काठमाडौं– २० हजार रुपैयाँ घुससहित यातायात व्यवस्था कार्यालय, बुटवलका इन्जिनियर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार कार्यालयबाटै पक्राउ गरेको हो।
पक्राउ परेका साह मेकानिकल इन्जिनियर हुन्। उनले नयाँ गाडी दर्ताका लागि सेवाग्राहीसँग घुस मागेका थिए। सेवाग्राहीले आयोगलाई खबर गरेर घुस दिएका थिए। पक्राउ परेका साहलाई अख्तियारको केन्द्रीय कार्यालयमा पठाइएको छ।
यातायात कार्यालय सर्वाधिक घुस लेनदेन हुने कार्यालयका रुपमा बदनाम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।