले गरेका कामका अनेक दाबी प्रस्तुत भएका छन्, तर, मुख्यगरी 'मन्त्रिपरिषद्लाई नै पूर्णता दिन नसक्ने प्रधानमन्त्रीले अरु के गर्लान् र?' भन्ने आवाज उठिरहेको छ। त्यस्तो आवाज सदनमै पनि उठिरहेको पाइन्छ।

गठबन्धन भत्किएपछि नयाँ सुरुआत
यसबीचमा गठबन्धनमा पनि हेरफेर भइसकेको छ। पुस १० मा प्रचण्डले कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन त्यागेर एमालेको नेतृत्वमा नयाँ गठबन्धन निर्माण गर्दै सोही गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेका थिए। सोही गठबन्धनमा भएको बाँडफाँट अनुसार मन्त्रिपरिषद् लगभग पूर्ण पनि भएको थियो।

तर, प्रधानमन्त्री प्रचण्ड त्यस गठबन्धनप्रति इमानदार भएनन्। बरु २०७९ फागुन १२ गते साँझ बालुवाटारमा बसेको आठ दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाबीचको बैठकले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय लियो। त्यसपछि पुरानो गठबन्धन भत्कियो।

नयाँ गठबन्धन बनेपछि सरकारमा सहभागी दुई दल राप्रपा र एमाले सरकारबाट बाहिरिएका थिए। राप्रपा फागुन १३ र एमाले फागुन १५ मा सरकारबाट बाहिरिएको थियो। सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए। त्यसअघि माघ २२ मै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले पनि राजीनामा दिइसकेका थिए। यसरी पुरानो गठबन्धन भत्किँदा प्रचण्ड सरकारमा उनको दल माओवादी केन्द्र र जनमत पार्टी मात्रै सहभागी थिए।

गठबन्धन फेरिएपछि मन्त्री बन्ने अवसर नयाँ पार्टीहरूमा आयो। तर, यो विस्तार लगभग नयाँ सुरुआत जस्तो भयो। परिणामतः केही समय भागबण्डामै बित्यो। अर्कोतिर, ती पार्टीभित्रका आकांक्षीहरूले आफ्नो प्रयत्न सुरु गर्ने मौका पाए। बल्ल चैत १७ गते कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी सम्मिलित मन्त्रिपरिषद् गठन भयो। तर, सरकारले भने पूर्णता पाउन भने सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसले पनि गठबन्धनमा भएको सहमति अनुसार नै मन्त्रीहरूको पूर्ण नाम दिन सकेको छैन। त्यहाँभित्रका फरकफरक गुटले आफूअनुकूल हिस्सेदारी खोज्दा मन्त्रिपरिषद् विस्तारमा समस्या भइरहेको देखिन्छ। कांग्रेसले बनाएको मापदण्डको पनि पूर्ण पालना भएको पाइँदैन।

पार्टीहरू पार्टीजस्तै नहुनुको दुःख
पार्टीभित्र पनि मन्त्री बन्न चाहनेहरूको दबाब थेग्न नेतृत्वलाई पनि सकस पर्ने गरेको छ। त्यो दबाब कस्तो हुन्छ भन्ने अघिल्लो वर्ष नै प्रचण्डले खुलाएका थिए। २०७८ साउन ९ गते एक कार्यक्रममा उनले भनेका थिए- ‘म त अहिले मन्त्री बन्न मकहाँ दबाब दिने मान्छेहरूको हुलभित्रबाट आएको छु। आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने। हाम्रो ४९ जना सांसद् सबैलाई मन्त्री चाहिएको छ, हामीले बढी पाइयो भने सात जना।... चार पाँच दिनदेखि मचाहिँ साँच्चै एक खालको मानसिक तनावभित्र छु। सबैलाई बनाउन मन लागेको छ। ४९ जनालाई नै बनाइदिन पाए हुन्थ्यो मन्त्री। त्यो त हुँदैन फेरि।‘

मुख्यतः तीन वटा समस्याका कारण पार्टीहरूले मन्त्री पठाउने विषयमा समस्या निम्तिएको राजनीतिक विश्लेषक केशव दाहाल बताउँछन्। पहिलो, पार्टीहरू अनेक गुट, उपगुट र स्वार्थ समूहका सिन्डिकेट भएका छन्। जसले गर्दा केन्द्रीय समिति वा सम्बन्धित समितिले कस्ता मन्त्री बनाउने भनेर मापदण्ड बनाए प्रभावकारी हुँदैन। उनी भन्छन्, 'गुटहरूले निर्णय गर्नुपर्ने हुन्छ। गुटहरूले आफ्नो गुटभित्रबाट मान्छे छान्नुपर्दा स्वाभाविक हिसाबले समय लाग्छ।'

दोस्रो, कसलाई मन्त्री बनाउने भनेर पार्टी बाहिरका बिचौलिया समूह र स्वार्थ समूहले काम गर्छन्। 'राज्यको अनेकौं स्थानमा नीतिगत र संरचनागत हस्तक्षेप गर्ने, नेताहरूलाई चन्दा दिने, नेताहरूलाई निर्वाचनमा सहयोग गर्ने, अनेकौं परियोजनामा कमिसन लिने र बुझाउने बिचौलिया वर्ग पनि कसलाई मन्त्री बनाउने भनेर निर्णायक भइदिन्छ। ती मान्छेहरूलाई फकाउन र सन्तुलनमा राख्नका लागि पार्टीहरूले गृहकार्य गर्नुपर्ने भएकाले पनि मन्त्रिपरिषद् विस्तारमा समस्या आइदिन्छ', उनी भन्छन्।

'तेस्रो कारणचाहिँ भू-राजनीतिले पनि सत्ता र सरकार कस्तो बनाउने भन्नेमा कहिलेकाहीँ हस्तक्षेप गर्छ भन्ने सुनिन्छ', दाहाल भन्छन्, 'यद्यपि, त्यसका प्रमाणहरू छैनन्।'

सधैंको सकस
शेरबहादुर देउवा पछिल्लो पटक २०७८ असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रारम्भमा केही मन्त्री नियुक्त गरेका उनले ८८औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए। तीन महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै उनको आलोचना भएको थियो। प्रधानमन्त्री प्रचण्डले देउवालाई पनि उछिनेका हुन्।

तर, पछिल्ला सबैजसो प्रधानमन्त्रीले यस किसिमको हैरानी भोगेका छन्। खासगरी २०६२/६३ को जनआन्दोलनपछि विभिन्न कारणले गठबन्धन सरकार निर्माण गर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएपछि मन्त्रिपरिषद् विस्तारका लागि हप्तौं समय बित्ने गरेको छ। पार्टीहरूले बनाउने मापदण्ड कार्यान्वयन नहुने तथा मन्त्री बन्नेहरूको दबाब बढ्ने गर्दा महिनौंसम्म विस्तार नटुंगिने गरेको हो।

केही उदाहरण हेरौँ। प्रचण्ड २०६५ साउन ३१ गते पहिलो पटक प्रधानमन्त्री बन्दा वरीयता विवादले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा हस्ताक्षरसमेत गरिसकेको एमालेले आफ्नो तर्फबाट मन्त्रिपरिषद्‍मा सहभागी हुने नाम समेत टुंग्याएर प्रधानमन्त्री प्रचण्डलाई बुझाइसकेको थियो। त्यतिमात्रै होइन, २०६५ भदौ ६ गतेको मन्त्रिपरिषद् विस्तारका क्रममा सहभागिताका लागि सोही अनुसार पोसाक लगाएर एमाले नेताहरू बैठकका लागि सिंहदरबारसमेत पुगिसकेका थिए। एमालेले वामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय लिएको थियो। 

तर, सिंहदरबारमा बसेको सत्ता सहयात्री तीन दलको बैठकमा माओवादीले प्रचण्डपछिको वरीयतामा डा बाबुराम भट्टराई रहने अडान लिएपछि एमालेका मन्त्रीहरूले सो दिन सपथ लिएनन्। त्यसदिन माओवादी र फोरमका चार-चार मन्त्रीले सपथ खाए। भदौ १५ गते भएको दलहरूबीचको मन्त्रालय भागबण्डा अनुसार २४ सदस्यसहित मन्त्रिपरिषद्लाई पूर्णता दिइएको थियो।

झलनाथ खनाल प्रधानमन्त्री बन्दा पनि मन्त्रिपरिषद् विस्तारमा अस्वाभाविक ढिलाइ भयो। २०६७ माघ २० गते प्रधानमन्त्री निर्वाचित भएका उनले गोप्य रुपमा माओवादीसँग सात बुँदे सहमति गरेका थिए। सोही अनुसार, माओवादीलाई गृहमन्त्री दिन भने पार्टीले अवरोध गर्‍यो। सुरुआतमै चार मन्त्री पठाएको माओवादीले आफ्नो भागमा परेका अन्य मन्त्री भने पठाएन। २०६८ वैशाख २१ गते कृष्णबहादुर महरालाई गृहमन्त्रालयको जिम्मेवारी दिइएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो।

यो पनि पढ्नुहोस्-
मन्त्रिपरिषद् विस्तारमा सधैं ढिलासुस्ती, सधैं सकस

 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्