• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

न्यायाधीशको नामै किटेर पत्रिकामा सूचना आएपछि…

64x64
नेपाल लाइभ सोमबार, माघ २, २०७९  १६:१६
1140x725

काठमाडौं- जग्गा भाडाको विषयमा विवादित बन्दै आएको नेपाल स्काउट न्यायाधीशको नाम नै राखेर पत्रिकामा सूचना प्रकाशित गरेपछि अर्को विवादमा मुछिएको छ।

स्काउटमा नयाँ पदाधिकारी आएसँगै आफ्नो स्वार्थका लागि भइरहेको विवादमा उच्च अदालतको फैसलापछि न्यायाधीशको नाम नै राखेर पत्रिकामा सूचना आएपछि विवादमा अदालत र न्यायाधीश पनि जोडिएका हुन्। 

२०७९ असार १३ गते उच्च अदालतका न्यायाधीशहरु राजेन्द्र खरेल र नरिश्वर भण्डारीको इजलासले गरेको फैसलाको आधारमा प्रकाशित भएको एक सूचना विवादमा परेको हो। उच्च अदालतको फैसलाले जिल्लाको फैसला बदर गरेको थियो। 

के थियो विवाद? 
२०७३ चैत १८ गते र २०७४ फागुन २० गते स्काउटको जग्गा खड्का ल्याण्ड एण्ड डेभलप प्रालिले १० वर्षका लागि भाडामा लिने सम्झौता गरेको थियो। उक्त जग्गामा पार्टी प्यालेस र पार्किङ सञ्चालन हुँदै आएको थियो। २०७५ फागुन २६ गते स्काउटले जग्गा खाली गराउनका लागि पत्र लेखेपछि विवाद सुरु भएको थियो।

अन्तिम पटक स्काउटले २०७५ चैत १९ गते जुनसुकै समयमा जग्गा खाली गराउन सक्ने भनी पत्र लेखेको थियो। उक्त पत्रपछि खड्का ल्याण्डले जिल्ला अदालतमा मुद्दा दायर गर्यो। जिल्ला अदालतले २०७६ वैशाख २५ गते उक्त निर्णय कार्यान्वयनमा रोक लगाउँदै छलफलमा बोलायो।

scout-21673861926.jpg

स्काउटको तदर्थ समितिको संयोजकमा लोकबहादुर भण्डारीको नियुक्ति भएपछि यो विवाद सुरु भएको थियो। भण्डारीले २०७६ वैशाख २५ गते अन्तरिम आदेश खारेज गरिपाउँ भनी जिल्ला अदालतमा लिखित जवाफ पनि पेस गरे। जिल्ला अदालतले २०७६ असार १८ गते खड्का ल्याण्डको पक्षमा फैसला सुनायो। 

जिल्लाले सम्झौता कायम रहेसम्म करारबाट प्राप्त हक-अधिकारबाट वञ्चित गर्न नपाउने फैसला सुनायो। तर स्काउटले फेरि पनि सूचना प्रकाशित गरेर ३ रोपनी जग्गा खाली गराउने जानकारी गरायो।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त निर्णय विरुद्ध पनि जिल्ला अदालतमा रिट दायर भयो। उक्त रिटमा अन्तरिम आदेश जारी भयो। सूचनासगै स्काउटले उच्च अदालत पाटनमा पुनरावेदन गर्यो। उच्चले २०७९ असारमा जिल्लाको फैसला बदर हुने फैसला सुनायो। उक्त सूचना विरुद्ध खड्का ल्याण्डले सर्वोच्चमा पुनरावेदन दायर गरेको छ। सर्वोच्चबाट अन्तरिम आदेश आउनुअघि नै स्काउटले २०७९ मंसिर २८ गते सूचना जारी गर्यो।

न्यायाधीशको नाम राखेर सूचना आएपछि न्यायपरिषद् र प्रधानन्यायाधीशको ध्यानाकर्षण 
जिल्ला अदालतमा यसअघि प्रकाशित भएको सूचना विरुद्धको मुद्दा विचाराधीन रहेको र मुद्दा उच्च अदालतबाट सर्वोच्चमा पुनरावेदन भएको अवस्थामा स्काउटले सूचना जारी गरेको थियो। उक्त सूचनामा उच्च अदालतका न्यायाधीशद्वय खरेल र भण्डारीको नाम उल्लेख गरेपछि न्यायपरिषद्मा उजुरी परेको छ। 

न्यायपरिषदले पनि उक्त सूचनामा आफ्नो ध्यानाकर्षण भएको र छानविन हुने बताएको छ। परिषद्ले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई पनि उक्त फैसलापछिको सूचनाबारेमा उजुरीमार्फत जानकारी गराएको छ। 

एक वरिष्ठ अधिवक्ताले अदालतको फैसलाको आधारमा सूचना निकाल्न सकिने तर न्यायाधीशको नाम नै राखेर सूचना निकाल्ने नयाँ अभ्यास स्काउटले गरेको देखिएको टिप्पणी गरे। यही विवादमा मुद्दा जिल्ला अदालतका विचाराधीन हुनुका साथै अन्तरिम आदेश समेत भएको र त्यसलाई खण्डित नगरी  न्यायाधीशको नाम राखेर सूचना निकाल्नु अनौठो अभ्यास भएको ती अधिवक्ताले बताए।

Xtrem

Xtrem

अर्को पक्ष सर्वोच्चसम्म पुगेकाले उक्त अदालतले निस्सा दिने वा नदिने कुनै टुङ्गो नहुँदै सूचना निकाल्ने प्रक्रिया गलत भएको कानुनका जानकारहरुको तर्क छ।

जिल्ला अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेमा वा सर्वोच्चले मुद्दालाई अघि नबढाउने आदेश गरेमा स्काउटले उच्चको फैसला कार्यान्वयनका लागि सूचना निकाल्न सक्ने तर अहिले नै गर्नु चाहिँ चलखेल हुने कानुनका जानकारहरुको तर्क छ।

कम्पनीले सम्झौता गरेको अवधिभित्र अर्कैलाई प्रवेश गराउने मनसाय राखेर स्काउटमा पदाधिकारीहरुले चलखेल गरेको भन्दै आफूहरु सूचना बदर गर्न अदालत जाने खड्का ल्याण्डले बताएको छ। यो सूचना र विवादबारे कुरा गर्न खोज्दा स्काउटका प्रमुख आयुक्त भण्डारी सम्पर्कमै आउन चाहेनन्। स्काउटले ३५ दिनभित्र उक्त जग्गा खाली गर्न सूचनामा भनेको छ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १६:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने?
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट
सम्बन्धित सामग्री
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा थप मर्मतसम्भार गर्न सोमबार राति ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते आज बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्ड अन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको हो । सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै कारखानासँ... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार, असोज २६, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार, असोज २६, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्