• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बिमस्टेक सम्मेलनमा उपत्यकामा सार्वजनिक विदा दिने तयारी

64x64
नेपाल लाइभ शनिबार, भदौ २, २०७५  १३:२९
1140x725

 काठमाडौं– काठमाडौंमा हुन गइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास अर्थात् बिमस्टेक सम्मेलनमा सरकारले सार्वजनिक विदा दिनेबारे छलफल अघि बढाएको छ। दुई दिनका लागि सार्वजनिक विदा दिनुपर्ने प्रस्ताव गृह मन्त्रालयका अधिकारीले गरेका छन्। 

गृह मन्त्रालयका एक अधिकारीका अनुसार उनीहरुको सवारी व्यवस्थापन तथा सुरक्षालाई ध्यानमा राखी सार्वजनिक विदा दिनेबारे छलफल अघि बढाइएको हो। 

आगामी १४ र १५ भदौमा काठमाडौंमा बिमस्टेकको चौथो सम्मेलन हुँदैछ। सम्मेलनमा ५ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु आउँदैछन्। 

बिशिष्ट व्यक्तिहरुको सवारीका कारण दुइ दिन राजधानीको सडक अस्तव्यस्त हुन सक्ने भएकाले दुई दिन सार्वजनिक विदा दिनेबारे छलफल अघि बढाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले बताए। साथै केही दिन सडकमा जोर बिजोर प्रणाली लागू हुने समेत सम्भावना छ। 

४ वर्षअघि काठमाडौंमा भएको सार्क सम्मेलनमा पनि सरकारले दुई दिन सार्वजनिक विदा दिएर सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको थियो। २०७१ सालको मंसिर १० र ११ गते सार्वजनिक विदा दिएर सडकमा जोर विजोर प्रणाली लागू गरेको थियो। अझ विद्यालय त ४ दिन बन्द गरिएको थियो। त्यसकारण यसपटक पनि सार्वजनिक विदा हुने सम्भावना छ। 

सम्मेलनको तयारी अन्तिम चरणमा 
सम्मेलनको तयारी अन्तिम तयारीमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, बर्माका राष्ट्रपति विन माइन्ट नेपाल आउँदै छन्।  उनीहरुमध्ये भारतका प्रधानमन्त्री मोदी र थाइल्याण्डका प्रधानमन्त्री चान–ओचना १४ गते बिहान चार्टड विमानबाट नेपाल आउँदैछन्। अन्य अतिथि आउने समय टुंगो लागिसकेको छैन। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्त बिमस्टेक सम्मेलनको क्रममा जनतालाई पनि धेरै दुःख नहुने र पाहुनाहरुको पनि सहज हुने गरी व्यवस्थापनको योजना बनाउने काम भइरहेको बताउँछन्। 

सम्मेलन सोल्टी होटलमा गर्न लागिएको छ। सबै पाहुनालाई सोही होटलमा राख्ने निर्णय भइसकेको छ। 

Ncell 2
Ncell 2

भोलिपल्ट उनीहरुलाई गोकर्ण फरेस्ट रिसोर्टमा ‘रिट्रिट’ दिने सरकारी तयारी छ। तर, गोकर्णसम्मको सडक अवस्था राम्रो नभएकाले ‘रिट्रिट’ दिने स्थानमा अझै निर्णय भइसकेको छैन। त्यसअघि सडकका खाल्डा पुरिएमा र पानी नपरेका गोकर्ण लैजाने सरकारको तयारी छ। 

त्यस्तै, पाहुनालाई पाटन पनि घुमाउन लैजाने योजना  बनेको छ।  पाटनको सवारीको क्रममा सडक नै खाली गर्नुपर्ने हुन्छ। त्यस्तै राष्ट्रपतिसँग समेत छुट्टाछुट्टै भेट हुने भएकाले सार्वजनिक विदा दिएरै सडक व्यवस्थापन सहज बनाउन लागिएको हो। 

त्यसै त जाम हुने काठमाडौंमा दिनमा पटक पटक रुट खाली गराएर ट्राफिक व्यवस्थापन गर्न धेरै गाह्रो हुने भएकाले सार्वजनिक विदा नै उपयुक्त हुने गृहका अधिकारीहरुको भनाई छ। 

सम्मेलनमा आउनेमध्ये श्रीलंकाका राष्ट्रपति सिरिसेना र म्यानमारका राष्ट्रपति माइन्टको भ्रमण द्धिवपक्षीय समेत हुने  छ।  उनीहरुको भ्रमण केही दिन लामो हुने छ। सरकारले टुँडिखेलमा उनीहरुलाई  ‘गार्ड अफ अरर’ समेत दिने छ। 

त्यसका लागि सडक पटक पटक खाली गराउनुपर्ने हुन्छ। राजकीय भ्रमणमा  सडक खाली गराउने परम्परा छ। 

त्यस्तै, श्रीलंका र थाइल्याण्डका प्रधानमन्त्री तथा म्यानमारका राष्ट्रपति लुम्बिनी भ्रमणमा जाने बताइएको छ। 

 सम्मेलनको तयारीका लागि मंगलबार सम्मेलनको मूल तयारी समितिको बैठक मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको थियो।  

बैठकले सम्मेलनका नारा, घोषणपत्र तथा नेपालका एजेन्डाहरुबारे टुंगो लगाएको थियो। 

सार्क सम्मेलनमा भारतबाट बुलेटब्रुफ गाडीहरु ल्याइएको यसपटक नेपालमै व्यवस्थापन गर्न लागिएको छ। 

प्रकाशित मिति: शनिबार, भदौ २, २०७५  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्