बुटवल– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आव २०७४÷७५ को अवधिमा ४७२ उजुरी फछ्र्यौट गरेको छ ।
अख्तियारमा सो आर्थिक वर्षमा जम्मा ८५७ उजुरी दर्ता भएकामध्ये ३८५ वटा उजुरी भने फछ्र्यौट हुन बाँकी छन् । गत वषए उजुरीको फछ्र्यौटको अवस्था भने सन्तोषजनक नै रहेको आयोगले जनाएको छ ।
आयोगको कार्यालय बुटवलले आज गरेको पत्रकार सम्मेलनमा कार्यालयप्रमुख रविलाल पन्थले प्रगति विवरण प्रस्तुत गर्दै पछिल्लो समयमा स्थानीय तहका जनप्रतिनिधिका अनियमितताका विषयमा उजुरी आउन थालेको जानकारी दिए।
स्थानीय तहका जनप्रतिनिधिहरुले धेरैजसो कर्मचारी नियुक्ति, विकास निर्माणको काममा आफू नजिकका नातेदारलाई ठेक्का दिएका र गुणस्तरहीन काम गरेका, जनताको काम गर्दा कर्मचारीहरुले घुस लिएका जस्ता उजुरी देखिएको उनले बताए। । “अख्तियारले स्थानीय तहका जनप्रतिनिधिहरुलाई अनियमितता र भ्रष्ट्राचारका विषयमा अभिमुखीकरण गरिसकेका छ, अब एक्सनमा जान्छौँ,’ उनले भने।
गत आवमा रु ६ लाख घुससहित पाँच जना व्यक्ति रङ्गेहात पक्राउ परेको, पाँच वटा मुद्दाबाट रु ६ लाख बिगो तथा रु चार करोड आठ लाख २९ हजार ५६३ असुलउपर गरिएको पन्तले जानकारी दिए।
अख्तियारमा वर्षभरिमा आउने उजुरीमध्ये अधिकांश साउनमा आउने गरेको आयोगको तथ्याङक छ। गत आर्थिक वर्षमा परेका ८५७ उजुरीमध्ये साउनमा मात्रै १५१ उजुरी परेको थियो । साउनमा पर्ने उजुरीमध्ये आवको अन्तिम असार मसान्तमा फछ्र्यौट हुने कामका अनियमिततासँग सम्बन्धित रहेको समेत आयोगले जनाएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।