काठमाडौं– बालाधिकृत रथी पूर्णचन्द्र थापा नेपाली सेनाको प्रधानसेनापतिमा सिफारिस भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २४ गतेदेखि लागू हुने गरी उनलाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
साउन २४ देखि उनी कामु प्रधानसेनापतिका रुपमा सेनाको कमाण्ड सम्हाल्दै आएका छन्। प्रधानसेनापति राजेन्द्र क्षत्रीले भदौ २४ देखि अवकाश पाउने भएपछि एक महिना अघि विदामा बसेपछि उनलाई सरकारले कामु प्रधानसेनापतिको जिम्मेवारी दिउको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।