• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘फेक रेस्क्यू’मा संलग्नप्रति सरकार नरम !

64x64
नेपाल लाइभ मंगलबार, साउन २९, २०७५  २३:१६
1140x725

काठमाडौं–  नेपाल घुम्न आउने पर्यटकको उद्धारको नाममा हुने ठगीमा संलग्न कम्पनीमाथि थप अनुसन्धान र कारबाहीका लागि अर्काे टोली गठन भएको छ। राजश्व अनुसन्धान विभागको नेतृत्वमा सरकारले अर्काे टोली गठन गरेको हो। 

‘फेक रेस्क्यू’मा भएको ठगी भन्दा पनि राजश्व छलीमा केन्द्रीत भएर सरकारले राजश्व अनुसन्धान विभागको नेतृत्वमा थप छानबिन र कारबाही अघि बढाउन लागेको हो। जसबाट उनीहरुले ठगीबाट भने उन्मुक्ति पाउने सम्भावना देखिएको छ। 

पर्यटन मन्त्रालयले गठन गरेको ‘पर्यटक उद्धारसम्बन्धि छानबिन कार्यदल’ले कारबाहीका लागि  २६ वटा कम्पनीलाई संगठित अपराध तथा ठगी मुद्दामा कारबाही गर्न सिफारिस गरेको थियो। सोही अनुसार पर्यटन मन्त्रालयले गृह मन्त्रालयलाई प्रतिवेदनसहित कारबाहीका लागि पत्राचार गरिसकेको छ। तर, गृहले ठगी मुद्दामा अनुसन्धानका लागि चासो दिएको छैन। 

१० वटा अस्पताल, ८ वटा ट्रेकिङ कम्पनी, ५ वटा वैदेशिक मुद्राको कारोकार गर्ने कम्पनी तथा ३ वटा हेलिकोप्टर कम्पनीको नक्कली उद्धारमा संलग्नता देखिएको थियो। ती सबै कम्पनीको नाम गोप्य राखिएको छ। 

 पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले  गत साउन १४ गते पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएको थियो। 

बीमा कम्पनीलाई ठग्न नेपाल घुम्न आउने पर्यटकलाई खानामा विभिन्न पदार्थ मिसाएर बिरामी बनाउने र उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार हुने गरेको थियो। उद्धार र उपचारको नाममा चर्काे बील उठाएर ठगी हुने गरेको थियो। पर्यटकको यस्तो खर्च बीमा कम्पनीले बेहोर्ने भएकाले नेपालमा ‘फेक रेस्क्यु’को धन्दा चल्दै आएको थियो। 

कार्यदलले घटनाको सघन रुपमा अुनसन्धान गरी मुद्दा चलाउन सुझाव दिएको थियो। संगठित अपराध र ठगी मुद्दा चल्ने भएपछि ठगीमा संलग्नहरु तर्सिएका थिए। तर, अनुसन्धान राजश्व छलीमा केन्द्रीत गरी कारबाही अघि बढाउन लागिएको छ। फेक रेस्क्यूको ठगीमा केही प्रभावशाली व्यक्तिका कम्पनी समेत परेकाले कारबाहीमा सरकार नरम बनेको स्रोत बताउँछ। 

‘नक्कली उद्धारमा मुख्य विषय त राजश्व छली हो,’ गृह मन्त्रालयका सचिव प्रेमकुमार राई भन्छन्,‘ठगी मुद्दामा कारबाही हुन त पहिला ठगीको उजुरी पर्नुपर्छ। त्यहीभएर राजश्व छलीमा अनुसन्धान हुन लागेको हो।’ यद्यपी नयाँ टोलीले गरेको अनुसन्धानमा ठगी गरेको खुलेमा मुद्दा चल्ने उनी बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले प्रतिवेदन कार्यान्वायनका लागि आएको र अनुसन्धान सुरु भइनसकेको बताए। विभागले निर्देशकको नेतृत्वमा प्रतिवेदन अध्ययन र कारबाही टोली बनाउन लागेको छ। जसमा गृह मन्त्रालय, आन्तरीक राजश्व विभाग, पर्यटन मन्त्रालय तथा नेपाल प्रहरीबाट प्रतिनिधिहरु राख्न लागिएको छ। 

कार्यदलले ६ वटा अस्पताललाई स्वास्थ्य मन्त्रालयले छानबिन गर्नुपर्ने तथा ३ वटालाई राजश्व चुहावटमा छानबिन गर्न सिफारिस गरिएको थियो। विदेशी मुद्राको अपचलन गर्ने ५ वटा कम्पनीलाई राष्ट्र बैंकमार्फत कारबाहीको सुझाव दिइएको  थियो। ८ वटा ट्रेकिङ एजेन्सी, ४ वटा अस्पताल र ३ वटा हेलिकोप्टर कम्पनीको नाम नै उल्लेख गरेर कारबाही गर्न भनिएको छ। 

नक्कली उद्धारका कारण नेपालको पर्यटन क्षेत्र नै बदनाम भएको थियो। नेपाल घुम्न आउने पर्यटकलाई बीमा कम्पनीले चर्काे बीमाशुल्क लिने गरेका छन्। 

छानबिन सुरु भएपछि यस्ता पर्यटकको उद्धारका घटना कम भएका छन्। तर, दोषीहरुबाट कारबाही हुन नसके यस्ता घटना फेरि दोहोरिन सक्ने पर्यटन मन्त्रालयका अधिकारी बताउँछन्। 

पर्यटकको उद्धार नेपाल प्रहरीबाट हुने 

 कार्यदलको सुझावअनुसार पर्यटकको उद्धारको जिम्मेवारी नेपाल प्रहरीलाई दिने तयारी सुरु भएको छ।  कार्यदलले मन्त्रिपरिषद्बाट निर्णय गराई यही महिनादेखि पर्यटन उद्धारसम्बन्धि सबै काम नेपाल प्रहरीबाट हुने व्यवस्था मिलाउन सुझाव दिइएको थिया।  त्यसका लागि गृहकार्य भइरहेको गृहसचिव राईले बताए। 

प्रहरीले नै उद्धारका लागि हेलिकोप्टर र अस्पतालको व्यवस्था मिलाउने छ। प्रहरीले कल्याण कोषबाट खर्च हुने गरी यस्तो व्यवस्था मिलाउने र पछि शोधभर्ना लिने गरी व्यवस्था गर्न लागिएको छ। 

कार्यदलले ‘पर्वतारोहन तथा पदयात्रा, खोज तथा उद्धार सम्बन्धि कार्यविधि २०७५’ तर्जुमा गरी १५ दिनभित्र कार्यान्वायन गर्न गर्नुपर्ने औल्याएको थियो। तर, १५ दिन बित्दा पनि कार्यविधि बन्न सकेको छैन। 

प्रतिवेदन कार्यान्वायनका  लागि सोमबार नै पर्यटनमन्त्री अधिकारीले सचिवलाई निर्देशन दिएको मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। 

कारबाहीका लागि सिफारिस गरिएका हेलिकोप्टर कम्पनी, अस्पतला तथा ट्रेकिङ एजेन्सीहरुको नाम सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  २३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्