काठमाडौं– राजधानीको वायूप्रदुषण नियन्त्रण गर्न सरकारले आजदेखि काठमाडौं महानगरपालिका र ललितपुर उपहानगरपालिकामा प्रदुषणमा फेल हुने गाडीलाई चलाउन नदिने भएको छ। यसअघि कारबाही गरेर चलाउन दिने गरिएको थियो।
यातायात व्यवस्था विभागले प्रदुषणमा पास भएर हरियो स्टिकर टाँसेका गाडीहरुलाई मात्र आजदेखि चलाउन दिदै छ। अन्यलाई नियन्त्रण लिन थालेको छ।
विभागका प्रवक्ता तुल्सीराम अर्यालले महानगरपालिका र उप महानगर पालिकाका गुडेका सवारी साधनहरुको चेकजाँचका लागि अनुगमन टोली खटिएको बताए। हरियो स्टिकर नभएका सवारी साधनलाई नियन्त्रणमा लिने काम भइरहेको अर्यालले बताए।
साउन १ देखि हरियो स्टिकर विनाका सवारी साधनलाई बन्देज लगाउने निर्णय भए पनि कार्यान्वयन हुन भने सकेको थिएन । सवारी साधनको प्रर्दुषण मापन यन्त्र खरिद ढिलो भएकोले तोकिएको मिति सर्दै आएको थियो । विभागले प्रर्दुषण मापनका लागि जापानबाट ‘डिजेल स्मोक मिटर’ र ‘ग्यास एनलाइजर’ खरिद गरी परिक्षण सुरु गरेको छ।
धुँवा फाल्ने गाडीका कारण पनि राजधानीमा प्रदुषण बढ्दै गएको छ। त्यसलाई नियन्त्रणका लागि सरकारले कडाई गर्न लागेको हो।
विभागकाे सूचना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।