काठमाडौं– काठमाडौं महानगरपालिका–४ टुसाल गल्लीमा एक घरबाट १६ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। बुद्धमाया गुरुङको घरबाट बिभिन्न देशका मुद्रा, १३ तोला सुनका गहना चोरी भएको छ।
सोही घरमा डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका–४ घर भएका हरि कोईरालाको कोठाबाट नगद ४५ हजार रुपैयाँ , २० तोला सुनका गहना, हिराको हार १ एएटा र थाई भाट १ हजार ६ सय चोरी भएको हो।
दुवै जनाको गरेर १६ लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
उता मध्यबानेश्वर मितेरी मार्ग डेरा गरी बस्ने मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी दिपा बस्नेतको डेरा कोठामा मंग्लबार कोही नभएको अवस्थामा झ्यालको ग्रिल फोडेर नगद २२ हजार रुपैयाँ सहित करीव १ लाख ७४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।