काठमाडौं– आर्थिक कार्यविधि प्रतिकूल हुनेगरी सरकारले आधारबिनै राज्यकोषबाट करोडौं रकम बाँडेको छ। कार्यविधिअनुसार ५ लाखभन्दा बढी सहायता दिन पाइँदैन। तर सरकारका मन्त्रीहरुले आफ्ना निकटका व्यक्ति तथा संस्थाहरुलाई सहायता रकमका लागि सिफारिस गर्ने गरेका छन्।
नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधिमा अशक्त, गरिब र विपन्न नागरिकलाई आर्थिक सहायता दिँदा गम्भीर बिरामी परेका र उपचार गर्न सक्ने हैसियत नभएका नागरिकलाई मात्रै सहायता दिनुपर्ने उल्लेख छ। तर औचित्य पुष्टि नभईकन यसविपरीत सरकारले मनपरी रकम बाँडेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीले भने निम्न आयका र बिरामीलाई रोगको प्रकृति अनुसार सहयोग रकम प्रदान गरिएको बताए। गृहको तथा स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सो रकम प्रदान गरिएको उनको भनाइ छ।
मन्त्रिपरिषद् कार्यालयका अनुसार पछिल्ला ५ महिनामा ४ करोडभन्दा बढी रकम प्रदान गरिएको छ।
सरकारले ढुकुटीबाट क-कसलाई दियो रकम?
उपचारका लागि भारत गएका नेता महन्थ ठाकुरको सबै उपचार खर्च
मन्त्री मातृका यादव- ५ लाखभन्दा बढी
पूर्वसांसद डिलबहादुर नेपालीलाई ५ लाख
युवा संघ नेपाललाई २५ लाख
अखिल नेपाल कवडी संघलाई १५ लाख
धुर्मुस-सुन्तली फाउन्डेसनलाई ६९ लाख ८६ हजार
वैद्यनाथ धामलाई २० लाख
हरिशरण लामिछानेका परिवारलाई १० लाख
मोदनाथ प्रश्रित, वासुदेव त्रिपाठी, निरञ्जन चापागार्इं र मञ्जु काँचुलीको आजीवन भत्ताबापत ४५ लाख २५ हजार
इन्दिरा तिम्सिनालाई ७ लाख
अमिषा बस्नेतलाई २० लाख
देवीप्रसाद बराललाई ३ लाख
ताराहाङ लिम्बूलाई ३ लाख
लक्ष्मीप्रसाद सुहाङलाई १ लाख
रविन सुनुवारलाई लाख
अनुप खिमिङलाई ३ लाख
जुगल सुब्बालाई ५ लाख
विश्वेश्वरा दाहाललाई ७ लाख
भिमाङ तेम्बेलाई १२ लाख
खगेन्द्र चुडाललाई १५ लाख
श्रीचन्द्र शर्मालाई १० लाख
लब प्रधानलाई १० लाख
नरेन्द्रराज पोख्रेललाई ६ लाख
टेकनाथ रिजाललाई १० लाख
भम्पा राईलाई १० लाख
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।