• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

किन हुन्छ डिप्रेसन?

64x64
नेपाल लाइभ सोमबार, साउन २८, २०७५  १४:४३
1140x725

हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरिकाले चलाइरहेको हुन्छ । तर, कहिलेकाँही विशेष कारणले मन दुःखी भयो र त्यही दुःखको अवस्था लामो समयसम्म रहिरह्यो भने त्यसलाई डिप्रेसन भनिन्छ।

मन दुःखी, उदास भयो भने केही समयमा सामान्य अवस्थामा फर्किहाल्छ । तर मन सामान्य रुपमा फर्किएन अनि दुई हप्तासम्म उदासी कायम रह्यो र अरु लक्ष्यण पनि देखिए भने डिप्रेसन भएको हुन सक्छ।

किन हुन्छ डिप्रेसन?

शरीरभित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन ल्याउँछ । हामीभित्र खुसी वा दुखी बनाउने ‘न्युरो ट्रान्समिट्स’ हुन्छ । मस्तिष्कमा पाइने ‘सेरोटोनिन’, ‘इपिनैफरिन’, ‘नौरडपिनैफरिन’, ‘डोपामिन’ जस्ता विभिन्न रसायनको कमीले गर्दा डिप्रेसनको अवस्था आउन सक्छ । ती रसायनहरुले हामीभित्रको भावना सन्तुलनमा राखेको हुन्छ । यिनै तत्वको कमी भयो वा तलमाथि भयो भने धेरै दुःख लाग्ने वा अत्याधिक खुसी हुने, मनमा निराशा छाउने, निद्रा नलाग्ने, चाहिनेभन्दा बढी जाँगर लाग्ने वा हराउने जस्ता व्यवहार देखिन थाल्छ। यो अवस्थालाई डिप्रेसन भएको मानिन्छ। 

कसलाई बढी हुन्छ

डिप्रेसन हुन कुनै उमेर समूह भन्ने हुँदैन तर बढी युवा र महिलामा यो समस्या देखिन्छ । त्यसो त बालबालिका तथा प्रौढ मानिस पनि डिप्रेसनको सिकार हुने गर्छन् । अस्पतालमा अधिकांश महिला पारिवारिक समस्याले तनाव भएर आएको पाइन्छ । डिप्रेसनको समस्या लिएर मकहाँ आउनेमध्ये २५ देखि ४५ वर्ष उमेरका महिला–पुरुष अधिक छन्।

बच्चालाई पनि हुन्छ डिप्रेसन

बच्चालाई मनोरोग भएमा उनीहरु स्कुल जान नमान्ने, गृहकार्य नगर्ने, नखेल्ने, धेरै चकचक र झगडा गर्ने, धेरै मानिस भएको ठाउँमा जान नमान्ने, डराउनेजस्ता लक्षण देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

बच्चाले उमेर अनुसार सोच्ने कुरा सोच्न नसक्नु, धेरै रिसाउनु, उमेर अनुसार मानसिक र बौद्धिक विकास नहुनु र साधारणभन्दा भिन्न खालको व्यवहार देखाउनु बाल मनोरोगका लक्षण हुन्।

बाल मनोरोगका लक्षण फरक–फरक हुन्छन् । उमेर अनुसार आफ्नो क्षमताले काम गर्न नसक्ने, आवश्यकभन्दा धेरै खुसी वा दुखी हुने, धेरै रिसाउने, एउटै कुरालाई पटकपटक दोहो¥याइरहने, खेल्न मन नगर्ने, एक्लै बस्छ रुचाउने जस्ता गतिविधिलाई बाल मनोरोगको लक्षणका रुपमा बुझ्नुपर्छ।

यदि अभिभावकमध्ये कसैलाई डिप्रेसन छ भने बालबालिकालाई बाल मनोरोग हुने सम्भावना धेरै हुन्छ । अभिभावकलाई डिप्रेसन छ भने र स्कुलमा पनि बालमैत्री व्यवहार गरिँदैन भने बालबालिकामा मनोरोगको समस्या देखिने गर्छ।

पारिवारिक अनबनले तनाव बढाउन सक्छ । तर, पहिलेभन्दा समय फेरिएको छ । आफूमा केही फरकपन आएमा मनोचिकित्सककहाँ परामर्श लिन आउनेहरुको संख्या बढेको छ । आफ्ना बच्चामा केही फरक व्यवहार देखेमा पनि सल्लाह लिन आउने परम्पराको विकास भइरहेको छ । तर, हामीकहाँ आउने सबै बिरामी नै भएका हुँदैनन् । आएकामध्ये केहीलाई मात्र औषधि चलाउनुपर्छ।

डिप्रेसनका प्रमुख लक्षण

उदासिनता, 
इच्छाशक्तिको अभाव 
शारीरिक कमजोरी
ध्यानको कमी
कमजोर आत्मविश्वास 
हीनताबोध 
पश्चाताप 
निन्द्रा नलाग्ने 
बोल्न मन नलाग्ने 
मन खुसी नहुने 
पहिला आफूलाई जे कुरामा खुसी र आनन्द लाग्थ्यो पछि त्यो नहुने 
टाउको दुख्ने
मुटु काम्ने 
एक्लै बसेर रुन मन लाग्ने 
खानामा अरुची हुने, आदि । 
उपचार गरे निको हुन्छ 

डिप्रेसन भई तनाव देखिन थालेको छ भने पनि त्यो बिस्तारै घट्दै जानुपर्छ, बढ्दै गयो भने समस्या हो ।

डिप्रेसन भइसकेपछि समयमै उपचार गरियो भने निको हुन्छ । उपचार नगरी बस्यो भने लक्षण बढ्दै–बढ्दै जान्छ र जटिल बन्छ । आत्महत्या गर्ने सोचाइ आउन थाल्छ । दैनिक जीवनमा असर पर्छ । सामाजिक, आर्थिक, पारिवारिक र व्यावसायिक जीवनमा असर पर्छ । त्यसैले समयमै उपचार गरेर निको हुनेतर्फ लाग्नुपर्छ । 

औषधि नियमित र पूरा डोज खानुपर्छ 

कसैलाई मनोरोग भयो भने त्यो मानसिक रोग नै हो भन्ने सोच बदल्नुपर्छ । डिप्रेसन भयो भने जीवनभर औषधि खानुपर्छ भन्ने गलत सोच छ । त्यस्तो होइन । केही समय औषधि खाएपछि यो रोग कम हुँदै जान्छ र औषधि लिइरहनुपर्दैन । तर, सही ठाउँमा सही उपचार हुनुपर्छ । हामीले औषधि र  परामर्श (साइको थेरापी) पद्दतिबाट बिरामीको उपचार गर्छौं।

परिवारमा कसैलाई मनारोग भयो र औषधि खानुपर्ने छ वा खाइरहेको छ भने पूरा मात्रामा औषधि खानुपर्छ । औषधिले माथि भनेका रसायन तत्वको सन्तुलन मिलाएर नै तनाव कम गर्न सहयोग पुग्छ।
मनोरोग लागेको व्यक्तिलाई घरमा मानिसले चाहिनेभन्दा बढी ख्याल गर्छन् । ख्याल गर्नु राम्रो हो, तर त्यो पनि बढी भयो भने अर्को तनाव थपिन सक्छ।

तिमी बिरामी छाँैं, यस्तो गर उस्तो नगर, यो खाऊ, यो नखाऊ भनेर बढी ‘टर्चर’ भयो भने पनि बिरामीलाई उल्टो असर पर्न सक्छ ।

कतिपय परिवारका सदस्यले बिरामीलाई निको भयो अब किन खानुप¥यो भनेर बिचैमा औषधि छुटाइदिन्छन् । त्यो अझ गलत कुरा हो । कहिल्यै पनि औषधि बीचमै छोड्नुहुन्न । पूरा मात्रामा औषधि खानुपर्छ। बिरामीलाई सम्झाउने मात्र भन्दा उसले के भन्न खोजेको छ भनेर उसका कुरा ध्यान दिएर सुन्ने, बुझ्ने प्रयास गर्नुपर्छ ।

मनोरोग विशेषज्ञकहाँ आउनेहरुको पहिलो समस्या नै निद्रा लाग्दैन भन्ने हुन्छ । हामीले परामर्शका लागि आएका व्यक्तिलाई समय दिएर उनको र परिवारको सम्पूर्ण पृष्ठभूमि सोध्ने गर्छौं ।
मनो परार्मश (साइको थेरापी) ले मात्र पनि बिरामीको उपचार गर्न सकिन्छ । मानिसको नकारात्मक सोचाइलाई कसरी बदल्न सकिन्छ भन्ने कुरा सिकाइन्छ । यसका विभिन्न तरिका हुन्छन् ।

डिप्रेसनबारे जनचेतना जरुरी 

निद्रा नलाग्दैमा डिप्रेसन भयो भन्ने हुँदैन । त्यसैगरी, डिप्रेसनमा जानासाथ ‘पागल भायो’ भनेर बुझ्नु हुँदैन । १५ दिनभन्दा बढी समयदेखि निद्रा लागेको छैन, जाँगर लाग्दैन, खान–बस्न वा अन्य केही कुरामा मन जाँदैन, निराशा बढ्दै जान्छ, आत्महत्या गर्न मन लाग्छ भने यो मनोरोग हो कि भनेर चिकित्सकले शंका गर्छन् । त्यसैले डिप्रेसनबारे जनचेतना हुनु जरुरी छ ।
मनारोगीका लागि परिवार र आफन्तले प्रेरणदायी भूमिका खेल्नुपर्छ । जसले बिरामीमा सकारात्मक सोचसँगै आत्मविश्वास विकास होस् । 

प्रस्तुतिः सिर्जना खत्री   

प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्