काठमाडौं – फाइनप्रिन्टको अयोजनामा एकदिने घुम्ती साहित्य उत्सव 'फाइनप्रिन्ट फिभर' आयोजना हुने भएको छ। भाद्र २ गते शनिबार, पोखरास्थित सिटी स्क्वायर ब्याङ्क्वेट तथा रेस्टुरेन्टको सहकार्यमा फाइनप्रिन्ट फिभर हुने भएको हो।
२०७५ सालको नयाँ वर्षको सुरुवातसँगै सुरु भएको घुम्ती साहित्य उत्सव यस वर्ष पोखरामा सम्पन्न हुने भएको हो। यस उत्सवको मुख्य उद्देश्य पठन संस्कृति प्रवद्र्धन गर्नु, लेखक र पाठकबीचको आत्मियता अझ प्रगाढ बनाउनु रहेको आयोजकले जनाएको छ।
उत्सवमा फाइनप्रिन्टले २०७४ सालमा छापेका पुस्तकका लेखकहरु ‘महको म’का लेखक मदनकृष्ण श्रेष्ठ, ‘रजगज’का लेखक हरिबहादुर थापा, ‘माङ्गेना’का लेखक युग पाठक, ‘काठमाडौंमा एक दिन’का लेखिका शिवानी सिंह थारु, ‘यार’ का लेखक नयनराज पाण्डे, लेखक अमर न्यौपाने सहित अन्य केही स्थानीय लेखकहरुको सहभागिता रहने छ।
उक्त कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ । प्रवेश निःशुल्क रहेको यस फाइनप्रिन्ट फिभर कार्यक्रम पश्चात सोही स्थानमा ‘अ कन्र्भससेन एन्ड मुजिकल इभिनिङ विथ मदनकृष्ण श्रेष्ठ एन्ड कन्दरा ब्यान्ड’ नाम दिइएको रात्रिभोज सहितको सांगीतिक कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।