काठमाडौं– राज्यसंयन्त्रमा सुधार गर्न खोज्नेहरु कति छिट्टै थाक्छन् भन्ने कुराको उदारण गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बनेका छन्। सरकारका मन्त्रीमध्ये जनतामा सबैभन्दा धेरै उनले आशा जगाएका थिए। तर, केही महिनामै उनी ‘थाकेका’ छन्।
राज्य संयन्त्रका विभिन्न क्षेत्रमा सुधारका लागि अभियान थालेका उनका यतीबेला सुस्त र थकित जस्तो देखिन्छन्। उनले थालेका महत्वपूर्ण अभियानहरु रोकिएका छन्।
बहुचर्चित सुन तस्करीको अनुसन्धान ‘ठूला माछा’ खोज्दा–खोज्दै टुंगिएको छ। सिन्डिकेट लाद्न खोज्ने व्यवसायीविरुद्धको कडा कदम चाले र यातायात क्षेत्रका सुधारमा सरकारले थप केही गर्न सकेको छैन। सडकमा रहेको अराजकता रोक्ने अधिकार गृह मन्त्रालय मातहत नै छ। तर, त्यसमा तात्विक परिवर्तन आएको छैन।
घरेलु कामदारका रुपमा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउने काम आंशिक रुपमा मात्र सफल भएको हो। समयमा काम नगर्ने ठेकदारविरुद्धको कारबाही १÷२ जना साना ठेकदारको पक्राउमै सीमित भयो। एनजिओ क्षेत्रमा भएको भ्रष्टाचारको छानबिनको प्रक्रिया नै अघि बढ्न सकेन। यी सबै काम सम्बन्धित क्षेत्रका व्यक्तिहरुको कारण रोकियो।
लागूऔषध र मदिराविरुद्ध पनि देशव्यापी अभियान सुरु भएपछि प्रभावकारी हुन सकेको छैन।
दुवै प्रहरीको नेतृत्व चयन विवादरहित भयो। तर, सरुवा बढुवामा चरम राजनीतिक हस्तक्षेप भएको छिपेको छैन। प्रहरीमा यतीबेला नेता निकट प्रहरीले मात्र अवसर पाएका छैनन्।
विस्तृत अध्ययन बिना नै नयाँ नयाँ अभियान सुरु गर्ने प्रवृत्ती र दबाब थेग्न नसक्दा मन्त्री थापाको छवी बिस्तारै छवी खस्कदै गएको छ।
आइतबार सरकारको ६ महिनाको अवधि पूरा गर्दा जनतामा निराशा बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।