काठमाडौं– गुन्डागर्दीमा संलग्न सात जना युवकहरु रिवल्वरसहित पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले तीनकुनेको ए–वान क्याफेबाट उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुबाट एउटा रिवल्वर र त्यसको ४ राउन्ड गोली बरामद भएको छ।
पक्राउ परेकाहरु विगतमा अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरु भएको प्रहरीले जनाएको छ। उनीहरु हतियार देखाएर लुटपाटको तयारीमा रहेको आशंका गरिएको छ।
पक्राउ पर्नेमा भुपेन्द्र राई, सनित राई, मिङमा शेर्पा, राजु भण्डारी, सुरेश श्रेष्ठ, रोनिक श्रेष्ठ र सुजन थापा छन्।
उनीहरुले पेस्तोल देखाएर होटल तथा रेस्टुरेन्टमा थर्काउने गरेको प्रहरीले जनाएको छ।

यस्तो छ पक्राउ परेका व्यक्तिहरुको विवरण-
- खोटाङ्ग हलेसी च्यासमिटार घर भई हाल नारायणटार वस्ने वर्ष २१ को भुपेन्द्र राई - २०७२ सालमा सावजनिक अपराध मुद्दामा वृत्त गौशालावाट चलाएको र धरौटीमा छुटेको ।
- जिल्ला भोजपुर खावा १ घर भई हाल सिफल वस्ने वर्ष २३ को सनित राई - गौशाला वृत्तले पटक पटक थुनामा राखी कारवाही गरेको
- सोलुखुम्वु तम्वु घर भई हाल चावहील वस्ने वर्ष २६ को मिङ्मा शेर्पा - गौशाला वृत्तले पटक पटक थुनामा राखी कारवाही गरेको ।
- जिल्ला काभ्रे कोशिपारी सिमठली ३ घर भई हाल वौद्द वस्ने वर्ष ३५ को राजु भण्डारी ।
- भक्तपुर ठिमी सरस्वतीखेल हाल चावहिल वस्ने वर्ष १८ को सुरेश श्रेष्ठ - गौशाला वृत्तले पटक पटक थुनामा राखी कारवाही गरेको ।
- चितवन भरतपुर हाकिम चोक घर भई हाल चावहिल मित्रपार्क वर्ष २३को रोनिक श्रेष्ठ - गौशाला वृत्तले पटक पटक सावजनिक अपराध, लागू औषध मुद्दामा कारवाही भएको ।
- रामेछाप २ डोडखानि घर भएका वर्ष २६ को विमल भन्ने सुजन थापा मगर तिव्वेतियन होटलमा वटरको काम गर्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।