जकर्ता- १८औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत प्याराग्लाइडिङको टिम एक्युरेसीमा नेपालको पदक सम्भावना न्यून भएको छ।
पुरुष व्यक्तिगत स्पर्धामा नेपालका विजय गौतम ५ राउन्डसम्म १४ औं स्थानमा छन् भने सुशील गुरुङ २५ औं स्थानमा छन्। यो स्पर्धामा ३३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। गौतम ३ राउन्डसम्म दोस्रो स्थानमा थिए।
यस्तै एक्युरेसीको पुरुष टिम इभेन्ट्समा ५ राउन्डसम्मको खेल सकिदा नेपाल आठौं स्थानमा छ। यो स्पर्धामा १५ राष्ट्रले भाग लिएका छन्। एक्युरेसीको महिला टिम इभेन्ट्समा नेपाल सातौं स्थानमा छन्।
प्याराग्लाइडिङको एक्युरेसीको अन्तिम नतिजा बुधबार आउनेछ।
एकदिन आराम गरेपछि शुक्रबारबाट क्रस कन्ट्री इभेन्ट सुरु हुनेछ। नेपालले क्रस क्रन्ट्रीमा पदकको आसा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।