जाकर्ता- १८ औं एसियाली अन्तर्गत भारोत्तोलनमा सञ्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। सञ्जुले महिलाको ५३ केजी तौल समूहमा स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन कीर्तिमान बनाएकी हुन्।
सन्जुले जकार्ताको जेआई एस्पो हलमा मंगलबार भएको स्पर्धामा स्यान्चमा ७२ र क्लिन एन्ड जर्कमा ८६ केजी भार बहन गर्दै समग्रमा १५८ केजी तौल उचालिन्। तीन महिना अघि उनले काठमाडौंमा अन्तर क्लब प्रतियोगितामा स्यान्चमा ७१ र क्लिन एन्ड जर्कमा ८५ केजी तौल उचाल्दै १५६ केजी उचालेर किर्तिमान बनाएकी थिइन । यस पटक उनले आफ्नो रेकर्ड सुधार गरेकी हुन् ।

उनले पहिले चरणमा स्न्याचतर्फ ६८ केजी र दोस्रो राउन्डमा ७२ केजी उचालेकी थिइन् । तेस्रो राउन्डमा ७३ केजी उचाल्न सकिनन् । त्यसैगरि क्लिन एन्ड जर्कमा पहिलो राउन्डमा ८२ र दोस्रो राउन्ँडमा ८६ केजी उचालिन् ।
तेस्रो राउन्डमा ८८ केजी उचाल्ने प्रयास सफल भएन । उनले सो १२ औं स्थानमा आइन् । फिलिपिन्सकी हिडिल्यन डाएजले समग्रहमा २०७ केजी तौल उचाल्दै स्वर्ण पदक जितिन् । तुर्किमेनिस्थानकी क्रिस्टिना सेर्मेटोभाले समग्रमा २०६ केजी भार बहन गर्दै रजत र थाइल्यान्डकी सुराड्चना काम्बाओले समग्रमा २०१ केजी उचाल्दै तेस्रो स्थानहासिल गरे ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।