• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जनावरको डिएनए परीक्षण गर्ने क्रम बढ्यो, आउन थाले नयाँ मुद्दा

64x64
नेपाल लाइभ मंगलबार, भदौ ५, २०७५  १२:०३
1140x725

ललितपुर– नेपालमा जङ्गली जनावरका डिएनए परीक्षण शुरु भएसँगै नयाँँ खालका मुद्दासँग सम्बन्धित डिएनए परीक्षणका लागि आउन थालेका छन्। खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दुई वर्ष पहिलेदेखि जनावरको डिएनए परीक्षण शुरु गरेको हो। जङ्गली जनावरको स्वरुप बदलेर निर्यात हुने, जङ्गली भनेर घरपालुवा वा घरपालुवा भनेर जङ्गली जनावर बिक्री हुने, छिमेकी मुलुक वा तेस्रो मुलुकबाट समेत जनावरको अङ्ग चोरी हुनेजस्ता मुद्दाका डिएनए परीक्षणका लागि आइरहेको प्रयोगशालाका निर्देशक जीवनप्रसाद रिजालले बताए।

 प्रयोगशालामा जनावरको डिएनए परीक्षण शुरु भएको सबैलाई जानकारी भएसँगै विभिन्न मुद्दासँग सम्बन्धित जनावरका डिएनए परीक्षणका लागि आउने क्रम बढिरहेको छ। उनले भने, वर्षौंदेखि थन्किएका मुद्दामा समेत हामीले डिएनए परीक्षण गरेर राय दिएका छौँ।’ प्रयोगशालामा सबैभन्दा बढी वन कार्यालयबाट डिएनए परीक्षणका लागि आइरहेको निर्देशक रिजालले बताए। धेरै मुद्दामा जनावरका अङ्गको स्वरुप बदलेको अवस्थामा प्रयोगशालामा आइपुग्ने गरेको छ। खुल्ला आँखाले हेर्दा ती जङ्गली जनावरकै मासु हो/होइन छुट्टाउन सकिँदैन। मासुलाई सुकुटी वा अरू परिकारका रुपमा आयात–निर्यात हुने गरेको छ। उनले भने, ‘कहिलेकाहीँ जङ्गली जनावर भनेर घरपालुवा जनावरको अङ्गसमेत बिक्री–वितरण भएको पाइएको छ।’ 

प्रयोगशालाले मानवसँगै जनावरको डिएनए परीक्षण शुरु गरेकाले धेरै वन्यजन्तु चोरी–शिकार गरेर निर्यात हुन लागेका घटना परीक्षणका लागि आएका छन्। निर्देशक रिजालले भने, ‘वन कार्यालयको आँखा छल्नका लागि अपराधीले नयाँ–नयाँ प्रयोग गरिरहेको पाइएको छ।’ प्रयोगशालाले पहिले अन्य विधिबाट जनावरको डिएनए परीक्षण गर्दै आएको थियो। डिएनए परीक्षण शुरु नहुँदा कतिपय मुद्दाको कार्यान्वयन भए कतिपयको हुन नसकेको थिएन। पहिले पुराना भइसकेका र स्वरुप बदलिएका जनावरका अङ्गका बारेमा राय दिन नसकिएको प्रयोगशालाले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

निर्देशक रिजालले भने, ‘हामीले अन्य प्रविधिबाट परीक्षण गर्दा र नहुने विषयमा फिर्ता पठाउने गरेका थियौँ तर डिएनए परीक्षण शुरु भएपछि कुनै पनि मुद्दा फर्काउन परेको छैन।’  जनावरको अङ्गको स्वरुप बदलेर आउँदा डिएनए परीक्षणबाट कुन जनावरको कुन अङ्ग भन्ने पत्ता लगाउन सम्भव भएको छ । बाघको मासु सुकुटी बनाउन, अरु भाग औषधि बनाउन प्रयोग गरिन्छ भने कस्तुरीको बीना र भालुको पित्त औषधि बनाउनका लागि प्रयोग हुँदै आएको छ। उनले भने, ‘कुन देशमा कुन जनावरको माग छ भन्ने बुझेर चोरले जनावर मारेर बिक्री गर्ने गरेका छन् ।’प्रयोगशालाले यहाँ आएका जनावरका अङ्गमा कुन जनावर नेपालकै हो र कुन होइन भन्ने समेत छुट्टाउँदै आएको जनाएको छ। रिजालले भने, ‘अधिकांश घटनामा हामी जनावर हाम्रो हो कि होइन भनेर छुट्टाउन सक्छौँ ।’

नेपाल, भारत, चीनलगायत छिमेकी देशको हो वा अफ्रिका, अमेरिकालगायत तेस्रो मुलुकका जनावर हो वा यहीँको भन्ने पनि सजिलै छुिट्टने उनले बताए। प्रयोगशाला मानव र जनावरका डिएनए परीक्षण एउटै प्रयोगशालाबाट हुने दक्षिण एशियाको एकमात्रै प्रयोगशाला हो। वर्षाैं पुराना हाड भेटिँदा मानवको हो वा जनावरको भन्ने पत्ता लगाउन यसले सहयोग गर्छ। उनले भने, ‘एउटै प्रयोगशालाबाटै जनावरको भए पनि कुन जनावर हो र कुन ठाउँको भन्ने छुट्टाउन सकिन्छ।’परीक्षणका लागि आउनेमा गैँडाको खाग र छाला, हात्तीको दाह्रा, कस्तुरीको बीना, पाटेबाघ, चितुवाको छाला बढी रहेको निर्देशक रिजालले बताए।

यी जनावरको छाला, खप्पर, हाड, नङ्ग्रा खाग, छाला, दाह्रा, बीनालगायतका अङ्ग चोरी सिकार बढी हुने गरेको दुई वर्षमा आएका मुद्दाले देखाएको छ। जीवित कछुवा तथा कछुवाका खपटा, हाब्रेको छाला र बँदेल, मृगको सुकुटी पनि परीक्षणका लागि आइरहेको छ। उनले भने, ‘विभिन्न अदालतबाट आएका मुद्दामा हामीले उनीहरूलाई नतिजा दिइसकेका छौँ।’ गत वर्षबाट उड्ने लोखर्के, डाफेँको प्वाँख, मयूरको प्वाँखलगायतका आखेटोपहार पहिचान गर्न थालिएको प्रयोगशालाका निर्देशक रिजालले बताए।

प्रयोगशालामा अहिले कतिपय नौला खालका आखेटोपहार आउन थालेका छन्। प्रयोगशालामा आर्थिक वर्ष २०७३/७४ बाट वन्यजन्तुको डिएनए परीक्षण शुरु भएको हो। पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३०२ नमूना परीक्षणका लागि आएका थिए। प्रयोगशालामा वि.सं २०६२/६३ मा मानव डिएनए परीक्षण शुरु भएको थियो।रासस

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति?
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
प्रतिनिधिसभाको बैठक बस्दै
सम्बन्धित सामग्री
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
आज देशैभर कांग्रेसको पालिका अधिवेशन बुधबार, असोज ७, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्