• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हजयात्रामा पनि ठगी, मक्का मदिना जानेलाई बर्सेनि सास्ती

64x64
नेपाल लाइभ बिहीबार, साउन ३१, २०७५  ००:३८
1140x725

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ३ का नसुरुद्दिन खाँले पोहोर साल मुस्लिम समुदायको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने निधो गरे। एक लाख ९० हजार रुपैयाँ बुझाएपछि (पछि ७ हजार फिर्ता पाएका) केन्द्रीय हज समितिले उनलाई साउदी लिएर गयो। 

साउदीको एक होटलमा छाडेर समितिका पदाधिकारीहरु गायब भए। त्यसपछि कहाँ जाने के गर्ने उनलाई केही थाहा भएन। उनी अलमलिए। हजयात्रीको टोलीसँगै सहयोगीका रुपमा लगिने मोअल्लिम (गाइड) पनि होटलबाटै बेपत्ता भए। उपचारका लागि गएका चिकित्सकहरुले पनि वास्ता गरेनन्।

यो अवस्थामा नसुरुद्दिन मात्र एक्ला थिएनन्। नेपालबाट लगिएका अधिकांश यात्रुहरुको अवस्था उस्तै थियो। अन्य मुलुकको व्यवस्थापन हेर्दा ती मुलुकले आफ्ना नागरिकको हजको सहज व्यवस्थापन गरेका थिए। तर, नेपालको केन्द्रीय हज समितिले हजयात्रीहरुलाई साउदीमा बेवारिसे अवस्थासरह छाडेको उनी गुनासो गर्छन्। 

यस्ता घटना प्राय: हरेक वर्ष दोहोरिइरहेको छ। पीडित यात्रीहरुले समितिले हजयात्रामा भ्रष्टाचार गर्ने गरेको आरोपसमेत लगाएका छन्।

नाम छनोटदेखि नै भ्रष्टाचार
प्रत्येक वर्ष हजको त्यति चर्चा हुँदैन, जति केन्द्रीय हज समितिले गर्ने अनियमितताको हुने गर्दछ। हजका लागि यात्रुको नाम छनोटदेखि नै समितिका पदाधिकारीहरुले अनियमितता गर्ने गरेको आरोप छ। हज यात्राका लागि आवेदन दिएका मध्ये मापदण्डको आधारमा नाम छनोट गरिएको बताइएपनि अधिकांश नाम राजनितिक भागबण्डा, सोर्सफोर्स र घुसको आधारमा तय हुने हाजीहरु बताउँछन्। 

गत वर्ष हजयात्रीहरुसँग प्रतिव्यक्ति एक लाख ८३ हजार रुपैयाँ संकलन गरिएको थियो। जसमा हजयात्रीहरुको आउनेजाने प्लेन टिकट, करिब ४० दिन भ्रमणको क्रममा होटल-कोठाको भाडा, र तीन पटक बसमा आउनेजाने सुविधा मात्र थियो। एउटा कोठामा करिब ७–८ यात्रीहरु रहेका थिए। 

मोटो रकम संकलन गरे पनि सुविधा नपाएपछि यात्रुहरुले पदाधिकारीमाथि प्रश्नसमेत उठाए। यात्रीले ९ सय रियाल (साउदी मुद्रा) होटलको कोठाको बुक र थप १ हजार २ सय तिरेका थिए। असन्तुष्ट केही यात्रीले सो क्रममा पदाधिकारीलाई कुटपिट गरी शौचालयमा बन्दसमेत गरे। गतवर्ष मात्र होइन समितिका पदाधिकारीहरु प्रायजसो प्रत्येक वर्ष नराम्रो व्यवस्थापन, आर्थिक अनियमितता लगायत विषयमा कुटिने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

टेन्डर आह्वान गरेर बढी कमिसन दिने एयरवेजसँग सम्झौता गरेर करोडौं भ्रष्टाचार गर्ने गरेको आरोप केन्द्रीय हज समितिमाथि लाग्दै आएको छ। कमिसनका लागि हज स्थानभन्दा धेरै टाढा सेटिङमा मिलाइएका होटलमा बसाएर दुःख दिने गरेको हज गरेर आएका हाजीहरु बताउँछन्। 

समितिका अध्यक्ष सोयब रजाले भने जनशक्तिको अभावमा हजयात्रीले दुःख पाउने गरेको भन्दै टारे। उनका अनुसार यात्रामा समितिका १० जनाको टोली हुन्छ। प्रत्येक यात्रीहरुलाई हेर्न नसिकने भएकोले मोअल्लिम (गाइड) को आशा गर्न नहुने उनी बताउँछन्।

करोडौं रकम अनियमिताबारे सोध्दा उनले त्यसलाई अस्विकार गर्दै आफूहरुले खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाए।

'साउदीमा बेवारिसे हुन्छौं' 
हजयात्राको क्रममा समितिले दिने दुःखको बयान गरीसाध्य नहुने रुपन्देही सिद्धार्थनगर नगरपालिकाका ७ का हाजी कमरुलहोदा खाँ बताउँछन्। 'समितिले हामीलाई काठमाडौंबाट साउदीको धर्मशाला जस्तो होटलमा लगेर बेवारिसे अवस्था छाडिदिन्छ,' उनले भने, 'त्यसपछि जसलाई जहाँ जान मन लाग्छ त्यहीँ जाने हो। हामी त त्यहाँ बेवारिसे जस्तै हुन्छौँ।'   


यात्रामा अधिकांश वृद्धवृद्धाहरु हुन्छन्। समितिको बेवास्ताका कारण उनीहरुले झन् बढी सास्ती पाउँछन्। साउदी लग्नेदेखि सहज रुपमा आफ्नो मुलुक फर्काउनेसम्म समितिको पूर्ण जिम्मेवारी हुन्छ। तर साउदी पुर्याएपछि उनीहरुले कुनै वास्ता नगर्ने हाजीहरु बताउँछन्। 

मौसम परिवर्तनका कारण अधिकांश हजयात्रीहरुलाई स्वास्थ्य समस्या हुने गरेकाले टोलीमा चिकित्सक पनि समावेश हुन्छन्। तर बिरामी परेका अधिकांश हजयात्रीहरुले भारतीय स्वास्थ्य क्याम्पबाट औषधि सेवन गर्नुपरेको कमरुलहोदाले दुखेसो पोखे। 'हामीलाई होटलमा छाडेपछि समितिका कुनै कर्मचारी वा पदाधिकारीको अनुहार देखिँदैन। कसैलाई केही समस्या परेको अवस्थामा हात जोडर अर्को मुलुकले दिइरहेको सहायता लिन बाध्य हुनुपर्छ,' उनी भन्छन्।

समितिले बसमार्फत अरफात मैदान छाडेपछि सबै हजयात्रीहरु पैदलै मक्का मदिना आउनुपरेको उनले बताए। समितिका पदाधिकारीले लाखौं रकम लिएर सरासर ठगी गर्ने गरेकाले यसको छानबिन हुनुपर्ने उनको माग छ।

'मर्‍यौं कि बाचेका छौं मतलब गर्दैनन्' 
पीडित नसुरुद्दिन खाँ यात्राका क्रममा धेरै सास्ती भोग्नुपरेको बताउँछन्। 'मोअल्लिमको अनुहार समेत देख्न पाइँदैन। साथमा गएका चिकित्सकसँग औषधिसमेत नहुँदा धेरै दु:ख पाइयो,' उनले भने, 'मर्यौं कि बाचेका छौं पदाधिकारीलाई केही मतलब हुँदैन।

टोलीमा गएका एक जना वृद्धा दुई दिनसम्म हराएर पछि सम्पर्कमा आए पनि समितिलाई त्यसबारे कुनै जानकारी नरहेको उनले सुनाए।

गत वर्ष मदिनामा ४० रकात नमाज पढेर (८ दिनमा) फर्किनुपर्ने थियो। समितिले भने ३५ रकात नमाजमै (७ दिन) हतारहतार फर्काएर नेपाल ल्याएको नसुरुद्दिनको गुनासो छ। 

यस वर्ष १९६ जना
यस वर्ष हजयात्राका लागि रुपन्देहीबाट १ सय ९६ जनाको नाम छनोट भएको थियो। जिल्लाबाट ३ सय १७ सय जनाले दिएको आवेदन मध्ये १ सय ९६ जनाको नाम छनोट भएको मुस्लिम वेलफेयर सोसाइटी भैरहवाका सचिव मोहम्मद अकिलले बताए। 

१ सय ६३ जना पुराना र ३३ जना नयाँ यात्री मक्का मदिनाका लागि गइसकेको उनले जानकारी दिए। साउदी सरकारले नेपालबाट हजयात्राका लागि एक हजार २ सय जनाको मात्र कोटा दिएको छ। त्यसका लागि पुराना आवेदकसहित देशभरबाट १ हजार ८ सय बढीले आवेदन दिएका मध्ये बैंकको भौचर, पुराना आवेदक र ज्येष्ठताका आधारमा एक हजार २ सय जनालाई छनोट गरिएको हो।

यस वर्ष नेपालका हजयात्रीहरु साउन १६ देखि साउन २२ गतेभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरबका लागि उडिसकेका छन्। रुपन्देही जिल्लाका हजयात्रीहरुको भने साउन १८ र १९ गते उडान भएको मुस्लिम वेलफेयर सोसाइटीले जनाएको छ। 

मुस्लिम धर्मका ५ वटा महत्वपूर्ण धार्मिक कार्य अनुसार इमान (आस्था, विश्वास), नमाज (प्रार्थना), रोजा (व्रत), जकात (दान) मध्ये  हज (तीर्थाटन) समेत एक रहेको मुस्लिम अगुवाहरुको भनाइ छ।

हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ। मक्कामा ७ पटक परिक्रमा (तवाफ) गर्नुपर्छ जसले एक हज (कावा) प्राप्त हुन्छ। बकरा इदका दिन विशेष नमाज पढी पशु-जनवारको कुर्वानी दिने चलन छ। 

इस्लाम धर्मावलम्बीहरूको जीवनमा एक पटक गर्नैपर्ने धार्मिक तीर्थयात्रामध्ये मक्का मदिनाको यात्रामा पुगेर गरिने धार्मिक कार्यलाई ‘हज’ भनिन्छ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  ००:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्