• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ २०, २०८३ Wed, Jun 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिका क्रममा भइरहेको चलखेलप्रति ध्यानाकर्षण भएको छ : डा केसी

64x64
नेपाल लाइभ बुधबार, साउन ३०, २०७५  ०७:२५
1140x725

काठमाडौं– डा गोविन्द केसीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिका क्रममा चलखेल भइरहेको भन्दै गम्भीर ध्यनाकर्षण भएको बताएका छन्।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्‍याई बर्खास्तीको सिफारिश गरेका त्रिवि पदाधिकारीमाथि कारबाही हुनुपर्नेमा सरकारले त्यसो नगरेका कारण नाजायज चलखेल गरिरहेको आरोप पनि लगाइएको छ।

डा केसीले कार्यकारी निर्देशक नियुक्तिका लागि बनाइएको सर्च कमिटीमाथि पनि प्रश्न उठाएका छन्। 'वरिष्ठ प्राध्यापकहरुमध्येबाट बनाउनुपर्नेमा त्यसो गरिएन र सह प्राध्यापकले वरिष्ठ प्राध्यापकहरुको मुल्यांकन गर्ने अमिल्दो अवस्था सिर्जना गरियो', विज्ञप्तिमा भनिएको छ, 'त्यसैले सो सर्च कमिटिलाई खारेज गरेर प्राध्यापकहरुमध्येबाट अर्को कमिटि बनाउन भनेर हामीले बारम्बार आग्रह गर्दा सुनिएन।'

'कार्यकारी निर्देशक नियुक्त गर्न तत्काल उचित रुपमा प्राध्यापकहरु सम्मिलित सर्च कमिटी बनाएर वरिष्ठताका आधारमा कार्यकारी निर्देशक नियुक्त गर्न ध्यानाकर्षण गराउन चाहन्छौं', विज्ञप्तिमा भनिएको छ।

डा केसीले शिक्षण अस्पताल धराशायी हुने प्रक्रिया यदि रोकिएको छ भने आफ्नै अभियानका कारण वरिष्ठताका आधारमा आएका पदाधिकारीहरुका कारण भएको दाबी पनि गरेको छ।
विज्ञप्तिमा केही दिनअघि भएको ९ बुँदे सहमतिका बाँकी बुँदाहरु तत्काल कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरिएको छ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ 
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकारका लागि हामी निरन्तर लडि आएको विदितै छ । 

यसै क्रममा हाम्रो सुधार अभियान शुरु भएको तथा देशको स्वास्थ्य र मेडिकल शिक्षाको नेतृत्वदायी संस्था त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिका क्रममा हाल भइरहेको चलखेलप्रति हाम्रो गम्भीर ध्यनाकर्षण भएको छ ।

सर्व प्रथम त न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याइ बर्खास्तीको सिफारिश गरेका त्रिवि पदाधिकारीमाथि उहिल्यै कारवाही हुनुपर्नेमा सरकारले त्यसो नगर्दा उनीहरुले नाजायज चलखेल गरिरहेका छन् । कार्यकारी निर्देशक नियुक्तिका लागि सर्च कमिटि बनाउँदाखेरि वरिष्ठ प्राध्यापकहरुमध्येबाट बनाउनुपर्नेमा त्यसो गरिएन र सह प्राध्यापकले वरिष्ठ प्राध्यापकहरुको मुल्यांकन गर्ने अमिल्दो अवस्था सिर्जना गरियो । त्यसैले सो सर्च कमिटिलाई खारेज गरेर प्राध्यापकहरुमध्येबाट अर्को कमिटि बनाउन भनेर हामीले बारम्बार आग्रह गर्दा सुनिएन । 

nimb
nimb
Ncell 2
Ncell 2

अहिले आएर सो कमिटिबाट वरिष्ठता र योग्यताका स्थापित आधारमा नभई दलीय वफादारी र भागवण्डाका आधारमा नियुक्तिका लागि नामहरु सिफारिश गर्ने प्रयास भइरहेको बुझिएको छ । 

त्यसरी दलीय वफादारीका आधारमा हुने कुनै पनि नियुक्ति मान्य नहुने भनेर हामीले बारम्बार भन्दै आएका छौं । स्मरण रहोस्, कुनै बेला दक्षिण एसियाकै अब्बल मानिने त्रिवि शिक्षण अस्पताल दलीय भागवण्डाबाट आएका कार्यकर्ताहरुले झण्डै धराशायी पारेका कारण हामीले स्वास्थ्य र मेडिकल शिक्षा सुधार अभियान शुरु गरेका थियौं । यसबीच यो संस्था धराशायी हुने प्रक्रिया यदि रोकिएको छ भने हाम्रै अभियानका कारण वरिष्ठताका आधारमा आएका पदाधिकारीहरुका कारण भएको छ । 

त्यसैले संस्थालाई फेरि धराशायी हुन नदिनका लागि पूर्ण रुपमा वैज्ञानिक र पारदर्शी विधि नबन्दासम्म र त्यसको कार्यान्व्यनका लागि देशको राजनीतिक नेतृत्व इमान्दार नहुँदासम्म वरिष्ठताको वस्तुगत आधारमा नै कार्यकारी निर्देशक, डिनलगायतका पदाधिकारीहरु नियुक्त गर्नुको विकल्प छैन । त्यसैले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्तिमा पनि वरिष्ठताका आधारमा तीन जनाको नाम सिफारिश गर्न र त्यसरी सिफारिश भएकामध्ये कोही नियुक्त भए पनि त्योा हामीलाई स्वीकार्य हुने भनेर हामीले बारम्बार भन्दै आएका छौं । यसैबीच हाम्रा तर्फबाट यो वा ऊ व्यक्तिको नाम आएको भनेर बदनियतपूर्वक चलाइएको हल्ला पूर्ण रुपमा गलत भएको पनि जानकारी गराउन चाहन्छौं । 

यो अवस्थामा भ्रष्ट त्रिवि पदाधिकारीहरुको चलखेलमा परेर कनिष्ठ तथा पार्टी कार्यकर्ताहरुलाई पदाधिकारी नियुक्त गर्ने काम भयो भने त्यो हामीलाई स्वीकार्य हुने छैन किनकि यस्ता संवेदनशील संस्थाहरुलाई दलीयकरण गरेर धराशायी हुन दिने हो भने राष्ट्रिय स्तरमा जस्तोसुकै कानुन बने पनि त्यो निष्प्रभावी हुने निश्चित छ । साथै त्रिवि शिक्षण अस्पालको सेवा बिस्तार गरेर धेरैभन्दा धेरै मानिसलाई सेवा पुर्याउनु हाम्रो प्राथमिक जिम्मेवारी बन्न आउँछ ।  त्यसका लागि सही रुपमा कार्यकारी निर्देशक नियुक्त गर्न तत्काल उचित रुपमा प्राध्यापकहरु सम्मिलित सर्च कमिटि बनाएर वरिष्ठताका आधारमा कार्यकारी निर्देशक नियुक्त गर्न ध्यानाकर्षण गराउन चाहन्छौं । वरिष्ठताका आधारमा नियुक्त वर्तमान डिनले त्यस खालको प्रक्रियाका लागि पूर्ण रुपमा सक्रिय भुमिका निभाउने हाम्रो अपेक्षा छ । 

साथै न्यायिक जाँचबुझ आयोगको सिफारिशबमोजिम तथा हामीसँग भएको पछिल्लो सहमति अनुसार तत्काल त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरेर कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । साथै हामीसँग भएको ९ बुँदे सहमतिका बाँकी बुँदाहरु समेत तत्काल कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गर्दर्छौं । त्यसो गर्ने हो भने सबै तहका पदाधिकारीहरु नियुक्तिका लागि वैज्ञानिक आधार बन्ने कुरा समेत स्मरण गराउन चाहन्छौं । 

डा गोविन्द केसी

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज

२०७५।४।३०

प्रकाशित मिति: बुधबार, साउन ३०, २०७५  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
केन्द्रीय समिति र लिङ्देनले वैधानिकता गुमाइसकेको धवल शम्शेर राणाको दाबी
सेय बजार २.६६ अंकले वृद्धि
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
केन्द्रीय समिति र लिङ्देनले वैधानिकता गुमाइसकेको धवल शम्शेर राणाको दाबी बुधबार, जेठ २०, २०८३
सेय बजार २.६६ अंकले वृद्धि बुधबार, जेठ २०, २०८३
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’ बुधबार, जेठ २०, २०८३
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
मानवअधिकार आयोगको प्रतिवेदनबारे ओलीले के भने ? बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
करिब ५५ लाख रुपैयाँ लुकाएर मलेसिया जान लागेका एयरलाइन्सका एक कर्मचारी पक्राउ मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्