• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

स्वस्थ रहन खाने सही तरिका

64x64
नेपाल लाइभ शनिबार, साउन २६, २०७५  १०:४९
1140x725

केही वर्षयता शहरी क्षेत्रका बासिन्दाको शारीरिक परिश्रम कम हुँदै गएको छ । पेपरवर्क र टेवलवर्कमा व्यस्त हुने तथा दौडधुप र परिश्रम गर्न समय अभाव हुने समस्या हरेकले सामना गरिरहेका छन् । दैनिक रुपमा शारीरिक  परिश्रम पनि गर्नुपर्छ र यसले शरीर स्वस्थ बनाउँछ भन्ने चेतनाको पनि अभाव छ ।

र्कोतर्फ हाम्रो खाना खाने बानीमा पनि समस्या छ । हामी बिहान एकैपटक धेरै खान्छौं । दिनभर केही खाँदैनौ । खाजाको रुपमा मोमो, चाउमिन लगायतका परिकार धेरै खान्छौंं र फेरि घर पुगेर साँझ भारी परिमाणमा खान्छौंं । एकैपटक खाना खाने र बीचमा लामो समय भोकै रहने बानीले हाम्रो शरीरमा बोसोपन बढ्ने र मोटाउने हुन्छ । योसँगै हिड्ने, डुल्ने, दौडने तथा पसिना आउने काम गर्ने बानी निकै कम भइसकेको छ । केही टाढा जानु छ भने कि हामी ट्याक्सीमा जान्छाै‌, नभए आफनै गाडी हुन्छ या बाइकमा हिड्छौंं । एकडेढ घण्टा हिँडेर जाने चलन हराईसकेको छ । मोटोपनका केही कारण यिनै हुन्।

स्वस्थ्य जीवनशैलीका लागि स्वस्थकर खाना खाने र खाने तौरतरिका सुधार गर्नु आवश्यक हुन्छ । हाम्रो शरीरको मागअनुसार उर्जा प्रवाह गर्न र त्यसलाई नियमितता दिन खाने आदत सुधार्नु नै सबैभन्दा राम्रो उपाय हो । अहिले हामीले एकैपटक धेरै खाने र लामो समय भोकै बस्ने बानी  परिवर्तन गर्नु आवश्यक छ।

विहान उठ्नासाथ कतिपयले नास्ता खाने गर्छन् भने कतिपयले सबेरै भात,, दाल र तरकारी सहितको खाना खान्छन् । हाम्रो थालमा रहने भात, दाल र तरकारीको मात्रा घटाउनै पर्छ । एकैपटक दुई थाल भात खाएर मात्रै हँुदैन । थोरै खाने अनि त्यसको २÷३ घण्टामै फेरि केही खाने गर्न सकिन्छ । २३ घण्टाको फरकमा एउटा फलफूल खाने अनि फेरि स्न्याक्स लिने गर्न सकिन्छ।

बीच–बीचकोे अवधिमा दही, मोही लगायतका खानेकुरा खानु उपयुक्त हुन्छ । अनि रातीको खाना अति नै थोरै खानुपर्छ । तीनपटक मात्रै हेभी रुपमा खाना खानुको साटो ४५ पटक थोरै–थोरै खानेकुरा लिएमा सजिलो हुन्छ । ५ देखि ६ पटकसम्म थोरैथोरै रुपमा खानाखाने आदत गर्ने हो भने मोटोपना सुधार गर्न सकिन्छ।

तीनपटक मात्रै हेभी रुपमा खाना खानुको साटो ४५ पटक थोरै–थोरै खानेकुरा लिएमा सजिलो हुन्छ । ५ देखि ६ पटकसम्म थोरैथोरै रुपमा खानाखाने आदत गर्ने हो भने मोटोपना सुधार गर्न सकिन्छ ।

एकपटक धेरै खाने, अनि लामो समयसम्म भोकै रहने बानीका कारण हामी नेपालीहरुमा ग्यास्ट्राइटिसको समस्या विकराल बन्दै गएको छ । कतिसम्म भने हरेक दुईजनामा एकजना ग्यास्ट्राईटिसको समस्या भएको मानिस फेला परिरहेका छन् । खानाखाने समयको व्यवस्थापन नहँुदा नै ग्यास्ट्राइटिसको समस्या बढी देखिएको छ । चिल्लो, पिरो, अमिलो लगायतका खानेकुरा हामीले बढी रुचाउने भएकाले पनि पेटससम्बन्धी रोग देखिएको हो ।

एकैपटक धेरै खाने, अनि लामो समय भोकै बस्ने बानीले स्वास्थ्यमा केही गम्भीर समस्या देखा पर्छन् । एकैपटक खाएको खाना पचेपछि लामो समय पेट खाली हुँदा आमासयमा जम्मा हुने रसहरु खानासँग घुल्न पाउँदैनन् र ग्याष्ट्राईटिस देखा पर्न थाल्छ । एकैपटक धेरै खाना खाँदा शरीरले ग्रहण गर्न सक्दैन र त्यसले बोसोपना बढाउन मद्यत गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

हामीले खाएको भारी परिमाणको खाना शरिरले एकैपटक ग्रहण नगर्ने हुनाले उसले भण्डारणका लागि बोसो बनाउन थाल्छ फलस्वरुप मोटाउने समस्या देखा पर्छ । थोरै–थोरै खाँदा त्यसलाई शरीरले ग्रहण गर्ने र पचाउने क्षमता बढ्दै जान्छ र खानाको शक्ति बोसोको रुपमा भण्डारण गर्ने अवस्था नै आँउदैन । क्यालोरी बर्न भएपछि शरीरले अतिरिक्त उर्जा भण्डारण गर्न पर्दैन।

हामीले खाने खाने र त्यसमा हुने परिमाण निकै बढी छन्, विहानको खाना होस् या खाजा अनि बेलुकीको खाना । हामीले आवश्यकभन्दा बढी परिमाणमा खाएका हुन्छौं । मेरो सुझाव फरक छ । विहान ८ देखि १० बजेको बीचमा हामीले खाना खान्छौंं । दिँउसो १२, साढे १२ को हाराहारीमा एउटा फलफूल खान सकिन्छ । २३ को विचमा हल्का स्क्याक्स खान सकिन्छ । साढे ५६ बजेतिर फेरी एउटा फलफूल खाएर केही घण्टाको फरकमा रातीको खाना लिनुपर्छ।

राती हामीले आवश्यकभन्दा बढी परिमाणमा खाना लिने चलन छ, जुन ठीक उल्टो हो । किनभने हाम्रो शरीरले रातीमा आराम गर्छ र हामीलाई कम उर्जा आवश्यक पर्छ । राती खाना र सुत्ने समयबीच ३÷४ घण्टाको फरक हुनु आवश्यक छ। यसले गर्दा बेलुकी खाएको खाना पच्ने समय पर्याप्त हुन्छ । हाम्रो शरीरले खाना खाएपछि पचाउन समय लाग्छ । ढिलो खाने र त्यसलगत्तै सुत्ने बानीले मोटोपन बढ्छ । बेलुकीको खाना खाएपछि सम्भव हुन्छ भने हिँड्दा खाना पचाउन मद्यत गर्छ ।

दिँउसो १२, साढे १२ को हाराहारीमा एउटा फलफूल खान सकिन्छ । २३ को विचमा हल्का स्क्याक्स खान सकिन्छ । साढे ५६ बजेतिर फेरी एउटा फलफूल खाएर केही घण्टाको फरकमा रातीको खाना लिनुपर्छ ।

 
हामी मुख्य खानाको रुपमा भातमै निर्भर छौं । भात खानु समस्या होइन, तर हामी कति परिमाणमा खाइरहेका छौं, त्यो महत्वपूर्ण हो । हामीले कति खाने भनेर परिमाण सिफारिस गर्न कठिन हुन्छ । त्यो किनपनि फरक पर्छ भने उमेर, शारीरिकक अवस्था, उसको परिश्रम लगायतका विषयमा फरक पर्छ । भात पनि कस्तो प्रकारको हुन्छ, कसरी पकाइएको छ आदि कुराले पनि खानाको परिमाण र आवश्यकता निर्भर हुन्छ ।

हाम्रो शरीरको तौल भनेकै पेटमा हुन्छ । पेट ठूलो भएका कारण आवश्यकताभन्दा बढी तौल भएर हामी पीडित भएका हुन्छौंं । हाम्रो शरीरले लिएको खाना पचाउने र त्यसैअनुसार खपत भएर स्टोर हुने परिस्थिति रोकिएमा तौलको परिमाण पेटमा मात्रै केन्द्रित नभएर अन्यत्र पनि वितरण हुन्छ ।

हाम्रो शारीरिक परिश्रम कम हुँदै गएको छ । हामीलाई समय निकाल्न निकै गाह्रो भएको छ । तर स्वास्थ्यमा ध्यान दिने र निरोगी बन्न चाहने हो भने जसरी पनि समय निकाल्नै पर्छ । दैनिक ३० मिनेट र साताको ५ दिन नियमित कसरत गर्नैपर्छ । तर त्यसमा पनि उमेर, स्वभाव र दैनिक जीवनयापनको विषयमा भर पर्ने कुरा हुन् । तर सामान्य रुपमा पनि दैनिक आधा घण्टा त हिँड्नै पर्छ ।

खानाका क्रममा ओखर, बदामजस्ता खानेकुरा उपयोगी हुन्छन् । तर जंकफुड भने कुनै हालतमा उपयुक्त हुँदैन । कतिपयलाई जंकफुड अनिवार्य नै हुन्छ, नखाउँ भनेपनि व्यवहारिक रुपमा सम्भव हुँदैन । तर त्यसलाई हरेकदिन नियमित रुपमा प्रयोग नगरेर कहिलेकाँही मात्रै प्रयोग गर्दा हुन्छ । मैदायुक्त खानेकुरा भने नखान नै सुझाव दिने गरेकी छु ।

काठमाडौंं लगायतका शहरी क्षेत्रमा मोटोपन बढ्नुको प्रमुख कारण खानाका साथै जीवनशैली पनि हो । जीवनशैलीमा खाना नै मुख्य रुपमा जोडिन्छ, किनभने हामीले शारीरिक परिश्रम नै गर्न छाडिसकेका छौं । हामी टन्न खान्छौं, रेष्टुरेन्ट जान्छौं, हिड्डुल गर्दैनाै । यी सबै कारणले मोटोपन बढेको हो । खानाले मोटोपन घटाउन ज्यादा भूमिका खेल्छ । तर म त्यो सुझाव दिँदिन किनभने खानाका साथै केही शारीरिक परिश्रम गर्ने हो भने मोटोपन नियन्त्रणमा लिन सहज हुन्छ ।

हामी टन्न खान्छौं, रेष्टुरेन्ट जान्छौं, हिड्डुल गर्दैनांैं । यी सबै कारणले मोटोपन बढेको हो । खानाले मोटोपन घटाउन ज्यादा भूमिका खेल्छ । तर म त्यो सुझाव दिँदिन किनभने खानाका साथै केही शारीरिक परिश्रम गर्ने हो भने मोटोपन नियन्त्रणमा लिन सहज हुन्छ ।


ब्रत बस्ने बानी राम्रो हो । तर डाईटिङवारेको नेपाली बुझाई गलत छ । डाईटिङ गरेर तौल घटाउन चाहने धेरै विरामी मकहाँ सल्लाहका लागि आउने गर्छन । उहाँहरुले खाइरहेका ेभन्दा बढी खानाको परिमाण हुनेगरी सुझाव दिएपनि तौल घटाएका उदाहरणहरु छन् । किनभने उपयुक्त समय तालिकामा उपयुक्त खाना खाएमा मोटोपना नियन्त्रण हुन्छ । खाना नखाएर मात्रै तौल बढ्ने होइन । खाना नखाएमा कतिपय अवस्थामा शरीरले खानाको पोषण सञ्चय गरेर राख्छ र मोटोपना झनै बढ्ने हुनसक्छ ।

मकहाँ आउने बिरामीहरुले प्रायः १/२ लिटरमात्रै पानी खाएको बताउँछन् । तर कम्तिमा २÷३ लिटर खानुपर्छ । एकैपटक धेरै खानुभन्दा पटकपटक खानु राम्रो हुन्छ । तर बाहिर हिड्ने, दौडने र कोठाभित्रै बसेर काम गर्ने व्यक्ति अनुसार पानीको आवश्यकता फरक फरक हुन्छ ।

खाने क्रममा टिभी हेर्ने, मोवाईल खेलाउने चलन पनि छ । यसले गर्दा एक त होस नपाएर आवश्यकताभन्दा ज्यादा खाइन्छ । मैले खाएँ मलाई पुग्यो भन्ने महसुस हुनुपर्छ । आरामका साथ शान्त भएर खानु उचित हो । खानाखाने बेलामा ध्यान खानामै केन्द्रित हुनुपर्छ । खाने आदत सुधार गर्न सकेमा ग्याष्ट्राईटिस नियन्त्रण हुन्छ, मोटोपन घटछ भने खाएको कुरा पनि पच्न सहयोग हुन्छ ।

डाईटिसियन सिंह नर्भिक अस्पतालमा कार्यरत छिन् ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०७५  १०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्