हृदयाघात भएका बेला त्यसका लक्षण करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहनसक्छ । हृदयाघात हुने बेलामा सामान्यतया छातिमा असजिलो हुने, रक्तचाप बढ्ने, सबै छाति गह्रुँगो भएको महसुस हुने र छाति दुख्ने हुन्छ । पाखुरा वा छातिको करङको तल्लो भाग दुख्ने अथवा दुखाई सर्दै गएर पिठ्यूँ, बँगारा, गर्धन अथवा हाततिर पुग्ने वा समग्रमा सबैतिर दुख्ने, अपच हुने, श्वास फेर्न गा¥हो भएको महसूस हुने, चिटचिट पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, झुम्म लागेजस्तो हुने, कमजोरी हुने, बेचैनी हुने, स्वाँस्वाँ बढ्ने र मुटुको धड्कन छिटोछिटो हुने वा अनियमित हुने जस्ता लक्षण देखा पर्छन् । यदि तपाईलाई हृदयाघात भएको शंका भएमा तत्कालै हृदयरोग उपचार केन्द्रमा सम्पर्क गर्नुपर्छ ।
मुटुरोगमध्ये हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो । मुटुका रक्तनली अर्थात् धमनीहरू र मुटु मै रगत जमेर रक्तसञ्चार बन्द भई यस्तो अवस्था आउने गर्छ । मुटुमा आवश्यक रगतको आपूर्ति बन्द हुँदा मुटुका रक्त कोषिकाको क्षति हुने वा तिनीहरू मर्ने कारण मानिसको अचानक मृत्यु हुने जोखिम आइपर्न सक्छ ।
वास्तवमा यदि कसैलाई दोस्रोपटक हृदयाघात भएको छ भने पहिलो हृदयाघातका जस्तै लक्षण देखा नपर्न सक्छन् । केही मानिसमा कुनै पनि लक्षण नै नदेखिन पनि सक्छ । यसलाई सुशुप्त हृदयाघात भनिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।