• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

क्याम्ब्रिज विश्वविद्यालयकी अर्थशास्त्री बैटमेन जो नाङ्गो विद्रोह गर्दैछिन् 

64x64
नेपाल लाइभ शनिबार, वैशाख २, २०८०  १४:१२
1140x725

एजेन्सी– डा भिक्टोरिया बैटमेन विश्वको चर्चित विश्वविद्यालयमध्ये पर्ने क्याम्ब्रिज विश्वविद्यालयमा अर्थशास्त्रकी प्रोफेसर हुन्। तर, उनी एक विद्रोही हुन् र सरकारी नीतिहरूकोविरुद्धमा नाङ्गै भएर विरोध प्रदर्शन गरिरहेकी छन्। 

‘मलाई मानिसहरुले जब नाङ्गै देख्छन् अनि भन्छन् कि यो एक मुर्ख र बेवकुफ हो। निश्चित रुपमा एक पागल हो,’ उनी भन्छिन्, ‘तर म खुलेर भन्न चाहन्छु, होइन म एक सच्चा र असल सोच भएको मानिस हुँ।’ यद्यपि नाङ्गो भएर विरोध प्रदर्शन गर्नुलाई विवादास्पद मानिन्छ।

उनको हालै प्रकाशन भएको एक किताबमाथि अमेजनमा विज्ञापन गर्न रोक लगाइयो। यो यौन सम्बन्धको विषयमा द्विअर्थी भएको दाबी गरिएको छ। डा भिक्टोरिया बैटमेनका अनुसार सोशल मीडियामा एक अभियानपछि उनको किताबमा विज्ञापन रोक्ने निर्णय फिर्ता लिइएको थियो। यो अभियानमा महिलालाई आफ्नो शरीरको साथमा अरुले चाहेको अधिकार दाबी गर्न चाहना नभएकोतर्फ जोड दिइएको छ। 

जुन तस्बिरमा विवाद र बहस भयो त्यसमा उनको पूरै शरीर देखाइएको छैन। यसलाई जुम गरेर उनको पेट र छातीको केही हिस्सा खुला देखाइएको छ। भिक्टोरियाले भनिन्, ‘म सम्झन्नँ कि मेरो शरीर देखाउँदैमा म जे भन्न चाहन्छु त्यसको महत्त्व कम हुँदैन। इतिहासमा हामीलाई उदारवादको हरक टक्करपछि दमनको दालनी हुन्छ भनि सिकाइएको छ।’

उनले आफूले नाङ्गो भएर प्रदर्शन गर्नुको उद्देश्य भनेको समाजमा महिलाको बारेमा रहेको सोच बदल्नु नै भएको बताइन्। बेलायत र वेल्समा सार्वजनिक स्थलमा नाङ्गो हुनु अपराध होइन तर यो कसैलाई यातना दिन, दु:ख दिन वा नियत राखेर गर्नु अपराध बन्ने उनको तर्क छ। यसरी उजुरी गर्नेहरुले आफूलाई कोही नाङ्गो भएका कारण असर परेको पुष्टि गर्नुपर्ने कानुनी संरक्षण रहेको उनको चुनौती छ। बैटमेनले आफ्नो विरोध प्रदर्शन आक्रामक नभएको दाबी गरेकी छन्। 

‘मेरो उद्देश्य कुनै काम वा कारबाहीमा बाधा पुर्‍याउनु हैन। कुनै समस्या छ त्यसमा ध्यानाकर्षण गराउनु हो। चाहे त्यो अर्थतन्त्र होस् वा महिलाको कमी। ब्रेग्जिटको परिणाम होस् वा महिलाको स्वतन्त्रतामाथि भइरहेको हमला।’

बैटमेनले नाङ्गो भएर विरोध प्रदर्शन हेर्नेहरुलाई कपडाको सम्मानका बारेमा पनि सोच बदल्ने र यो विषयमा कुरा गर्ने मानिसको चाहना पनि पूरा गर्न मद्दत गर्ने बताइन्। पशुको अधिकारका लागि काम गर्ने संगठनहरुले उनीहरुको प्रयोगकाविरुद्धमा नग्न भएर विरोध प्रदर्शनको तरिका प्रयोग गर्दै आएको उनले बताइन्। पर्यावरण समूहहरु जसले जलवायु परिवर्तनलाई रोक्नका लागि कठोर उपायहरुमा जोड दिँदै आएका छन्। उनीहरुले पनि आफ्नो रुपमा विरोध प्रदर्शन गरेका छन्। तर यसलाई आम महत्त्वको रुपमा नहेरिएकाले आफूले गरेको विरोध पनि आम प्रदर्शन भएको उनी बताउँछिन्। 

मजदुर वर्गदेखि आईबी लिगसम्म 
बैटमेनले सुरुवाती शिक्षा सरकारी स्कुलमा प्राप्त गरिन्। त्यसपछि ग्र्याजुएशनका लागि क्याम्ब्रिज पुगिन्। उनले अक्सफोर्ड विश्वविद्यालयवाट पिएचडी गरिन् र क्याम्ब्रिज विश्वविद्यालयमा जागिर गर्न थालिन्। बैटमेनको भनाइमा बच्चा हुँदा उनीसँग शरीर ढाक्नसक्ने कपडा थिएन। जसै जवान हुँदै गएपछि उनले आफ्नो सोख पूरा गर्दै आम युवतीझै छोटो स्कर्टस्, छोटो टप्स र हाई हिल लगाएर पार्टीमा जान सुरु गरेकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

शिक्षाको मैदानमा उनले सफलताहरु पाउँदै गइन् र उनलाई अझ बढी मिहेनत गर्ने जाँगर चल्न थाल्यो। तर मध्यम वर्ग, जहाँ बैटमेनजस्ता युवतीले आफ्नो वर्गको कपडा लगाउँथे तर त्यसलाई समाजमा हिन भावनाले हेरिन्थ्यो। समाजको यही सोचका कारण उनलाई सधैं सताउने गर्थ्यो। आफ्नो शैक्षिक करिअरको सुरुवाती चरणमा उनले आफ्नो बौद्धिकताको सम्मान जारी राख्नका लागि आफ्नो पहिरनमा ध्यान दिने गर्थिइन्। 

‘मैले धेरै सोचेँकी मानिसहरु मेरा बारेमा के सोच्नसक्छन्। यो कुरा म–मााथि किन हाबी हुन दिउँ भनेर,’ उनले भनिन्, ‘फेरि सोचेँ चिन्ता गर्नका लागि यो भन्दा धेरै जरुरी अन्य कुराहरु छन्।’

भद्रताले स्वतन्त्रता खोस्छ 
बैटमेनलाई आफ्नो कपडा उतार्ने निर्णय एक वैचारिक आन्दोलन हो भन्ने लाग्छ। उनी भन्छिन्, ‘महिलाहरुको भद्रताले वास्तवमा  महिलाहरुलाई नै नोक्सान पुर्‍याइरहेको हुन्छ। यसले पुरुषहरुको महिलालाई निन्यन्त्रण गर्ने क्षमतामा विस्तार गर्दछ।’ उनले बीबीसीसँग कुरा गर्दै भनिन्, ’किनकी महिलालाई मान सम्मानले भद्रताको नत्थी लगाइन्छ। त्यहिबेला नै महिलाको आत्मसम्मान कम गर्ने, उसको अपमान गर्ने र महिलाको साथ मासुको थुप्रोको रुपमा व्यवहार गर्ने तागत मिल्दछ।’

उनका अनुसार यसले विश्वभरका महिालाहरुको स्वतन्त्रतामा नोक्सान पुर्‍याउने नीति र तरिकाहरुलाई बल मिलेको छ। अफगानिस्तानमा महिलाहरुलाई विद्यालयबाट बाहिर राख्नेदेखि ईरानमा अनिवार्य हिजावसम्म, कुमारित्व परीक्षण, अनर किलिङ्ग, र नीजि तस्बिरलाई छानेर उसको अश्लिल प्रयोगजस्ता तरिका यही कारण वृद्धि भएको र चलिरहेको उनको बुझाई छ। बैटमेनका अनुसार उनको नाङ्गो विरोध प्रदर्शनका कारण शैक्षणिक सम्मानमा कुनै कमी आएको छैन।

न्यूड (नाङ्गो) मोडल 
१० वर्ष पहिलाको कुरा हो जब बैटमेनले समाजमा आफ्नो स्थितिको प्रयोग गर्ने निर्णय लिइन्। उनले आफ्नो कपडा उतारिन् अनि महिला कलाकारको अगाडि न्यूड पोज दिन सुरु गरिन्। केही भरोसा प्राप्त भएपछि उनले पुरुष कलाकारका साथ काम गर्न सुरु गरिन्। त्यस्तो कलाकृतिहरु र मूर्तिहरु छिटै सार्वजनिक स्थलमा लगाउन थालियो। एक परिचित अर्थशास्त्रीको रुपमा उनी रहेपछि आफ्नो विशेषज्ञताको क्षेत्रमा पुरुषहरुको बर्चस्वले हैरान थिइन्।

उनको भनाइ अनुसार महिला अर्थशास्त्रीको कमीका कारण आर्थिक विश्लेषण केवल पुरुषको दृष्टिकोणबाट मात्र हेरिँदै आएको थियो। २०१८ मा उनले बेलायतमा भएको अर्थशास्त्रीहरुको सबैभन्दा ठूलो कार्यक्रममा यो समस्यामाथि खुलेर बोल्न चाहेकी थिइन्। उनी पूर्ण रुपमा नग्न अवस्थामा एक यस्तो कोठामा गइन् जहाँ उच्च शिक्षा पाएका मानिसहरुहरुले भरिभराउ थियो।

‘म शारीरिक रुपमा सानो छु। शारीरिक रुपमा बलियो पनि छैन। तर म कसैका लागि खतरा पनि छैन,’ उनले भनिन्, ‘तर यदि तपाईं कोठामा नाङ्गो बन्नुहुन्छ भने मानिसले तपाईंलाई कुनै तरिकाले खतराको रुपमा देख्छन्।’ यो कार्यक्रमका बेला उनले आफ्नो मागतिर ध्यान आर्कषित गर्नका लागि बोर्ड मार्करको प्रयोग गर्दै  ‘आफ्नो  शरिरमाथि सम्मान गरौं’ लेखिन्।

यसको नतिजा उनी गाला डिनरमा सहभागी हुने कयौं ठूला मानिसहरुसँग कुरा गर्न सफल भइन्। पशुहरुको अधिकारका लागि काम गर्नेहरुको लामो समयदेखि नग्न प्रदर्शनको हतियार प्रयोग गरिरहेका थिए।

अभद्र प्रतिक्रिया 
बेलायतले युरोपियन यूनियन छोड्ने चरणमा ब्रेग्जिटको विभाजनकारी राजनीतिक अभियानका बेला उनले सार्वजनिकस्तरमा नग्न प्रदर्शन गरिन्। केही देखिरहेका व्यक्तिहरुले तस्बिर लिएका थिए त्यसलाई उनीहरुले सामाजिक सञ्जालमा पोष्ट पनि गरे। जसमाथि धेरै अभद्र टिप्पणी गरियो। केही पुरुषहरुले उनको छाती र कपालको बारेमा टिप्पणी गरे। यहाँसम्म कि एकजनाले त यतिसम्म भने कि, ‘उनी आफ्नो प्रोफेसरका साथमा सुत्छिन् र त्यहिँबाट शैक्षिक दक्षतासमेत प्राप्त गरिन्।’

‘तर दु:ख त ती महिलाबाट भयो। जसले म माथि तिखो टिप्पणी गरे। सामाजिक सञ्जालमा एक बेलायती महिलाले मलाई मैले फेमिनिज्मलाई एक शताब्दी पछि धकेलिरहेको आरोप लगाइन्। उनी ती व्यक्तिहरुमध्ये हुन् जो मलाई घृणा गर्थे।’ आफ्नो किताब ‘न्यूड फेमिनिज्म –ब्रेकिङ द कल्ट अफ वुमन मोडस्टी’मा उनले यस्तो धेरै नकारात्मक प्रतिक्रिया पाएकी छन्।

‘म यो भन्छु कि सबै महिलाहरुलाई उनको शारीरिक भद्रतादेखि अलग उनको योग्यताको आधारमा महिलालाई सम्मानका साथ व्यवहार गरिनुपर्दछ,’ उनी भन्छिन्। बैटमेनले महिलामाथि लाग्ने हर तरहका बन्देजको अन्त्य गर्न जरुरी रहेको बताइन्। 

स्वतन्त्रता 
हामी सबैले शरीरको कति हिस्सा नजरमा आउँछ भन्ने सोच छोड्ने हो भने धेरै महिलाहरुको जिन्दगी बदलिने क्याम्ब्रिजकी यी शिक्षाविद्को विचार छ। उनले यसमा यौनकर्मीहरुको उदाहरण जोडेकी छिन्।  ‘हामी उनीहरुमाथि अनेक किसिमका आरोप लगाउँदै डरलाग्दा नामहरुबाट बोलाउँछौं। यो सोच्छौं कि उनीहरुले के गर्न हुन्छ र के गर्न हुँदैन भनेर निर्धारण गरिदिन्छौं,’ उनी भन्छिन्, ‘हामीले यस्तो सोच बदल्नका लागि एक लामो यात्रा गर्न जरुरी छ।’

उनका अनुसार अधिकांश महिला बिना पारिश्रमिक नै काम गर्दछन्। जसमा खाना पकाउने, सफाइ गर्ने, खाना या पानीको जिम्मादेखि बालबच्चा हुर्काउने काममा महिलाले पारिश्रमिक पाउँदैनन्। बेलायतको एनजिओ अक्सफार्मका अनुसार महिलाहरुलाई यस प्रकारको काम गर्नका लागि कम पारिश्रमिक निर्धारण गर्ने हो भने त्यसको कूल मूल्य १० खर्बभन्दा धेरै मात्र हुनजान्छ। तर यसबारेमा खासै बहस पनि हुँदैन। 

बैटमेनको भनाइमा शक्तिशाली पुरुष र उनको नीतिकोविरुद्ध नाङ्गो उभिने हर अवसरलाई सम्मानपूर्वक हेरिनुपर्छ। उनी आाफ्नो कपडाबिना नै मञ्चमा भाषण दिन्छिन् र साहित्यीक उत्सवहरुमा सहभागी हुन्छिन्। यस्ता गतिविधिले उनको कक्षालाई भने प्रभावित पारेको छैन। उनका विद्यार्थीहरुले उनलाई फेमिनिज्म, महिला र अर्थव्यवस्थाका बारेमा पहिलाभन्दा धेरै प्रश्न सोध्न थालेको उनीसँग अनुभव छ।  
बीबीसी हिन्दीबाट भावानुवाद गरिएको 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि बम विस्फोट र सार्वजनिक यातायातका साधनमा आगजनीका घटना भएका छन्। शनिबार मात्रै जत्राबा... आइतबार, असोज ४, २०८३
हुथी विद्रोहीले रियादमा ब्यालिस्टिक मिसाइल प्रहार गर्ने खोजेको साउदीको दाबी साउदी अरबले यमनका हुथी विद्रोहीले आफ्नो राजधानी रियादलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गर्ने प्रयास गरेको पुष्टि गरेको छ। आइतबार, असोज ४, २०८३
मध्यपूर्व तनाव : ट्रम्पले भ्रमण छोट्टाए, ९ देशमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह मध्यपूर्वमा तनाव बढिरहेका बेला अमेरिकाले आफ्ना दूतावास तथा नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ। आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्