• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नियमावली मस्यौदामा संशोधन प्रस्ताव

नियन्त्रित सभामुखको खोजी गर्दै सत्ता पक्ष

64x64
किशोर दहाल शुक्रबार, चैत १०, २०७९  ०८:५८
1140x725

काठमाडौं– तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ जेठ २६ मा प्रतिनिधि सभा विघटन गरे। तर सर्वोच्च अदालतले भदौ १२ मा त्यसलाई खारेज गरिदियो। त्यसपछि बसेको प्रतिनिधि सभाको विशेष अधिवेशनले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पनि पारित गर्‍यो। त्यसबाट आक्रोशित एमालेले सडकमा मात्रै आन्दोलन गरेन, तत्कालीन प्रधानन्यायाधीश विश्वनाथप्रसाद उपाध्याय र न्यायाधीश सुरेन्द्रप्रसाद सिंहविरुद्ध महाभियोग प्रस्ताव नै दर्ता गरायो। २०५२ असोज १ गते दर्ता गरिएको सो प्रस्ताव तत्कालीन सभामुख रामचन्द्र पौडेलले अस्वीकार गरिदिएका थिए। तत्कालीन प्रतिनिधि सभा नियमावलीमै यस किसिमको अधिकार थियो।

यो सन्दर्भले तत्कालीन सभामुखमा रहेको अधिकारको दायरालाई प्रष्ट पार्छ। अहिले कुनै दलले संख्या पुर्‍याएर महाभियोग प्रस्ताव दर्ता गराउने, तर सभामुखले अस्वीकृत गर्ने कल्पना पनि गर्न सकिँदैन। किनकि, सभामुखसँग त्यस किसिमको विशेषाधिकार उपलब्ध छैन। संविधान र नियमावलीमा त्यसरी अधिकार दिइएको पाइँदैन। यद्यपि, सभामुखलाई सदनका कामकारबाहीको नेतृत्वकर्ताको हिसाबले शक्तिशाली पद भने मानिन्छ। त्यस खालको शक्तिको अभ्यास विगतमा फरक–फरक सन्दर्भमा भएका पनि छन्।

पछिल्लो प्रतिनिधि सभामा त सभामुखको अधिकार घटाउने प्रयत्न सुरु भएको छ। ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’मा सांसदहरुले दर्ता गराएका संशोधन प्रस्तावहरुले सभामुखलाई कार्यव्यवस्था परामर्श समितिको निर्णय कार्यान्वयन गर्ने व्यक्तिको रुपमा खुम्च्याउन खोजेको देखिन्छ। सत्ता गठबन्धन दलहरुका सांसदहरुले सभामुखले गर्ने कामहरु कार्य कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गरी गर्नुपर्ने संशोधन राखेका हुन्।

कांग्रेसका राजेन्द्रकुमार केसी, संजयकुमार गौतम र रामहरि खतिवडा, माओवादी केन्द्रका माधव सापकोटा, रुपा सोसी चौधरी र नारायणी शर्मा, एकीकृत समाजवादीका अम्मरबहादुर थापा र भानुभक्त जोशी तथा जसपाकी रेखा यादव लगायतले राखेको संशोधन प्रस्तावमा उस्तै भाषा उल्लेख छ- ‘यस नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन्।’

सभामुख सबैको साझा हो भन्ने देखाउने उद्देश्यले यस किसिमको संशोधन प्रस्ताव राखिएको एक जना संशोधनकर्ता खतिवडाको भनाइ छ।  ‘राष्ट्रपतिपछि सभामुख नै त्यस्तो ठूलो पद हो, जसमा निर्वाचित भएपछि पार्टीबाट राजीनामा दिनुपर्छ। सभामुख निश्चित पार्टीको नभइ सबै पार्टी र संसद्को हुने भएकाले उहाँले गर्ने निर्णय पनि पार्टीबाट माथि उठेर गरिएको हुन्छ। कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार उहाँले काम गरिसकेपछि उहाँमाथि पक्षधरताको आरोप लाग्दैन। विवाद हुँदैन’, उनले भने।

सत्तारुढ दलकै सांसदहरुको प्रस्ताव भएकाले संशोधनहरु पारित हुने सम्भावना उच्च छ। तर यसप्रकारको व्यवस्था राखियो भने सभामुखको अधिकार खुम्चिने भन्दै आलोचना गर्नेहरु पनि छन्। खासगरी प्रतिपक्षी एमाले, जसबाट निर्वाचित सांसद नै अहिले सभामुख छन्, उसले यसमा बढी चासो राखेको छ। आशंकाले हेरिरहेको छ।

‘संशोधन राख्न पाउने त हरेक सांसदको स्वविवेकीय अधिकार हो। तर कुनै पार्टीसँग जोडेर सभामुखको हातखुट्टा बाँधिने गरी सबै कुरा कार्यव्यवस्था परामर्श समितिको निर्णयबाट मात्रै गर्न पाउने व्यवस्था राख्न खोज्नु संसद्को गरिमा र सभामुखको भूमिका तथा अधिकारलाई संकुचित गर्ने प्रयत्न हो’, एमालेका सचेतक महेश बर्तौला भन्छन्, ‘सत्ता पक्षले किन यस्तो गर्न खोज्दै हुनुहुन्छ भन्ने आशंका उब्जिएको छ।’

प्रतिनिधि सभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र त्यहीँको समझदारी अनुसार बैठक सञ्चालन हुने प्रचलन रही आएको छ। तर, सभामुखले कतिपय अवस्थामा सो बैठक नराखी सोझै सदन सञ्चालन गर्ने गरेका पनि छन्। त्यसो त कतिपय प्रस्ताव सभामुखले नचाहेको अवस्थामा सदनमै टेबल नहुने विगतका उदाहरण छन्। विगतमा सभामुखकै अरुचिका कारण एमसीसी सदनमा टेबल हुन पाएको थिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अहिलेका सभामुखले सुरुवाती चरणमा देखाएका कतिपय कार्यशैलीका कारण हामी सचेत बनेका छौं’, संशोधन प्रस्ताव दर्ता गर्नेमध्येकै अर्का एक सांसद भन्छन्, ‘त्यसैले पनि सभामुखलाई नियन्त्रण गर्ने कुनै प्रावधान राखिएन भने एमाले अध्यक्ष केपी शर्मा ओलीको इशारामा पछिपछि सरकार र सत्ता पक्षलाई असहयोग पुर्‍याउन सक्ने आशंका छ।’

कार्यव्यवस्था परामर्श समितिमा सत्तारुढ दलहरुको बहुमत हुनेछ। त्यहाँ भएको निर्णय मात्रै कार्यान्वयन गर्ने अधिकारले यसअघिका सभामुखले नै उपयोग गर्दै आएका कतिपय अधिकार प्रयोगबाट वर्तमान सभामुखलाई वञ्चित गर्नेछ। अर्कोतिर, संसद् र सभामुखकाप्रति जुन मान्यता छ, त्यसलाई पनि ‘पुनर्व्याख्या’ गर्नेछ। किनकि, अहिलेसम्म संसद् भनेको विपक्षीहरुको हो भन्ने बुझाइ छ। त्यस्तै, सभामुख संसद्को नेता हो र उसको पूर्ण नियन्त्रणमा सदन सञ्चालित हुन्छ भन्ने ठानिन्छ। 

तर कार्यव्यवस्थाको निर्णय मान्ने कुराले त्यस्ता मान्यतालाई भत्काउने सम्भावना छ। खतिवडा भने कार्यव्यवस्थामा बहुमत र अल्पमतबाट नभइ सहमतिमा निर्णय हुने बताउँछन्। ‘त्यसैले सभामुखलाई पनि सबै दल मेरा लागि बराबर हुन् र म संसद्को प्रमुख हुँ भन्ने भावनाले काम गर्न सहज हुन्छ। उहाँलाई अझ ठूलो नैतिक बल प्रदान हुन्छ। यो आवश्यक छ’, उनी भन्छन्।

यस किसिमको प्रावधानको अर्को जटिलता पनि छ। सभामुखले कार्यव्यवस्थाको निर्णय मान्नुपर्ने संशोधन प्रस्ताव अनुसारकै नियम स्थापित भएमा घुमाउरो ढंगले संसद्माथि पनि सरकार वा सरकार पक्षको नियन्त्रण स्थापित हुन पुग्छ। सो पक्षले चाहेका प्रस्ताव चाँडै वा ढिलो अगाडि बढ्न सक्छन्। त्यसो त सरकार जहिले पनि स्वेच्छाचारी हुन्छ र उसलाई संसद्ले लगाम लगाउँछ भन्ने मान्यता पनि खण्डित हुनसक्छ। 

‘संसद् सरकारको छाया संस्था होइन। बरु सरकारलाई खबरदारी गर्ने र जवाफदेही बनाउने संस्था भएको हुनाले सत्ता पक्षले निश्चित आग्रहका आधारमा सभामुखको भूमिका र अधिकारलाई नियन्त्रण गर्न खोज्नु शोभनीय देखिँदैन। यस्तो प्रयासले हाम्रो संसदीय अभ्यास र यसको मूल्यमान्यतामा क्षति पुर्‍याउँछ’, बर्तौला भन्छन्।


सम्बन्धित सामग्रीः

सभामुखको अधिकार कटौती गर्न सत्तापक्षका सांसद्ले हाले नियमावलीमा संशोधन 

प्रतिनिधि सभा नियमावलीमा संशोधन : ‘खाजा खाने समय’देखि ‘पूर्वप्रधानमन्त्रीलाई १२ मिनेट’सम्म

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्