• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बेवास्ता नगरौं जलबिन्दुका लक्षणलाई

64x64
नेपाल लाइभ सोमबार, साउन २८, २०७५  १४:१६
1140x725

कहिलेकाहीँ प्रकाशमा हेर्दा इन्द्रेणीजस्तो देखिने, टाउको दुख्ने, वाकवाक लाग्ने, धमिलो देखिनेजस्ता समस्या देखिन सक्छन् । यस्ता लक्षण देखिए निको भइहाल्छ नि भनेर बेवास्ता गर्नुु हुँदैन । आँखामा लाग्ने रोग जलविन्दुका कारण यस्तो भएको हुन सक्छ । 

के हो जलबिन्दु ?

मानिसको स्वस्थ आँखामा एक प्रकारको तरल पदार्थ (एक्युस ह्युमर) उत्पन्न हुन्छ । यदि, यसको उत्पादन या प्रवाहमा अवरोध आयो भने आँखाको गेडीभित्र थुनिन्छ र आँखामा दबाब बढ्न थाल्छ । यो दबाबले आँखाले मस्तिष्कमा संकेत पठाउने नसालाई नष्ट गर्छ । यो नसा संवेदनशील भएकाले अलिकति दबाब पर्दा पनि यसले काम गर्न छोड्छ । जसले गर्दा दृष्टि कमजोर हुन्छ । समयमै उपचार भएन भने सधैंका लागि दृष्टि गुम्न पनि सक्छ । 

एकपटक दृष्टि गुमिसकेपछि फर्काउन गाह्रो हुन्छ । यो रोग सामान्यतः ४० वर्षभन्दा बढी उमेरका व्यक्तिमा लाग्छ । तथ्यांक अनुसार यो रोग १ सय जनामा २ जनालाई लाग्छ । 

जलबिन्दु हुने कारण 
–    वंशाणुगत 
–    उच्च माइनस तथा प्लस पावरको चश्माको प्रयोग 
–    आँखाको चोटपटक
–    आँखाको औषधि आफूखुशी प्रयोग 

कुनै मानिसमा भने लक्षणबिनै यो समस्या देखिन्छ । केहीमा भने एक्कासी आँखाको प्रेसर बढ्दा आँखा दुख्ने, टाउको दुख्ने, आँखा रातो हुने, आँखा देख्न नसक्नेजस्ता लक्षण देखिन्छन् । कुनै व्यक्तिमा प्रेसर बढे पनि सुरुमा थाहा हुँदैन । तर, अत्यधिक प्रेसर बढेपछि टाउको दुख्ने, धमिलो देखिने, प्रकाशमा हेर्दा इन्द्रेणीजस्तो देखिने हुन्छ । 

रोग पहिचान गर्न गाह्रो हुने भएकाले धेरै मानिस दृष्टि गुमिसकेपछि मात्र अस्पताल आउने गर्छन् । 

आँखाको प्रेसर १४ देखि २० सम्मलाई नर्मल मानिन्छ । तर, यत्तिकैमा ढुक्क भने हुन सकिँदैन । आँखाको प्रेसर नर्मल देखिएका व्यक्तिमा पनि जलबिन्दु रोग लाग्न सक्छ । 

Ncell 2
Ncell 2
nimb
nimb

जलबिन्दु २ प्रकारका हुन्छन्ः 
१. क्लोज एंगल (बन्द कोण)
२. ओपन एंगल (खुला कोण)

आँखाको चाप बढाउने अन्य कारण पनि हुन्छन् । जस्तै, मधुमेह, थाइराइड ग्रन्थीको अल्पविकास, आँखामा चोटपटक, आँखाको कुनै शल्यक्रिया आदि । वंशाणुगत कारणले कुनै बच्चा जन्मँदा नै जलबिन्दु भएका हुन्छन् । यस्तो अवस्थामा आँखाको पानी जम्ने बाटो पूर्ण रुपमा विकास नभएको हुन्छ । 

क्लोज एंगल जलबिन्दुलाई उच्च दूरदृष्टि भएका मानिसलाई हुन्छ । खासगरी पुरुषभन्दा महिलालाई बढी यो रोग लाग्ने जोखिम हुन्छ ।

ओपन एंगल जलबिन्दुमा आँखाको चाप बिस्तारै बढिरहेको छ भने स्नायुहरु पूर्णरुपमा क्षति हुँदासम्म कुनै लक्षण देखिँदैन । यस्तो बिरामीले केही अँध्यारोमा हेर्दा भने आफ्नो दृष्टि क्षय भएको थाहा पाउँछन् र चम्किलो बत्तीमा आँखा बढी संवेदनशील हुन्छन् ।  

जन्मजात जलविन्दुका लक्षण 

यदि, बच्चाको आँखाको आकार सामान्यभन्दा बढ्दै आइरहेको जस्तो लागे, धमिलो हुने, आँशु बगिरहने, उज्यालोमा खेल्न नसक्नेजस्ता लक्षण देखिए बाबुआमाले तत्काल डाक्टरकहाँ पुर्‍याउनुपर्छ । 

कस्ता मानिसलाई जलबिन्दु हुने खतरा हुन्छ ? 
–    ४० वर्षभन्दा बढी उमेर भएमा र नियमित रुपमा आँखाको परीक्षण नगराएको भएमा,
–    परिवारमा कसैलाई जलबिन्दु भएमा,
–    मधुमेहको समस्या भए या उच्च अदूरदृष्टि भएमा,
–    लामो समयदेखि स्टेरोइड समूहका औषधि प्रयोग गरिरहेमा, आदि ।

उपचार
आँखाको पानीको बहावलाई बढाउने अथवा घटाउने खालका उपचार गर्न सकिन्छ । तर, उपचारहरुले गुमिसकेको दृष्टि भने फर्काउन सक्दैन । पहिलो चरणको उपचार भनेको ‘बेटा ब्लकर्स’ थोपा औषधिको प्रयोग हो, जसले एक्युसको उत्पादन मात्रालाई घटाउँछ । अर्को  विकल्प प्रोस्टाग्लान्डिन, एनालोगोस, पाइलोकार्पिनजस्ता आँखामा लगाउने थोपा औषधि हुन्, जसले आँखाको पानीलाई बढी मात्रामा बग्न मद्दत पुर्‍याउँछन् । यदि, कुनै पनि थोपा औषधिले पानी बग्ने मात्रालाई राम्ररी घटाउन या बढाउन सकेन भने शल्यक्रिया नै आवश्यक पर्छ । 

विकीरणबाट उपचार 
यस विधिअन्तर्गत आँखाको नानी र आइरिसको संयोगस्थलमा विकीरणले मसिना प्वालहरु बनाइन्छ । यसो गर्नुको उद्देश्य एक्युसको बहावलाई बढाउन सकियोस् भन्ने हो । ओपन एंगल जलबिन्दुमा विकीरण उपचार गरिन्छ । क्लोज एंगल जलबिन्दुमा भने ‘पेरिफेरल इरिडेक्टोमी’ गरिन्छ । त्यसै भागबाट एक्युसको बहाव पर्याप्त हुन्छ । 

शल्य उपचार 
शल्य उपचार विधिलाई ट्रावेक्युलेक्टोमी भनिन्छ । यसअनुसार शल्यक्रिया गरी पानी बग्ने कृत्रिम बाटो बनाइन्छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्