• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मन्त्रिपरिषद् विस्तारलाई छिटो टुंग्याऊ

64x64
नेपाल लाइभ सोमबार, चैत १३, २०७९  २०:०३
1140x725

पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री भएको सोमबार ९३ दिन पुगेको छ। एक सातापछि सरकार गठन भएको सय दिन पूरा हुने छ। आफ्नो तेस्रो कार्यकालमा केही उल्लेखनीय काम गर्ने वाचा गरेका उनको हनिमुन पिरियडले भने सुखद् संकेत देखिँदैन। पुस १० गते प्रधानमन्त्री बन्नैका लागि एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री नियुक्त भएका उनी केही हप्तापछि नै सो गठबन्धनप्रति असन्तुष्ट देखिएका थिए। पछि त कांग्रेससँग नयाँ गठबन्धन निर्माण गर्न अग्रसर भए। यसले उनीभित्रको अस्थिरता र अविश्वसनीय चरित्रलाई थप पुष्टि मात्रै गरेको छैन, उनी आफ्नै वाचाप्रति पनि इमानदार छन् त? भन्ने प्रश्न पनि उठायो।

सरकार विस्तारमा सकस हुने अभ्यास विगतमा पनि थियो। गणतन्त्रपछि नै नेपालमा मन्त्रिपरिषद् विस्तार जटिल हुँदै आएको छ। एउटै दलको बहुमत नआउने भएकाले सत्ता साझेदारी गर्नु हरेक प्रधानमन्त्रीको बाध्यता भएको छ। धेरै दललाई समझदारीमा लिएर मन्त्रिपरिषद्लाई विस्तार गर्नुपर्ने भएकाले सुरुआतदेखि नै असन्तुष्टि देखिने गरेको छ। पछि पनि सानातिना दलहरूको अनुचित मागहरूलाई सम्बोधन गर्न र असन्तुष्टिलाई थामथुम पार्न महत्त्वपूर्ण ऊर्जा खर्च हुने गरेको छ।

प्रधानमन्त्री भएपछि प्रचण्डले केही चरणमा मन्त्रिपरिषद्लाई लगभग पूर्णता दिएका थिए। तर, गठबन्धन परिवर्तन भएसँगै राप्रपा र एमाले सरकारबाट बाहिरिए। त्यसपछि एक महिनायता प्रधानमन्त्री प्रचण्डकै जिम्मेवारीमा १६ वटा मन्त्रालय चल्दै आएका छन्। यसले तत्‌तत् मन्त्रालयको कार्यसम्पादनमा असर परेको छ नै छुट्टै मन्त्री नहुँदा सम्बन्धित मन्त्रालयको नीतिगत निर्णय र रणनीति तय गर्ने कार्यमा असर परेको छ। त्यहीमाथि बजेट निर्माणको काम धमाधम भइरहेको समयमा मन्त्री नहुँदा सम्बन्धित मन्त्रालयको प्राथमिकता तयार गर्ने काममा बाधा पुगेको छ।

नेपालको अर्थतन्त्र गम्भीर मोडमा पुगेको र जुनसुकै बेला भत्किने जोखिममा रहेको भनेर नेताहरू नै बताइरहेका छन्। सरोकारवालाहरूले पनि सोही आशयबाट सचेत गराइरहेका छन्। यस्तो अवस्थामा दैनिक रुपमा रणनीतिक कदम चाल्नुपर्ने छ नै, आर्थिक वर्ष २०८०/८१ का लागि तयार गरिने नीति तथा कार्यक्रम र बजेट पनि अर्थतन्त्रमा सोही अनुरुप हुनुपर्ने छ। तर, महिना दिनदेखि अर्थमन्त्री छैनन्। प्रधानमन्त्री स्वयंले सम्हालिरहेको यो मन्त्रालयले उनीबाट उल्लेखनीय पृष्ठपोषण पाएको देखिँदैन। उनको पृष्ठभूमि पनि त्यस किसिमको होइन। न त सल्लाहकार समूह नै त्यस किसिमको छ। केवल औपचारिकताका लागि उनले सो मन्त्रालय सम्हालिरहेको बुझ्न सकिन्छ। यस्तो बेलामा स्थायी सत्ताबाट आफ्नो ढंगले काम त भइरहेका होलान्, हुन्छन् नै, तर राजनीतिक जिम्मेवारी बहन गर्ने सम्बन्धित मन्त्री नहुँदा रणनीतिक काममा असर परिरहेको भुल्नु हुँदैन।

तर, यो अवस्थाप्रति प्रधानमन्त्री र सत्ता साझेदार दलहरू गम्भीर देखिएका छैनन्। फागुन १२ अघिसम्म अहिलेको गठबन्धनको मुख्य ध्यान पुस १० गते गठित तत्कालीन गठबन्धन भत्काउनमै थियो। जब राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बन्यो, त्यसपछि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा व्यस्त भए। त्यसबीचमा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने र प्रभावकारी कामको सुरुआत गरिहाल्ने गृहकार्य नभएको प्रष्ट भएको छ। किनकि, उपराष्ट्रपतिको निर्वाचनपछि बल्ल गठबन्धनका दलहरूले मन्त्रिपरिषद् विस्तारका लागि गृहकार्य सुरु गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा यसबीचमा नेताहरूबाट व्यक्त भएका दुई दिनमै हुने, पर्सिसम्ममा हुने, भोलि बेलुका हुने भन्ने जस्ता भाषणवाजी जनता अलमल्याउने उपाय मात्रै भएको बुझिँदैछ। यसले दलहरू गम्भीर छैनन् भन्ने नै देखिन्छ। समस्याको निकास यिनै दलहरूले नै निकाल्नु पर्ने भएकाले लगातार बैठक बसेर निकास दिने भन्दा भाका सार्ने मात्र काम गरेको देखिन्छ। 

आफैंले राजनीतिक अन्योल सिर्जना गर्ने र त्यसबाट निकास खोज्न पुनः ऊर्जा खर्च गर्ने मुख्य राजनीतिक दलहरूको चरित्र हुँदै आएको छ। निर्वाचनपछिका महत्त्वपूर्ण समय यस्तै चरित्र मञ्चनमा खर्च भएको छ। यो यस्तो भुलभुलैया भएको छ, जसले राजनीति सधैँ चासोको विषय बन्ने तर अर्थहीन हुने गरेको छ। के-के भइरहेको छ भन्ने सन्देश प्रवाह हुने तर नजिता केही न केही हुने गरेको छ। नेताहरूको यही व्यस्तताका कारण आम नागरिकको समस्या र चासो समेत ओझेल परिरहेको छ। जस्तो कि, दुई हप्ताअघि महोत्तरीबाट हिँडेको मिटरब्याज पीडित टोली सोमबार मात्रै काठमाडौं आइपुगेको छ। सरकारले गम्भीरतापूर्वक लिन्थ्यो भने, उनीहरूसँग यसअघि नै वार्ता गरिसक्थ्यो। तर, भएन। किनकि, जनता र जनताको समस्याप्रति ध्यान नै गएको थिएन। जनताको सपना र आकांक्षाप्रति ध्यान जाने त कहिले हो, कहिले।

संघीय सरकारको मन्त्रिपरिषद् विस्तारमा सहमति जुट्न नसक्दा कतिपय प्रदेश सरकारहरू पनि अन्योलमा परिरहेका छन्। दलहरूको गठबन्धन परिवर्तन हुँदा त्यसको असर प्रदेश सरकारहरूमा पनि परेको छ। यसले त्यहाँका मुख्यमन्त्रीदेखि मन्त्रीहरूको निरन्तरतामा अन्योल उत्पन्न गरेको छ। केही प्रदेशहरूमा त्यसको परिणाम पनि देखिएको छ। अन्योल लम्बिँदै जाँदा भने संघीय सरकारदेखि प्रदेश सरकारसम्म अस्थिरता र परिणामविहीनताको स्थिति उत्पन्न भइरहेको छ।

अब तत्कालै मन्त्रिपरिषद् विस्तार गरेर सरकार र राजनीतिक दलहरूले आफूलाई जनतातिर फर्काउन जरुरी छ। सरकारले डेलिभरी गर्ने संकटमा रहेको अर्थतन्त्र उकास्ने योजना ल्याउने आसमा जनता छन तर, दलहरू सधैँ सत्ताको छिनाझपटमा लाग्ने हो भने देश थप संकटमा फस्नुका साथै दलहरूप्रतिको भरोसा पनि हराउने छ। जनतामा उनीहरूप्रति वितृष्णा उत्पन हुने छ।  त्यसैले समयमै जनताको समस्या समाधान गर्न जरुरी छ। जनताको आकांक्षाको सम्बोधन गर्न जरुरी छ। यसका लागि मन्त्रिपरिषद् विस्तारलाई टुङ्गो लगाउँदै जनताको काममा ध्यान दिन जरुरी छ। यसका लागि ढिला भइसक्यो, अब समय खेर नफालौं।

यो पनि पढ्नुहोस

१६ वटा मन्त्रालय एक्लै सम्हालेर सुशासन दिइरहने बाचा गरेका प्रचण्ड

यो पनि पढ्नुहोस

मन्त्रालय बाँडफाँटको हिसाब मिलाउँदै प्रधानमन्त्री, प्रमुख मन्त्रालयमा साना दलको दाबीले सकस

यो पनि पढ्नुहोस

गठबन्धनका दलहरु:  सत्ताका लागि मात्रै एक, दाउ अनेक

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्