• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश ७ : विशेष समितिलाई राजधानी र नामबारे टुंगो लगाउनै सकस, समितिको गठन र कार्यशैलीप्रति नै असन्तुष्टि

64x64
नेपाल लाइभ आइतबार, भदौ ३, २०७५  ०९:३९
1140x725

धनगढी– प्रदेश ७ को नामाकरण र राजधानीको टुङ्गो लगाउने क्रममा सुझावसहित प्रतिवेदन पेस गर्न गठित संसदको विशेष समितिले हालसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन। तोकिएको समयमा प्रतिवेदन बुझाउन नसकेपछि समितिको म्याद चौथो पटक थप गरिएको छ।

यसबीचमा समितिका सदस्यहरुले केन्द्रीय नेता तथा प्रदेशका सारेकारवाला निकाय र व्यक्तिसँग सम्बाद तथा छलफल अगाडि बढाइरहेका छन्। तथापि, प्रतिवेदनले मूर्तरुप पाउन सकेको छैन। 
अर्कातर्फ समितिको गठन प्रक्रिया र कार्यशैलीलाई लिएर विभिन्न दल तथा पक्षबाट आलोचना तथा असन्तुष्टि बढ्न थालेको छ। प्रदेशसभामा रहेका प्रतिपक्षी दल तथा अन्य बाह्य पक्षबाट पनि समितिको कार्यशैलीप्रति तीव्र आलोचना भएको हो।

राजपा भन्छ – समितिलाई सुझाव दिइँदैन

प्रदेशसभामा प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले समितिलाई ‘अपूर्ण’ भन्दै आएको छ। राजपाले समिति गठन भएदेखि नै विरोध गर्दै आएको हो। राजपाकी सांसद मालामती रानाले नेपाल लाईभसँगको कुराकानीमा भनिन्, ‘प्रदेशसभामा राजपाको पनि उपस्थिती छ भन्ने कुरा समिति बनाउँदा ख्याल नै गरिएन।’ उनले समितिमा आफ्नो पार्टीको सहभागिता नरहेसम्म प्रदेशको राजधानी र नामका सम्बन्धमा कुनै पनि सुझाव नदिने प्रष्ट पारिन्।

‘सोमबारमात्र समितिका सदस्यले मलाई फोन गरेर राजधानी तथा नामाकरणका विषयमा राय/सुझाव माग्न खोजेका थिए’, उनले भनिन्, ‘तर मैले जबसम्म समितिमा हाम्रो सहभागिता रहँदैन, तबसम्म कुनै सुझाव दिइँदैन भन्ने प्रतिक्रिया दिएँ।’

सुझाव दिन गठित पाँच सदस्यीय विशेष समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजकसहित ४ जना सदस्य रहेका छन् भने एक जना प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्य छन्। नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा गठित समितिमा नेकपाकातर्फबाट सांसदहरू बलदेव रेग्मी, प्रेमप्रकाश भट्ट, चुनकुमारी चौधरी तथा कांग्रेसका श्यामलाल राना थारू रहेका छन्। प्रदेशमा तत्कालीन नेकपा (एमाले)का २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राजपाका २ जना गरी ५३ सांसद छन्।

‘प्रदेशको नामाकरण र राजधानीको टुङ्गो लगाउन गठित समिति निकै महत्वपूर्ण हो। यसमा सबै दलको सहभागिता हुन जरुरी थियो’, राजपाका अर्का सांसद कृष्णबहादुर चौधरीले भने, ‘तर हामीलाई वेवास्ता गरियो।’ समितिले बुझाउने प्रतिवेदन राजपाले स्विकार्छ त भन्ने प्रश्नमा उनले भने, ‘तेस्रो पटक समितिको म्याद पाँच दिन थप गरिएको छ। स्वीकार गर्ने वा नगर्ने भन्ने प्रतिवेदन पेस भएपछि नै थाहा पाउनुहुनेछ।’

समितिमा राजपाको प्रतिनिधित्व नहुनु दुखद : कांग्रेस

Ncell 2
Ncell 2
nimb
nimb

उता प्रमुख प्रतिपक्षी कांग्रेसले पनि समितिमा राजपाको प्रतिनिधित्व नहुनु दुखद कुरा भएको टिप्पणी गरेको छ। कांग्रेस सांसद भरतबहादुर खड्काले समितिमा राजपाको सहभागिता नहुनुले आफूहरु अचम्ममा परेको बताए। ‘समितिमा राजपाको सहभागिता नहुनु दुखद कुरा हो। राजपाको सहभागिता किन गराइएन भन्ने सन्दर्भमा हामी अच्चमित छौं।’, खड्काले भने।

यस्तै, प्रदेशसभाभन्दा बाहिर रहेको राष्ट्रिय जनमोर्चाले विशेष समिति नै उपयूक्त नभएको प्रतिक्रिया दिएको छ। बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले भने, ‘संसदमा सहभागी दलको सहभागितामा प्रदेशको नामाकरण तथा राजधानीको टुङ्गो लगाउन गठित समितिको खासै औचित्य छैन।’ कानुनतः समितिलाई कुनै अधिकार नदिइएको, कार्यादेश नभएको र रायसुझावबाट आएको विचारलाई लागू गर्न नसक्ने भएकाले प्रदेश सरकारले गठन गरेको समितिको निर्णय दुरगामी महत्वको हुन नसक्ने उनले तर्क गरेका थिए।

केन्द्रीय सदस्य भट्टले प्रदेशको राजधानी र नामाकरणको सवाललाई सबैका लागि मान्य हुने खालको बनाउन विज्ञसहितको प्राविधिक टोली गठन गरी आयोगबाट टुङ्गो लगाउनुपर्ने सुझावसमेत दिएका थिए। ‘प्रदेशमा डोटी र कैलालीले धनगढी वा अत्तरियामा राजधानी हुनुपर्ने माग राखेको अवस्था छ’, उनले भने, ‘प्रदेशसभामा भएको बहुमतको आडमा कुनै निर्णय गरिए पनि त्यसले दीर्घकालिन रुप नलिन पनि सक्छ।’

भारतको उत्तर प्रदेशको उदाहरण दिँदै उनले थपे, ‘संसदमा कसको कति संख्या छ भन्ने आधारमा होइन, स्वतन्त्र र अधिकारसम्पन्न विज्ञ तथा आयोगको सुझावका आधारमा प्रदेशको नाम र राजधानीको टुङ्गो लगाउनुपर्छ।’ भुगोलविद्, इतिहासकार, संविधानविद् तथा कानुनविद्सहितको समिति गठन गर्न उनले सुझावसमेत दिए।

समितिको प्रतिवेदनमै प्रश्न चिन्ह

प्रदेशकी सांसद मालामती रानाले समितिले बुझाउने प्रतिवेदन नै सबैका लागि उपयूक्त हुन नसक्ने दावी गरिन्। विशेष समितिले प्रदेशका नागरिक समाज, भुगोलविद्, जनसंख्याविद् लगायत प्राविधिक तथा विज्ञ टोलीसँग छलफल नै नगरी केन्द्रीय राजधानी काठमाडौंमा शीर्ष नेताहरूको रायसुझावका आधारमा तयार गरेको प्रतिवेदनमाथि विमति रहने सक्ने संकेत गरिन्।

‘समितिले प्रदेशका आम नागरिक तथा विज्ञहरुसँग छलफल नै गरेको छैन’, उनले भनिन्, ‘खै काठमाडौंमा शीर्ष नेताहरुले कोरेको नाम र तोकेको राजधानीका आधारमा प्रतिवेदन आउँछ कि?’

संयोजक भन्छन् – मंगलबारभित्रै प्रतिवेदन

समितिका संयोजक तारा लामा तामाङले चौथो पटक थपिएको समयसीमा (भदौ ५ गते, मंगलबार) भित्रै सुझावसहितको प्रतिवेदन पेस गरिसक्ने बताएका छन्। उनले  भने, ‘हामीले लगभग छलफल सकिसकेका छौं, अब समितिको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिन मात्रै बाँकी छ।’, संयोजक तामाङले प्रदेशका शीर्ष नेता, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य लगायतका सबै पक्षसँग छलफल गरिसकेको दाबी गरे।

उनले भने, ‘शीर्ष नेता शेरबहादुर देउवाबाहेक अन्य सबै नेता तथा सांसदसँग छलफल गरिसकेका छौं।’ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री देउवा उपचारका लागि नेपाल बाहिर रहेकोले उनीसँग कुरा हुन नसकेको हो। देउवा आजैमात्र नेपाल फर्किएका छन्।

संयोजक तामाङले प्रदेश सातबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरु लोकेन्द्रबहादुर चन्द, भीमबहादुर रावल, लेखराज भट्ट, रमेश लेखक, एनपी सावद, कर्णबहादुर थापा, लक्ष्मणदत्त जोशी, लगायतसँग छलफल गरिसकेको बताए।

संयोजक लामाले प्रदेशका ९ वटै जिल्लाका विज्ञ व्यक्तिहरूसँग छलफल नभए पनि प्रदेशका नागरिकहरूले राजधानीका विषयमा बुझाएको ज्ञापनपत्रलाई भने प्रतिवेदनमा समेटिएको बताए।

उनले जनभावनालाई कदर गर्दै सबै पक्षको सुझावलाई मनन् गर्दै प्रतिवेदन तयार गरी प्रदेशसभामा पेश गर्ने स्पष्ट पारे। ‘संवेदनशील विषयवस्तु भएकोले लामो समय लागेको हो।’, उनले भने, ‘हामी सबै पक्षको भावना र सुझावलाई मनन गर्दै प्रतिवेदन पेश गर्नेछौं।’

प्रकाशित मिति: आइतबार, भदौ ३, २०७५  ०९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्