विराटनगर– विराटनगर महानगरपालिकाको कार्यालयभित्र आइतबार दिउँसो बिस्फोट भएको छ। बिस्फोटमा कार्यालयका सिसा तथा फर्चिनरमा असर पुगेको छ। मानवीय क्षती नभएको प्रहरीले जनाएको छ।
कार्यालयको भवनमा रहेको प्रतिक्षालय कक्षमा बिस्फोट भएको मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले बताए। ‘कार्यालयका सिसाहरु फुटेका छन्, बिस्फोटमा मान्छेलाई केही भएको छैन,’ उनले भने।
बिष्फोटमा परी मेयरको गाडीका सिसाहरु समेत फुटेका छन्।
कसैले झोलामा ल्याएर बिस्फोटक पदार्थ राखेको हुनसक्ने प्रहरी आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।