जाकर्ता (इन्डोनेसिया) - १८औं एसियाली खेलकुद अन्तर्गत उसुमा नेपालको पदक जित्ने आशा सकिएको छ।
उसुको सान्सोको ६० केजी मुनि तौल समूहमा नेपालकी लुमन्ती श्रेष्ठ थाइल्यान्डकी सुचया बुआलुङसँग पहिलो राउन्डमै पराजित भइन्। यसअघि बाइ पाएर सिधै क्वार्टरफाइनलमा प्रवेश गरेकी थिइन्।
उनले जित हात पारेको भए नेपालको कम्तिमा कास्य पदक पक्का हुने थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।