• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपालमा विदेशि कामदार आपूर्ति गर्न यस्तो छ व्यवस्था

64x64
नेपाल लाइभ शनिबार, साउन २६, २०७५  १६:३१
1140x725

काठमाडौं- नेपालबाहेक सार्क राष्ट्रका ४ देशले रोजगारीका लागि अन्य देशमा श्रमिक आपूर्ति गर्दै आएका छन्। सार्क देशबाहेक एसियन मुलुकका १३ राष्ट्रले तेस्रो मुलुक श्रमिक आपूर्ति गर्ने गरेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलो) को प्रतिवेदनमा उल्लेख छ। 

एसियन देशले आइएलओको मूलभूत श्रम सिद्धान्त, ढाका सिद्धान्त, न्यूयोर्क घोषणापत्र र ग्लोबल कम्प्याक्ट फर माइग्रेसन (जिसिएम) मस्यौदामा उल्लेख गरेअनुसार श्रमिक आपूर्ति गरिरहेका हुन्। 

प्राय: कामदार आपूर्ति गर्ने देश आइएलओका सदस्य राष्ट्र छन्। आइएलओको विश्वव्यापी मान्यताअनुसार कामदार आदानप्रदानमा सम्झौता गरेकै हुनुपर्छ। 

मध्यपूर्वी एसियाका देशबाट वार्षिक २ करोड वैदेशिक रोजगारीमा जाने गरेको माइग्रेसन सम्बन्धी विभिन्न संस्थाले गरेको अध्ययनमा उल्लेख गरिएको छ। 

नेपालले पनि आइएलओको मापदण्डअनुसार नै कामदार आपूर्ति गर्दै आएको छ।

पछिल्लो समय बसाइँसराइ वा कामदार आदानप्रदानबाट कुनै देश अछुतो छैन। यो समस्या सबैको भएको भन्दै सार्क राष्ट्रका ८ देशले साझा अवधारणा बनाउँदैछन्। 

यह अनुरुप पूर्वी एसियाका देशले आफ्ना–आफ्ना तरिकाले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्ने गरेका छन्।  
   
अन्य देशमा कस्तो छ श्रमिक आपूर्ति गर्ने व्यवस्था? 
भारत

भारत सरकारले मान्यता दिएको भारत रिक्रुइटिङ सर्भिसले तेस्रो देशमा कामदार आपूर्ति गर्दै आएको छ। हाल ६० लाख भारतीय नागरिक वैदेशिक रोजगारीमा कार्यरत रहेका भारत माइग्रेसन रिर्सच सेन्टरको तथ्यांकमा उल्लेख छ। त्यहाँ कामदार आपूर्ति गर्ने संस्था अति थोरै रहेका छन्। 

सरकारी स्तरमा श्रम सम्झौता नभएका देशमा भारतले श्रम स्वीकृति जारी गर्दैन। भारतको केरला, उडिसा, आन्द्रप्रदेश र वेस्ट बंगालबाट धेरै जना वैदेशिक रोजगारीमा जाने गरेका छन्।   

Ncell 2
Ncell 2
nimb
nimb

भारतमा सरकारबाट मान्यताप्राप्त १६ सय संस्था तेस्रो देश कामदार आपूर्तिमा संग्लन रहेका छन्। भारतबाट वार्षिक १५ लाख युवा कामको खोजीमा विदेशिने गरेका छन्। 

भारतबाट धेरैजसो ट्राल्भस एजेन्सीले नै तेस्रो देशमा कामदार पठाउने गरेका छन्। 

भारतमा श्रमिक आपूर्तिकर्ता संस्थाले ५० लाख बैंक ग्यारेन्टीसहित ४० लाखसम्म नगद जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ। श्रमिक आपूर्ति संस्थालाई आपूर्ति मन्त्रालय, गृह मन्त्रालय र विदेश मन्त्रालयले नियगमन गर्ने गरेका छन्।

भारतबाट वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पर्यटन मन्त्रालयले भिसा परीक्षण गरेर श्रम स्वीकृति जारी गर्ने पाइएको छ। भारतको प्रथामिकतामा वैदेशिक रोजगार छैन। भारत सरकारले विदेशिने श्रमिकलाई नियमन गर्ने ऐन निर्माण गरेको छैन। 

भारत सरकारले खाडी मुलुक र मलेसिया जाने श्रमिकको मासिक तलब देशअनुसार भारतीय ५० हजार अनिवार्य भए मात्र श्रम स्वीकृति जारी गर्दै आएको छ।  
 
भारतबाट रोजगारीमा गएका कामदार विदेशमा अलपत्र परेमा तत्काल उद्धारका लागि कूटनीतिक पहल गरिन्छ। अलपत्र र समस्या परेका कामदार समयमा उद्धार नगर्ने श्रमिक आपूर्ति संस्था कडा जरिवाना र फौजदारी सम्मको मुद्ला चलाउने गरेको छ।  

भारतको रुट भएर अन्य देशका नागरिक रोजगारीका नाममा मानव तस्तरीसमेत धेरै हुने गरेको छ।   
 
फिलिपिन्स
भारतपछि सबैभन्दा धेरै रोजगारीका लागि विदेशिनेमा फिलिपिन्सका नागरिक पर्छन्।  

फिलिपिन्सबाट वार्षिक १४ लाखभन्दा धेरै नागरिक रोजगारीको खोजीमा अन्य देश जाने गरेको आइएलोको अध्ययनमा उल्लेख गरिएको छ। 

फिलिपिन्सले भने वैदेशिक रोजगारी क्षेत्रलाई निकै व्यवस्थित बनाएको छ।

फिलिपिन्स सरकारले रोजगारदाता देशसँग अनिवार्य कामदार आपूर्तिका लागि सरकारी स्तरमा श्रम सम्झौता गरेर मात्र आफ्ना देशका नागरिक पठाउने गरेको छ। 

फिलिपिन्समा ८ सय रिक्रुइटिङ संस्था रहेका छन्। ती संस्थाले ३० लाख पेसो नगद धरौटी ग्यारेन्टीसहित राख्नुपर्छ।

फिलिपिन्स सरकारले दक्ष कामदार मात्र वैदेशिक रोजगारीमा पठाउने गरेको छ। वैदेशिक रोजगारी क्षेत्रलाई त्यहाँ कानुन मन्त्रालय र गृहमन्त्रालयले निमयन गर्ने गरेका छन्। यो क्षेत्रसँग फिलिपिन्सको कानुन मन्त्रालय धेरै जोडिएको छ। 

फिलिपिन्सले वैदेशिक रोजगारीमा जाने कामदारलाई ३ वर्षका लागि श्रम स्वीकृति जारी गर्ने गरेको छ।  

बंगलादेश 
बंगलादेशबाट वार्षिक ७ लाख वैदेशिक रोजगारीमा जाने गरेका छन्। बंगलादेश रिक्रुइटिङ इम्पोलिमेन्ट नामक संस्थाले कामदार आपूर्ति गर्दै आएको छ। 

बंगलादेशमा श्रमिक आपूर्ति गर्ने मान्यता पाएका ८ सय संस्था छन्। कामदार आपूर्ति संस्था चलाउन २५ लाख टाका धरौटी र बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ। हाल करिब ३० लाख बंगाली वैदेशिक रोजगारीमा कार्यरत रहेको पाइएको छ। 

बंगलादेशले धेरै देशमा श्रम स्वीकृति नगरि कामदार आपूर्ति गर्ने गरेको छ। बंगलादेशले पनि रोजगारीमा जाने कामदारको हकमा दुई वर्षका लागि श्रम स्वीकृति जारी गर्दै आएको छ।  

बंगाली कामदार विदेशमा अलपत्र र समस्यामा परेमा सिधा प्रहरीले श्रमिक आपूर्ति संस्थालाई पक्राउ गरेर कामदार उद्धारमा लाग्ने खर्च असुल्ने गराउने गरेका छन्।

  

पाकिस्तान 
पाकिस्तानमा रोजगारीमा श्रमिक आपूर्ति गर्ने संस्थाले ३३ लाख रुपी बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ। तर, नगदका विषयमा खुलाइएको छैन।  

पाकिस्तान इन्टरनेसनल इम्पोलिमेन्ट संस्थाले विदेश कामदार आपूर्ति गर्दै आएका छन्। यी संस्थालाई पाकिस्तानको गृह र कानुन मन्त्रालयले नियमन गर्ने गरेको पाकिस्तानको अध्यागमन विभागको वेबसाइटमा उल्लेख छ। 

हाल पाकिस्तानबाट ३३ लाख युवा वैदेशिक रोजगारीमा कार्यरत छन्। पाकिस्तानले पनि ३ वर्षका लागि श्रम स्वीकृति जारी गर्ने गरेको छ। 

पाकिस्तानले श्रम सम्झैता गरेका देशमा मात्र श्रमिक आपूर्ति गर्ने गरेको छ। 

पाकिस्तानबाट अन्य देश वैदेशिक रोजगारीमा गएका कामदार समस्या र अलपत्र परेको एक हप्ताभित्र श्रमिकको उद्धार आपूर्ति संस्थाले गर्नुपर्छ। सरकारले दिएका समयमा समस्यामा परेका कामदार उद्धार नगरे धरौटी जफत र फौजदारी मुद्दा लाग्छ।   

श्रीलंका 
श्रीलंकाबाट वैदेशिक रोजगारीमा वार्षिक ५ लाखभन्दा धेरै युवा जाने गरेका छन्। हाल २३ लाख श्रीलंका नागरिक वैदेशिक रोजगारीमा कायरत रहेको आइएलओ अध्ययनमा उल्लेख गरेको छ।  

कामदार आपूर्ति गर्ने संस्थाले संस्था चलाउनका लागि ७५ लाख रुपी धरौटी राख्नुपर्ने कानुनी व्यवस्था छ। बैंक ग्यारेन्टी र नगदका बारेमा भने खुलाइएको छैन। 

श्रीलंकामा कामदार आपूर्ति गर्ने संस्था करिब ९ सय छन्। श्रीलंकाले ३ वर्षका लागि श्रम स्वीकृति जारी गर्ने गरेको छ। 

श्रीलंकाले पनि सरकारी स्तरबाट श्रम सम्झौता नगरी श्रमिक आपूर्ति गर्दै आएको छ। 

श्रीलंकाबाट वैदेशिक रोजगारीमा गएका कामदार समस्यामा परेमा आपूर्ति संस्थाले क्षतिपूर्तिसहित उद्धार गर्नुपर्ने हुन्छ।

रोजगारीका क्रममा विदेशमा श्रमिक समस्यामा परेमा श्रीलंकामा प्रहरीले सिधा हस्तक्षेप गर्छ। 

कम्बोडिया, इन्डोनेसिया, थाइल्यान्ड लगायतका देशले पनि वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दा श्रम स्वीकृतिलाई महत्व दिने गरेका छन्। यी देशले कामदार आपूर्ति गर्ने संस्थालाई जवाफदेही बनाएर कामदार पठाउन अनुमति दिन्छन्।

यी सबै देशका रोजगार गन्तव्यमा देशमा हङकङ, सिंगापुर, ब्रुनाई, मलेसिया र खाडीका देशहरु पर्छन्। पछिल्लो समय जापान, चीन, कोरिया र रसिया लगातका देश पनि रोजगार गन्तव्यमा पर्दै गएका छन्।  

सार्क राष्ट्रबाट विदेशिने श्रमिक आर्थिक शोषणमा 
सार्क राष्ट्र वैदेशिक रोजगारीमा जाने श्रमिक आर्थिक शोषणमा धेरै पर्ने गरेका छन्। यही देशबाट विदेशिने कामदारलाई आर्थिक प्रलोभनमा परेर रिक्रुइटिङ संस्थाले ठग्ने गरेका छन्। 

सार्क देशबाट करिब आधा श्रमिक अदक्ष कामको खोजीमा विदेशिने गरेको आइएलओको अध्ययनमा उल्लेख गरिएको छ। अदक्ष कामदार दलाल र रोजगार तस्कार लैहलैहमा लागेर विदेशिन खोज्दा ठगिने गरेका छन्।

रोजगार तस्करको आँखामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका अदक्ष श्रमिक पर्ने गरेका छन्। 

नेपालबाट वैदेशिक रोजगारीमा वार्षिक ६ लाखभन्दा धेरै युवा जाने गरेका छन्। हाल वैदेशिक रोजगारीका विभिन्न देशमा करिब ३३ लाख युवा कार्यरत रहेको सरकारी अनुमान छ। 

नेपाल सरकारले ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी राखेपछि मेनपावर संस्था दर्ता गर्ने पाइन्छ। नेपालमा वैदेशिक रोजगार ऐन अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो क्षेत्रलाई नियमन गर्दै आएको छ।

नेपाली श्रमिक विदेशमा अलपत्र र समस्यामा परेमा सरकारले नै उद्धारका लागि पहल गर्दै आएको छ। 

हाल नेपालमा १५ सयभन्दा बढी मेनपावर संस्था रहेका छन्। जसमा वैदेशिक रोजगारीमा कामदार ८ सय जति मेनपावरले मात्र पठाउँदै आएका छन्। । नेपालमा भने मेनपावर व्यवसायीले वैदेशिक रोजगारमा जाने कामदार समस्यामा परेमा उद्धार गर्ने र तत्काल समस्या समाधान गर्ने खासै चासो नदिने गरेको वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पूर्णचन्द्र भट्टराई बताउँछन्। नेपालका रोजगार व्यवसायीलाई ऐनमा उल्लेख गरेर कामदार पठाउने मात्र होइन उद्धार गर्ने जिम्मेवार बनाउनुपर्ने उनको भनाइ छ।

रोजगारीमा कामदार आपूर्ति गर्दै आएका देशमा कानुनी झमेला सबै देशमा उस्तै रहेको पाइएको छ।

तेस्रो देश कामदार आपूर्ति गर्दै आएका धेरै देशमा नेपालको जस्तै समस्या झेलिरहेका भट्टराईको बुझाइ छ। 'ग्लोबल माइग्रेसजका कामदार कामदार आपूर्तिकर्ता देशमा रोजगारीका नाममा आर्थिक शोषण र मानव अधिकार हनन लगायतका समस्या पनि देखा पर्ने गरेको छ,' भट्टराईले भने।

प्रकाशित मिति: शनिबार, साउन २६, २०७५  १६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्