काठमाडौं– नेपाल–भारत संयुक्त, कृषि समूहको सातौं बैठकले छैठौं बैठकमा भएको सहमति अनुसार नेपालमा प्रांगारिक खेति प्रवर्द्धनका लागि भारतको तर्फबाट सहयोग गर्ने जनाइएको छ। त्यसका लागि प्रारम्भमा नेपालका तर्फबाट डिपिआर भारतलाई बुझाउनुपर्ने छ।
बैठकमा भारतीय पक्षले नेपालबाट अनुरोध भए अनुसार थप क्वारान्टाइन चौकी जनकपुरको भिट्टामोड र धनगढीको गौरीफन्टामा पोष्ट स्थापना प्रक्रिया अघि बढेको जानकारी गराएको थियो। नेपालमा तेश्रो देशबाट आयात हुने रासायनिक मल सहज ढुवानीका लागि भारतले जोगवनी र नेपालगञ्ज रोड नाका उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सकारात्मक रुपमा लिएको छ।
कृषिमा उच्च शिक्षा सहकार्यका लागि वैज्ञानिक र विद्वान विनिमय कार्यक्रमलाई नेपालले राखेको प्रस्तावलाई भारत इच्छुक देखिएको छ।
बिहीबार र शुक्रबार काठमाडौंमा भएको सातौं बैठकको नेतृत्व नेपालका तर्फबाट कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव डा योगेन्द्र कुमार कार्कीले गरेका थिए भने भारतीय पक्षबाट कृषि तथा किसान कल्याण मन्त्रालयका सह सचिव निराजा अदिदमले गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।