• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
नयाँ सांसद

सांसदलाई मन्त्री नबनाउने प्रावधान ल्याउनुपर्छः माधव सापकोटा ‘सुवोध’ [अन्तर्वार्ता] 

64x64
नेपाल लाइभ मंगलबार, माघ १७, २०७९  १४:४०
1140x725

नेपाल लाइभको नयाँ सांसद शृंखलामा यस पटक सिन्धुपाल्चोक- १ बाट निर्वाचित सांसद माधव सापकोटा (सुवोध) रहेका छन्। माओवादी केन्द्रबाट निर्वाचित सांसद सापकोटासँग उनले निर्वाचनका क्रममा मतदातासँग गरेका प्रतिवद्धता, आगामी रणनीति, संसदमा खेल्ने भूमिका र उठाउने अजेण्डा लगायतका विषयमा नेपाल लाइभले गरेको कुराकानीः

तपाईं पहिलो पटक प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ। सांसदको रुपमा आफूलाई कसरी प्रस्तुत गर्दै हुनुहुन्छ? 
सिन्धुपाल्चोक- १ ले यस पटक मलाई युवा सांसदको रुपमा निर्वाचित गरेर प्रतिनिधि सभामा पठाएको छ। हाम्रो संविधानले सांसदलाई व्यवस्थापकीय भूमिका दिएको छ। संसदको काम कानुन बनाउने हो भने सांसदहरुको काम कानुन निर्माणमा सक्रिय सहभागी हुँदै जनतालाई केन्द्रमा राखेर भूमिका खेल्ने हो। 

आवश्यक परे संविधानको हेरफेर गर्ने, संविधानको भावना र स्पिरिट अनुसार नियम, कानुन, ऐन लगायतका व्यवस्थापकीय काम सांसदलाई संविधानले दिएको अधिकार हो। तर भोट माग्न जाँदा बहुसंख्यक मतदाताले विकास निर्माण, पूर्वाधार लगायतका अपेक्षा राख्नुभएको छ। हामीले पनि उहाँहरुको माग पूरा गर्छौं भनेर आएका छौं।

संविधानले दिएको कर्तव्य, अधिकारभन्दा बाहिरबाट हामीले निर्वाचनका क्रममा प्रतिवद्धता जनाएका छौं। मैले निर्वाचन लडेको क्षेत्र मात्रै होइन, देशैभरि यस्तै अवस्था हो भन्ने मेरो बुझाइ छ। त्यसैले मैले संसदमा सांसदको रुपमा खेल्ने भूमिका पनि यही अनुरुप हुन आवश्यक छ। त्यसैले पहिलो कुरा त संविधानले दिएको जे जिम्मेवारी हो, त्यसमै केन्द्रित हुने भइहाल्यो।

त्यसका साथै विकास निर्माण, पूर्वाधार, आयआर्जन, स्वरोजगार लगायतका कामहरुको पनि सम्पादन संयोजन गर्नुपर्ने दायित्व हामीसँग छ। मुलतः प्रत्यक्ष रुपमा जितेर आएकाहरुलाई यो दायित्व छ। यसरी हेर्दा मेरो आफ्नो हकमा कानुन निर्माणको क्रममा सशक्त भूमिका खेल्नुपर्नेछ। त्यसैका लागि अहिले म संसारभरका संसद्को अभ्यासका बारेमा सन्दर्भ सामग्री खोजी एवं अध्ययन-अनुसन्धान गरिराखेको छु। त्यसपछि मैले आफूलाई परिपक्व रुपमा संसदमा उभ्याउन सक्छु भन्ने लागेको छ।

अर्को कुरा, सुशासनको क्षेत्रमा हामीकहाँ नीतिगत समस्या छ। त्यसलाई व्यवस्थित गर्नु निकै चुनौतीपूर्ण छ। यो विषयलाई कसरी प्रभावकारी ढंगबाट कार्यान्वयनमा  लैजान सकिन्छ भन्ने विषयमा म अहिले बढी अध्ययन गरिरहेको छु। 

त्यसपछि मेरो प्राथमिकता मैले निर्वाचनको क्रममा गरेका वाचाहरु पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्नेछ। संसदबाट र संसद् बाहिबाट मैले त्यसलाई पूरा गर्न लाग्नुपर्नेछ।

madhav-11674559558.jpg

Ncell 2
Ncell 2
nimb
nimb

चीनसँग सीमा जोडिएको तातोपानी नाका मेरै निर्वाचन क्षेत्रमा पर्छ। त्यो नाका खोलेर आयात-निर्यातलाई सहज बनाउने र मानव आवत-जावतको व्यवस्था गर्ने वाचा हामीले गरेका छौं। हामी राजनीतिक र कूटनीतिक ढंगबाट अहिले तातोपानी नाका खोल्ने लबिङ बढाइराखेका छौं। त्यो नाका खोल्नका लागि प्रमुख कार्यसूची बनाएर लागिराखेको छु। 

जुरेको पहिरो र त्यसपछि भूकम्पका कारण बाह्रबीसे लिपिङ सीमासम्मको सडक भयावह स्थितिमा छ। त्यो सडकलाई मर्मत सम्भार गर्नु मेरो प्राथमिकता छ। कुनै समयको चर्चित म्याग्नेसाइट उद्योग मेरै निर्वाचन क्षेत्रमा रहेको छ। तर त्यो बेवारिसे अवस्था छ। मैले त्यसलाई सके पुनर्जीवन दिने, नसके बन्द गर्ने वाचा गरेको छु। 

ओरेन म्यानेसाइट चलाउन सकिँदैन भने बन्द गरिदिनुपर्‍यो। सकिन्छ भने चलाउनुपर्‍यो भनेर मैले सरकारलाई भनेको छु। संसदमा पनि यस विषयमा आवाज उठाउनेछु। त्यो भूभाग बाह्रबिसे नगरपालिका, सुनकोशी र बलेफी  गाउँपालिकाभित्र पर्छ। यो उद्योग चलाउन सके यी तिनै क्षेत्रलाई मिलाएर औधोगिक क्षेत्रको रुमपा विकास गर्न सकिन्छ। त्यसैले म यसमा पनि लागिरहेको छु। 

हामी बहुप्रकोपको अवस्थावाट हामी गुज्रेर आएका छौं। गोरखा जिल्लामा केन्द्रविन्दु भए पनि २०७२ सालको भूकम्पले सबैभन्दा बढी मानवीय र भौतिक क्षति सिन्धुपाल्चोकमा भयो। भोटेकोशी क्षेत्रमा ठूलो बाढी आयो। पछि मेलम्चीमा पनि आयो। जुरे, लिदी, नापुचे, डम्बुमा आएको बाढी-पहिरोले भोटेकोशीको माथिल्लो क्षेत्र सखापै पारेको अवस्था छ। सिन्धुपाल्चोकमा विपद् व्यवस्थापनाका बारेमा गुरुयोजना नै बनाएर काम गर्नुपर्नेछ।

Xtrem

Xtrem

हामीले मत माग्दै गर्दा जनताले सबैभन्दा बढी गरेको प्रश्न हो- व्यवस्था परिवर्तन भयो तर हामीले के पायौं? छोराछोरीहरु मास्टर डिग्री गरेर बसेका छन्। सर्टिफिकेट सिरानीमा राखेर खाडी जानु परेको छ। यो अवस्थाको अन्त्य कहिले हुन्छ? यसलाई पनि सम्बोधन गर्नुपर्नेछ।

हामी सांसदहरुले कार्यकारी जस्तो धेरै गर्न त सक्ने तर जनताको आवाज भने उठाउन सक्छौं। त्यसैले प्रदेश र केन्द्र सरकारको स्रोत-साधनलाई स्थानीय तहमा केन्द्रित गर्नुपर्छ। स्थानीय तहको अगुवाइमा आय-आर्जन र स्वरोजगारका क्षेत्रमा देखिने गरी काम गर्न सक्छौं। साथै, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता राखेर काम गर्न सक्छौं। गाउँपालिका र नगरकापालिका निश्चित विद्यालयहरुलाई पहिलो चरणमा नमुनाको रुपमा अघि बढाउने र विस्तारै अन्य ठाउँमा विस्तार गर्ने गरी काम गर्नुपर्छ भनेर लागेका छौं।

सांसदको जिम्मेवारी विधायिकीको हुन्छ तर जनताका अपेक्षा विकास गरिदेओस् भन्ने छ। यस्तो अवस्थामा तपाईं निर्वाचित भएर आउनुभयो। निर्वाचनअघि र निर्वाचित भइसकेपछि केही फरक देखिरहनुभएको छ? 
सांसदको रुपमा म पहिलो पटक आएको हुँ। तर यसका प्रक्रियाका बारेमा म धेरै अनविज्ञ चाहिँ होइन। यसभन्दा अगाडि मैले एक जना मन्त्रीको स्वकीय सचिवको रुपमा जनतासँग प्रत्यक्ष जोडिएर काम गरेको छु। अर्का एक जना मन्त्रीको सल्लाहकार भएर पनि काम गरें। त्यसरी हेर्दा नेपालको राजकीय मेकानिजमका बारेमा म आफूलाई धेरै अनविज्ञ ठान्दिनँ। 

झट्ट हेर्दा सांसदको काम र जनताका अपेक्षामा अन्तरविरोध जस्तो देखिन्छ। तर जनतालाई आफ्नो गाउँको बाटो स्तरोन्नति हुनु नै सबभन्दा ठूलो कुरा हो। बाटो राम्रो नभई ट्रान्सफर्मर जल्दा मर्मतका लागि गाडी जाँदैन, एम्बुलेन्स पुग्दैन, स्कुलको भवन बनाउनु पर्दा रड, सिमेन्ट लैजान सकिँदैन। पूर्वाधारका काम पनि जनताको जीवनस्तरसँग जोडिएको हुनाले यसलाई पनि सँगै लैजानुपर्छ।

madhav-31674559557.jpg

कानुन निर्माणमा बौद्धिक श्रम गर्नुपर्छ। हरेक विधेयक राम्रोसँग पढ्नुपर्छ। कुनै कन्फ्युजन छ भने विज्ञहरुसँग परामर्श गर्नुपर्छ। त्यसका लागि समय त बढी चाहिन्छ नै। तर सदनमा तपाईंकै काम गरिराखेको छु भनेर गाउँका जनताले मान्नेवाला छैनन्। उनीहरुले धारा, बत्ति, सडक जस्ता कामसँग सांसदको भूमिका खोजी गर्छन्। त्यसका लागि सुत्ने समय घटाएर, फजुल समय कटौती गरेर सक्रिय हुनुको विकल्प छैन। मानसिक रुपमा म तयार छु र त्यसै अनुसार काम गर्न थालेको छु।

निर्वाचन प्रणालीका विषयमा थुप्रै प्रश्न उठिरहेका छन्। निर्वाचन महँगो भयो भन्ने आवाज पनि उठिरहेको छ। तपाईंले निर्वाचन जित्न कति खर्च गर्नुभयो? 
मैले निर्वाचन आयोगले तोकेको सीमाभित्र बसेर खर्च गरें। तर यो प्रश्नमा खुला बहस गर्नुपर्ने अवस्था म देख्छु। अहिलेको हाम्रो निर्वाचन प्रणाली यति डरलाग्दो, यति भड्किलो भएको छ कि यसको डाउन साइज नगरी हुँदैन।

निर्वाचन खर्च घटाउने वा कम गर्ने दुई वटा उपाय छन्। एउटा, प्रधानमन्त्रीले आफूलाई सुविधा भएका धेरै प्रतिशत राजनीतिक कोटाबाट र थोरै प्रतिशत विज्ञहरुको कोटाबाट मनोनित गरेर मन्त्री बनाउने पद्धति बनाउनुपर्छ। यस विषयमा म सदनमा लबिङ गर्दै बहस गर्ने पक्षमा छु। किनभने, मन्त्री भनेको प्रधानमन्त्रीका सहयोगी मात्र हुन्। अहिले त साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर सांसद हुने अनि त्यसबाट मन्त्री बन्ने देखियो। विधेयक पढ्ने, कानुन बनाउने सांसदको संख्या कम छ। मन्त्री हुने कुरा प्राथमिकतामा देखिन्छ। 

तपाईंको मन्त्री बन्ने योजना छैन?
सांसदलाई पाँच वर्षको कार्यकालमा मन्त्री नबनाउने प्रावधान ल्याउनुपर्छ। म त्यसको पक्षमा छु। सांसदले मन्त्री बन्न पाउँदै नपाउने भन्ने त नहोला तर खुला बसेर बाहिरबाट आएका राजनीतिज्ञ र विज्ञहरुबाट मन्त्री बनाउन हामीले ढोका खोल्नुपर्छ। टिकट लिन हानाथाप, मारामार हुने र जसरी पनि जित्नुपर्छ भन्ने कुरा धेरै प्रतिशत त्यसले घटाउँछ।

दोस्रो कुरा, हाम्रो पार्टी पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ भन्ने पक्षमा छ। पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा समावेशी समानुपातिक प्रतिनिधित्व गर्न सक्ने हो भने बढ्दो खर्च नियन्त्रण गर्न सकिन्छ। पार्टीले नै चुनाव लड्ने भइसकेपछि यो व्ययभार र उत्तरदायित्व एउटा व्यक्तिमा मात्रै हुँदैन। पार्टी नै लड्छ। बाँकी प्रतिस्पर्धा पार्टीभित्र भोट हालेर नम्बरका आधारमा गर्न सकिन्छ। 

हामीले यो तहबाट संशोधन र हेरफेर गरेनौं भने वास्तवमै पार्टीका इमान्दार, निष्ठावान, प्रतिवद्ध कार्यकर्ताले निर्वाचन जित्न सक्दैनन्। अहिले पनि आर्थिक चलखेल गर्नेहरु धेरैले चुनाव जितेका छन्। 

अब आयो मन्त्रीको कुरा। मन्त्रीको विषयमा म आवद्ध दलले निर्णय गर्ने हो। सांसद भइसकेपछि मन्त्रीका लागि त योग्यता पुग्यो। यसमा त्यति ठूलो आदर्शवादी कुरा गर्न जरुरी छैन। पार्टीले निर्णय गरेर मन्त्रीको भूमिकामा जा भनेपछि म जान तयार छु। तर अहिलेलाई मैले भने म पहिलो पटक सांसद भएको छु। संसदीय अभ्यासमा आफूलाई निखार्छु। अनुभव सँगाल्छु। यहाँको कार्यविधिका बारेमा पढ्छु। पढेका कुरा जीवन व्यवहारमै लागू गर्छु। त्यसैले मन्त्रीको विषयमा निर्णय गर्ने जिम्मा पार्टीलाई नै छाडिदियौं।

निर्वाचनका बेला तपाईंलाई पूर्वसभामुख अग्नी सापकोटाको भतिज, उहाँको परिवार भित्रको मान्छे भएको कारणले टिकट पाएको भन्ने आरोप लागेको थियो। अग्नी सापकोटाकै मान्छे भएर हो वा आफैं सक्षम भएर, टिकट पाउनदेखि निर्वाचित भएर आउनसम्म सफल हुनुभयो?  
सिन्धुपाल्चोकमा मेरा बारेमा धेरै कन्फ्युजन छैन। म विद्यार्थी राजनीति गर्दै आएको व्यक्ति हुँ। १२ वर्षको उमेरमा अखिल क्रान्तिकारीको बाल संगठनमा संगठित भएँ। १४ वर्षको उमेरदेखि अखिल क्रान्तिकारीको राजनीति गरें। अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य, सचिवालय सदस्य र केन्द्रीय प्रवक्ता भएर समेत काम गरें। माओवादी पार्टी सिन्धुपाल्चोकको तीन पटक पार्टी प्रमुख भएँ। अहिले पनि म माओवादी सिन्धुपाल्चोकको पार्टी इन्चार्ज नै छु। म १६ वर्षको उमेरमा त भूमिगत आन्दोलनमै होमिइसकेको थिएँ। दुई वटा ठूला मोर्चामा त घाइते नै भएँ। अहिले पनि ज्यानमा गोली छ।

यसरी हेर्दा म आफ्नै ढंगबाट संषर्घ गरेर राजनीतिमा आफ्नै भूमिकाका साथ आएको हुँ। तर मलाई यहाँसम्म आइपुग्न अग्नी सापकोटाको राजनीतिक व्यक्तित्वले हौसला दिएको छ। सहयोग गरेको छ। अग्नी सापकोटाको भतिजो भएको नाताले मात्रै टिकट पाएकोभन्दा पनि राजनीति व्यक्तित्व हुनुको नाताले, राजनीतिक परम्पराका नाताले पूर्वसभामुखसँगको निकटताको सुविधा मलाई प्राप्त भएको छ। त्यो कुरा साँचो हो। 

तपाईं चौतारा आक्रमणको बेलामा कमाण्डर हुनुहुन्थ्यो। अरु युद्धहरुमा कमाण्ड गर्नुभयो। जिल्लाको नेतृत्व समेत सम्हालिरहनुभएको छ। पार्टीले आफूलाई अलि ढिलो न्याय गर्‍यो भन्ने लागेको छैन? 
ममाथि पहिला अन्याय भयो भन्ने म पक्षमा छैन। राजनीतिक नेतृत्व भन्ने कुरा त निरन्तरता र आकस्मिकताको संयोग रहेछ। निरन्तर कर्म गरिराख्ने, एउटा आकस्मिकता आउँछ। त्यो आकस्मिकतालाई चुम्ने, त्यही कुरा रहेछ। अहिले म प्रतिनिधि सभाको सदस्य भएको छु। मलाई लाग्छ, ममाथि न्याय नै भएको छ। त्यसो भएको हुनाले पनि मैले प्रभावकारी कार्यसम्पादन गर्नुछ। 

सांसदहरु संसदमा हाजिर गरेर भाग्ने चलन पनि छ। तपाईंले संसदका हरेक समितिमा क्रियाशील रहन के योजना बनाउनुभएको छ?
मैले निर्वाचन जितिसकेपछि आफ्नै निर्वाचन क्षेत्रमा धन्यवाद ज्ञापनमा भनेको थिएँ, भत्ता मात्रै खाने सांसद हुन्न। भत्ता मात्रै खाने सांसद भएँ भने म बीचैमा राजीनामा दिएर हिँड्छु। त्यो मैले कुनै आवेगमा आएर भनेको होइन। समयमै संसद् पुग्ने, समयावधभिर बस्ने अनि सक्रिय हुने मेरो कार्यतालिका हुनेछ।

मैले अहिलेसम्म संसदका तीन वटा बैठकमा भाग लिएँ। यही नीति फलो गर्छु। भोलि विशिष्ट परिस्थिति बाहेक बाँकी बैठक चलेको दिन सकेसम्म म संसद् छोड्दिन। संसदमा छिरेपछि हाजिरी गरेर मात्रै हिँड्ने परिपाटीको म अन्त्य गर्छु। समिति, उपसमितिमा सशक्त रुपमा प्रस्तुत हुनेछु। मलाई सक्रिय सांसदको रुपमा नेपाली जनताले देख्नुहुनेछ।

madhav-21674559557.jpg

आफ्नो पार्टी सरकारमा हुँदा गरेका गलत कार्यहरुलाई समेत सांसदहरुले टिप्पणी गर्नेभन्दा बचाउ गर्ने अभ्यास देखिन्छ। तपाईं चाहिँ आफ्नो सरकारले गलत कार्य गरेको अवस्थामा आलोचना गर्नुहुन्छ कि हुँदैन?
म पार्टीले गलत गरेमा आलोचना गर्न सक्छु र गर्छु पनि। यसको मतलब सस्तो लोकप्रियता देखाउँदिन। आफ्नै पार्टी र नेतालाई धारेहात लगाएर एकछिनलाई पपुलिस्ट हुने जुन परिपाटी छ, त्यसबाट मुक्त भएर पार्टीभित्र उठाउनुपर्ने कुरा उठाउँछु। म पार्टीको केन्द्रीय जिम्मेवारीमा पनि छु।

संसदीय दलमा उठाउनुपर्ने कुरा म संसदीय दलमै उठाउँछु। र, सदनमा उठाउनुपर्ने कुरा सदनमै उठाउँछु। यसको बारेमा कहाँ कुन विषय उठाउँदा प्रभावकारी हुने हो, सार्थक हुने हो, त्यसको ख्याल राखेर, सोचविचार गरेर मात्रै गर्छु।

ह्विप लाग्ने, मर्यादामा बस्नुपर्ने, नैतिक हिसाबले अनुशासित हुनुपर्ने जस्ता विषयलाई विचार गर्दै प्रभावकारी ढंगले जायज र न्यायिक कुरामा दलको घेराभित्र मात्रै सीमित हुन्न। राष्ट्र र जनताका मुद्दालाई केन्द्रमा राखेर पार्टीकै बारेमा आलोचना गर्नुपरे पनि गर्छु। तर विरोधका लागि विरोध गर्ने र ध्वंश गर्ने लाइनमा म छैन। सिर्जनात्मक र रचनात्मक भएर आलोचना गर्नेछु।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:४०
  • #नयाँ सांसद
  • #राजनीति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्