complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

नाटकघरबाट जंगल पुग्दैछ नाटक

64x64
समर्पण श्री शुक्रबार, माघ ६, २०७९  ०९:०८
1140x725

काठमाडौं– ‘जंगलभित्र पनि नाटक?’ 

सुन्दा अनौठो लाग्न सक्छ। इलामको चुलाचुली गाउँपालिकास्थित मिलनपोखरी नजिकको जंगलको सानो हिस्सा महोत्सवका लागि सजिएको छ। 

आगामी १० र ११ गते ८ वटा नाटक मञ्चन हुनेछन् त्यहाँ। जसमध्ये कुनै नाटकले हात्तीको कथा भन्छ, कुनैले खरायो कथा त कुनैले जंगलको। 

‘चुलाचुली पाठशाला नाट्य उत्सव’का लागि पूर्व लम्किरहेका रंगकर्मी अनिल सुब्बाको यो निकै अघिदेखिको सपना हो।

एकदिन एउटा कथा सुनेछन् अनिलले। ‘भालुले मानिसले बनाएको बाटो पार गरेछ। तर भालुले हैन मान्छेले भालुको बाटो ओगटेका हो,’ कथाको यो सन्देशले उनको मनमा गाँठो पारिरहेको थियो।

उनी चिडियाखाना जान्थे, कैदमा थुनिएका जनावर देखेर मन खिन्न हुन्थ्यो। ‘एकपटक एउटा नाटक गर्दा म १५ दिन बाहिर निस्किनँ। त्यतिबेला मलाई कति गाह्रो भयो, जबकि जीवनभर कैद भइरहेका जनावरलाई कस्तो हुँदो हो,’ उनी भन्छन्।

अघिल्लो वर्ष हलभित्र पहिलो महोत्सव गरेको चुलाचुलीलाई अनिलले जंगल लैजाने योजना बुने। समूहका साथीहरूलाई सुनाए। गाउँपालिकाले बजेट दियो, बाँकी व्यक्तिगत सहयोग जुट्यो। ‘यही प्रयासमा अब नाटकमा जुटिरहेका छौं,’ अनिल भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘मान्छे मात्र आदिवासी हैन’

अनिलले निर्देशन गरेको एउटा नाटक छ ‘यो मेरो कथा नहुन सक्छ।’

उसोभए कथा कसको त? 

‘जंगलको, हात्तीको, प्रकृतिको। जसलाई मान्छेले आफ्नो कथा मानेको छैन,’ अनिल भन्छन्, ‘हामीले मान्छेको कथा भन्यौं, दुःख भन्यौं। तर मान्छे भएर बाँच्दै गर्दा बचाउनु पर्ने कुरा पनि हुन्छन् होला। यसपालि मान्छेको कथा छाडिदियौं।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त नाटक ११ गते महोत्सवमा मञ्चन हुनेछ। 

चुलाचुलीले जुन ठाउँमा महोत्सव गर्दैछ, त्यो हात्ती हिँड्ने क्षेत्र हो। उनका अनुसार अहिले मानिसले ओगटेको वस्ती पनि हात्तीको बाटो हो। 

त्यो ठाउँमा हात्ती आतंक हुन्छ। अनिल भन्छन्, ‘तर आतंक किन हुन्छ भन्नेतिर गएनौं हामी।’

उनका बुबाले सुनाएअनुसार त्यहाँ जंगल फाँडेर बस्ती बसेको थियो। पहिचानको मुद्दा आदिवासीहरूले उठाइरहँदा उनलाई लाग्छ, ‘जनावरको चाहिँ पहिचान छैन र? उनीहरूले सुरक्षित भएर बाँच्न पाउनु पर्दैन र?’

उनीसँग अर्को प्रश्न पनि छ, ‘हात्तीले मान्छे मार्ने बित्तिकै पीडित परिवारलाई सरकारले १० लाख दिन्छ। तर मान्छेले हात्ती मार्यो भने हात्तीले कहाँ गएर उजुरी गर्ने?’

आफ्नो अस्तित्वका लागि अरुको अस्तित्व मेटाउँदै गइरहेको मानिसलाई सजग गराउन अनिल यो नाटक गर्दैछन्।

हात्तीको कथा भन्न उनले हात्तीबारे लेख पढे, कथा पढे। विषयविज्ञसँग भेटे। नाटक बुन्दै जाँदा आफूभित्र आएको अनुभूति उनी सुनाउँछन्, ‘हामी मानिस बन्न नसक्दै मर्ने पो रहेछौं, हगी!’

गाउँमा चुलिएको चुलाचुली
काठमाडौंमा अनिल (उनी र अन्वेश थुलुङ राई)ले निर्देशन गरेको नाटक ‘चोरको स्वर’ले थिएटरमा दर्शकहरूको आकर्षण बढाएको थियो। गुणस्तर भएमा नाटक गरेर पनि कलाकार बाँच्न सक्छन् भन्ने मान्यता स्थापित गर्न खोजेको थियो।

तर उनी काठमाडौंमा मात्र सीमित छैनन्। काठमाडौं रहँदा पनि उनको पाइताला पूर्वमा अडिएको छ। उनी हरेक वर्ष गाउँ फर्किएर नाटक गरिहाल्छन्।

चुलाचुली रंगमञ्चबाटै उनले नाट्य यात्रा आरम्भ गरे। त्यतिबेला चुलाचुलीमा नाटक सुस्ताएको थियो। ‘पहिलो नाटक ०३३ सालमा भएको थियो।  त्यसपछि ग्याप भयो। बीचमा अलिअलि भयो। त्यो पनि निरन्तर हुन सकेन। ०६४ सालबाट हाम्रो पुस्ताले लिड गरेर अगाडि बढिरहेको छ,’ अनिल भन्छन्।

अनिलको पुस्ताले सुरु गरेको ०६४ देखि हो। त्यसपछि नियमित नाटक गरिरहेका छन् उनीहरू। एक समय घरैपिच्छे कलाकार थिए त्यहाँ। तर, कुनै दिन यस्तो आयो कि नाटक भनेपछि निराशा मात्र बाँकी।

‘हामीले निरन्तर गर्‍यौँ। नेपालका विभिन्न फेस्टिभलमा नाटक लिएर गयौं। अहिले टिकट काटेर नाटक हेर्नुपर्छ भन्नेसम्म भएको छ,’ उनी सुनाउँछन्।

भवनका लागि त्यो समूहले गरेको संघर्ष पनि बेग्लै छ। सुरुमा उनीहरूले बगरमा रिहर्सल गरे, बारीमा गरे, आँगनमा गरे। एक पटक खाली भएको रेडक्रस हल पाए। केही समय नबित्दै रेडक्रसले हटायो। 

वन विभागको भत्किन लागेको पुरानो कार्यालय खाली थियो। उनीहरूले त्यसैलाई हल बनाए। त्यो भवनमा मान्छेले पराल, सिमेन्ट, ढुंगा राखेका थिए। फोहोर सोहोरेर ०६८ देखि नाट्य समूह त्यहीँ बस्यो। र त्यो समूहको संघर्ष अहिले पनि जारी छ। 

‘परिपक्व भवन वा हल नभए पनि काठमाडौं भन्दा पूर्व नाटकमा कम छैन भन्ने कुरा हामीले स्थापित गरिरहेका छौं,’ अनिल गर्वसाथ भन्छन्। 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०९:०८
  • #चुलाचुली
  • #चुलाचुली रंगमञ्च
  • #अनिल सुब्बा
  • #जंगल
  • #हात्ती

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय कथा ‘आहत उजेलीहरु’लाई असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको हो । बिहीबार, असोज १५, २०८३
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
ताजा समाचारसबै
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्