• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उज्जन हत्या प्रकरण: पुष्करको पूर्णपाठ नआउँदै माफीको पत्र लेख्न दबाब !

64x64
नेपाल लाइभ शुक्रबार, माघ २०, २०७९  १६:२५
1140x725

काठमाडौं– माघ ९ गते सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनासँग सम्बन्धित एउटा मुद्दामा फैसला सुनायो। ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा सर्वोच्चले गत सोमबार जन्मकैदको फैसला सुनाएको थियो। 

तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र पुष्कर गौतम प्रतिवादी रहेको मुद्दामा सर्वोच्चले गौतमलाई पनि जन्मकैदको सजाय सुनाएको थियो। सशस्त्र द्वन्द्वको समयमा भएको घटना भए पनि श्रेष्ठको हत्या नै भएको ठहर गर्दै सर्वोच्चले गौतमलाई पनि जन्मकैदको फैसला सुनाएको थियो।

सर्वोच्चले ढुंगेललाई यसअघि नै जन्मकैदको फैसला सुनाएको थियो। उनी केही समय थुनामा बसेर माफी पाउँदै रिहा भएका थिए। माओवादी केन्द्रमा रहेका उनी नेकपा विभाजनपछि एमालेतिर खुलेका थिए। केही समय अघि उनले एउटा दुर्घटनामा ज्यान गुमाए। 

गौतम भने पूर्पक्षका लागि थुनामै थिए। जिल्ला र उच्चले उनलाई दोषी ठहर गरेको थियो भने उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए। गौतमसँगै सरकारी पक्षले समेत गरेको पुनरावेदनमा अन्तिम फैसला सुनाउँदै सर्वोच्चले जिल्ला र उच्चको फैसला मिलेकै देखिएको भन्दै सदर गर्ने निर्णय सुनायो। 

सर्वोच्चले फैसला गरेको ४ दिन नहुँदै महान्यायाधिवक्ता कार्यालयमा एउटा पत्र आयो। मुद्दा शाखामा आएको उक्त पत्रमा फैसला भएर दोषी ठहर भएका गौतमलाई माफी दिन पत्र लेख्नुपर्ने भनिएको थियो। कारागार विभागबाट गौतमको चालचलन असल भएको र उनले ८ वर्षको कैद सजाय भुक्तान गरेको भनि सिफारिस पत्र आएको थियो। 

गौतमको मुद्दा संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारअन्तर्गत पर्ने भएकाले माफी दिन मिल्ने भनेर निर्णय गर्नका लागि भन्दै मुद्दा फाँटमा पत्र पुगेको थियो। महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार गौतमका हकमा २० वर्ष कैद सजाय ठहर भएकोमा उनले ४० प्रतिशत (८ वर्ष) कैद भुक्तान गरेकाले सजाय माफी दिन मिल्ने देखिएकाले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउनका लागि पत्र लेख्न मुद्दा फाँटलाई भनिएको थियो। मुद्दा फाँटले भने फैसला भएको तर, पूर्णपाठ नै नआएकाले फैसलाबारे केही लेख्न नसकिने अडान लियो।

माओवादीको नेतृत्वमा सरकार भएकाले द्वन्द्वकालीन मुद्दामा सकेसम्म माफी दिने तयारीस्वरुप सरकारका तर्फबाट कारागार विभागमार्फत् उक्त पत्र महान्यायाधिवक्ता कार्यालय पुगेको थियो। सरकारले प्रजातन्त्र दिवस (फागुन ७ गते), गणतन्त्र दिवस (जेठ १५ गते) र संविधान दिवस (असोज ३ गते) कैदीलाई माफी दिने अभ्यास रहेको छ।  सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर गौतमलाई माफी दिन खोजेको थियो।

हाल माफीका लागि ५० प्रतिशत सजाय काटेको हुनुपर्छ। तर, तत्कालीन समयमा विद्यमान रहेको कारागार ऐन अनुसार उनले ४० प्रतिशत सजाय काटेको र असल चाल चलन भएको भएमा माफी हुनसक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

असल चालचलन भएका कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नका कम्तीमा ५० प्रतिशत सजाय काटेको हुनुपर्ने कानुनी व्यवस्था छ। फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ मा चालचलनमा सुधार आएमा ५० प्रतिशत कैद भुक्तान गरेका कैदीबन्दीले बाँकी कैद सजाय मिनाहा गर्न सकिने व्यवस्था छ। यसरी हेर्दा उनले कम्तीमा १० वर्षसम्म थुनामा बिताएको हुनुपर्नेछ। 

फौजदारी कसूर कैद कट्टा नियमावली २०७६ मा कैद सजाय कट्टाको प्रक्रियाबारे विस्तृत उल्लेख छ। नियमावलीको नियम ५ मा कैदीहरुले कैद सजाय कट्टा गरी पाउनका लागि विभिन्न कागजातहरु संलग्न गरी आफू कैदमा रहेको कारागारसमक्ष निवेदन दिनुपर्ने उल्लेख छ। 

२०७५ साल जेठ १५ गते ढुंगेल सरकारले माफी दिएर रिहा भएका थिए। मन्त्रिपरिषद्को सिफारिस बमोजिम एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा  संविधानको धारा २७६ बमोजिम उनलाई माफी दिइएको थियो।  श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेल द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए भने सर्वोच्चको फैसलापछि पक्राउ परेर थप १ वर्ष बसे।

शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको  थियो। तत्कालीन समयको एकै मुद्दा भएकाले गौतमलाई पनि फागुन ७ गते माफी दिने तयारीका लागि मन्त्रिपरिषद्ले निर्णय गर्ने फैसलाको जानकारीका लागि पत्र लेख्न महान्यायाधिवक्ता कार्यालयमा दबाब दिइएको थियो। 

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने यस्तो कुनै पत्र आएको आफूलाई जानकारी नभएको बताए। माफी दिने कुरा मन्त्रिपरिषद्को अधिकार भएको र उसले  निर्णय गर्ने भन्दै उनले फैसला भएको मुद्दाको विषयमा जानकारी आएमा पत्र लेखिने अभ्यास रहेको बताए। 

न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र शुष्मालता माथेमाको इजलासले जन्मकैदको फैसला सदर गरेपछि गौतम तत्काल छुट्ने सम्भावना समाप्त भएको छ। माओवादी कार्यकर्ताले २०५५ असार १० गते गोली हानेर उज्जनको हत्या गरेका थिए।

जिल्ला र उच्चले दोषी ठहर गरेपछि २०७३ भदौ २० गते सर्वोच्चमा पुनरावेदन गरिएको थियो। केशवहरि ढुंगेलसहित अन्य प्रतिवादीको हकमा सरकारले पुनरावेदन गरेको थियो।  उज्जनको हत्याविरुद्ध जाहेरी दिएको आरोपमा भाइ गणेशकुमार श्रेष्ठको पनि हत्या भएको थियो। 

उज्जनको हत्यामा ओखलढुंगा जिल्ला अदालतले तत्कालीन माओवादी नेता ढुंगेल र गौतम लगायतलाई दोषी ठहर गरेको थियो। तत्कालीन समयमा फरार रहेका गौतमलाई प्रहरीले २०७१ सालमा पक्राउ गरेको थियो। 

उज्जलको हत्या घटनामा ९ जनाविरुद्ध अभियोग लागेको थियो। जिल्ला अदालत ओखलढुङ्गाले ढुंगेल र गौतमसहितलाई दोषी ठहर गरेको थियो। जिल्ला अदालतले ढुंगेल र गौतमविरुद्ध सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सांसदहरुद्वारा राष्ट्रिय शोकको घोषणा गर्न माग
भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने
बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न बाल अधिकार परिषद्को अपील
सम्बन्धित सामग्री
राष्ट्रिय सभा सांसदहरुद्वारा राष्ट्रिय शोकको घोषणा गर्न माग कांग्रेस सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न माग गरे । विपद्का समयमा सबै मिलेर एकैसाथ अगाडि बढ्नुपर्ने... मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै पुनस्र्थापना, पुनर्निर्माण र विप... मंगलबार, भदौ १६, २०८३
बुधबारका लागि प्रतिनिधिसभा बैठक आह्वान, महाविपद्‍बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलिका लागि बैठक आह्वान गर्ने निर्णय गरेको हो । मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सांसदहरुद्वारा राष्ट्रिय शोकको घोषणा गर्न माग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने मंगलबार, भदौ १६, २०८३
बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न बाल अधिकार परिषद्को अपील मंगलबार, भदौ १६, २०८३
दक्षिण कोरियाली उद्धार टोली रसुवाको धुञ्चेमा, आजदेखि खोज तथा उद्धारमा खटिने मंगलबार, भदौ १६, २०८३
भारतमा फेला परेका भोटेकोशी बाढीका ४ शव नेपाल प्रहरीलाई हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
कृष्णभीर भासिएपछि कहाँबाट आउँदैछ काठमाडौंमा ग्यास ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्