• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो

64x64
नेपाल लाइभ आइतबार, साउन २७, २०७५  ००:०८
1140x725

क्यान्सरका विभिन्न प्रकारमध्ये धेरैजसो मुलुकमा फोक्सोको क्यान्सरको समस्या बढी देखिन्छ । पुरुषमा यो क्यान्सरलाई एक नम्बरको क्यान्सर भनेर चिनिन्छ, नेपालमा समेत यो लागू हुन्छ । 

महिलाहरूमा भने फोक्सोको क्यान्सर तेस्रो स्थानमा छ । उनीहरू बढीजसो स्तन र पाठेघरको क्यान्सरबाट पीडित छन् । 

कुल क्यान्सरका रोगीमध्ये १५ देखि २० प्रतिशत फोक्सोको क्यान्सरका बिरामी छन् । कुन मुलुकमा धुमपानको सहज उपलब्धता र प्रयोग छ, त्यस अनुसार नै बिरामीको अनुपात देखिन्छ । युरोपका केही मुलुकमा फोक्सोको क्यान्सरका बिरामी केही बढी छन् । 

फोक्सोको क्यान्सरको ७५ देखि ८० प्रतिशत कारक धुमपान वा सुर्तीजन्य पदार्थको सेवन नै हो । बिरामीमध्ये ८५ प्रतिशतमा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रभाव पाइन्छ । चुरोट तथा धुमपान नगर्ने करिब १५ प्रतिशतमा पनि फोक्सोको क्यान्सर हुने सम्भावना रहन्छ । 

के हो फोक्सोको क्यान्सर ? 

फोक्सोको क्यान्सर दुई प्रकारका हुन्छन्, स्मलसेल र नन स्मलसेल । स्मलसेल करिब १५ प्रतिशतमा हुन्छ भने नन स्मलसेल करिब ८५ प्रतिशतमा । जब शरीरको सामान्य सेल बिग्रिएर अस्वाभाविक रूपमा बढ्न थाल्छ, तब क्यान्सर विस्तार हुन थाल्छ ।

फोक्सोको क्यान्सर पनि अरू क्यान्सर जस्तै हो । जब फोक्सोको भित्री भागमा रहेका कोषहरूको जीनमा म्युटेसन भएर खराबी आउँछ, फोक्सोका कोषहरू अनियन्त्रित रूपमा बढ्छन् । सन् १९७० तिर सबै क्यान्सरको उपचार विधि एउटै हुन्थ्यो भने अहिले प्रकार अनुसार उपचार विधि फरक हुन थालेको छ । 

किन हुन्छ ? 

Ncell 2
Ncell 2
nimb
nimb

चुरोट तथा सुर्तीजन्य पदार्थले फोक्सो लगायत विभिन्न आठ प्रकारका क्यान्सरको सम्भावना बढाएको हुन्छ । त्यसैले चुरोट तथा धुमपानको अवस्था घटाए यसको जोखिम कम गर्न सकिन्छ । 

फोक्सोको क्यान्सर किन पनि जोखिमपूर्ण हो भने पहिलो र दोस्रो चरणमा यो निकै कम अवस्थामा पत्ता लाग्छ । फोक्सोको क्यान्सर लागेका मध्ये १५ प्रतिशतलाई पाँच वर्षसम्म मात्र बचाउन सकिन्छ । किनभने क्यान्सर लागेको ढिलोगरी अर्थात् तेस्रो र चौथो चरणमा मात्रै रोग पत्ता लाग्छ । नेपालमा ८० प्रतिशत बिरामी तेस्रो र चौथो चरणमा पुगेपछि उपचारका लागि आउने गरेका छन् । सुरुवाती चरणमा फोक्सोको क्यान्सरको लक्षण देखिँदैन, भएका लक्षण पनि टिबी लगायतका अन्य रोगको लक्षणसँग मिल्न पुग्छ । फोक्सोको क्यान्सरमा शल्यक्रिया गरेर बिरामी बाँच्ने सम्भावना एक प्रतिशतभन्दा कम हुन्छ । 

हामीले गर्ने धुमपानमा चार हजार प्रकारका रसायन हुन्छन् । त्यसमध्ये झन्डै ५५ प्रकारका रसायन कार्सिनोजेनिक खालका हुन्छन् । जसको सेवनले क्यान्सरको जोखिम हुन्छ । निकोटिनले त लत बनाउने मात्रै हो । 

सुर्ती र चुरोट उस्तै हो । फरक यति हो कि चुरोट खाँदा धुवाँको रूपमा जान्छ भने सुर्तीमा तरल रूपमा । कतिपय नेपालीले चुरोट खान छाडेर खैनी खाने झनै नराम्रो आदत सुरु गरेका छन् । खैनीले मुखको क्यान्सरको जोखिम अझ बढाउँछ । 

धुमपान गर्नेहरूको छेवैमा बस्नेलाई ‘प्यासिभ स्मोकर’ भनिन्छ । चुरोट सल्काएपछि फैलने रसायन शरीर भित्र–बाहिर जान्छन् । चुरोट तान्ने क्रममा भित्र खपत नभएका रसायनहरू फूऽऽ गर्दा बाहिर निस्कन्छन् र छेवैमा बस्नेको शरीरभित्र पुग्छ । त्यसैले चुरोट नखाने र चुरोट खानेको छेउछाउमा बस्नेहरूले सुरक्षित छु भनेर दाबी गर्न मिल्दैन । तथ्यांक अनुसार, प्यासिभ स्मोकरलाई सर्ने सम्भावना १० प्रतिशतको हाराहारीमा रहन्छ भनिन्छ । 

गाउँघरमा बालिने चुल्होको धुवाँमा धुमपानमा जत्तिको विषाक्तता हँुदैन । तर यसले जनस्वास्थ्यमा प्रतिकूल असर पार्छ । नेपालका कतिपय ठाउँमा चुरोट तथा सुर्तीजन्य पदार्थ नखाएर तमाखु, हुक्का वा सिसा भनेर खाने चलन छ । सोझै सुर्तीजन्य पदार्थ नभए पनि त्यो धुवाँमा धेरै प्रकारका खराब रसायन हुन्छन् । 

फोक्सोका क्यान्सरका धेरै लक्षणहरू टिबीको लक्षणसँग हुबहु मिल्छ । त्यसैले खोकी, रगतमा खकार तथा फोक्सोमा पानी जमेको लक्षण देखिनासाथ टिबी होला भनेर उपचार गर्नेहरू पनि छन् । क्यान्सरको सुरुमा जब एउटा सेलमा खराबी भएर आउँछ, त्यसले शरीरको प्रणालीसँग समन्वय गर्दैन । त्यस्ता कोषको संख्या बढ्दै गएर वरपरका कोषहरूलाई नष्ट गर्छ । कालान्तरमा यसले शरीरका प्रणालीहरूलाई अवरुद्ध गर्छ र अन्य अंगमा समेत असर गर्छ । 

लक्षण

१. निरन्तर खोकी लागिरहने

२. खकारमा रगतको मात्रा देखापर्ने

३. स्वर फरक हुँदै जाने र भासिने

४. सास फेर्न गाह्रो हुने, स्वाँस्वाँ बढ्ने

५. शरीरको तौल बढ्ने 

६. क्यान्सर फोक्सोबाट अन्यत्र फैलिए हाड दुख्ने । 

नेपालले धुमपान विरुद्धको अन्तर्राष्ट्रिय सन्धिमा समेत हस्ताक्षर गरेको छ । भुटानले मुलुकलाई सुर्तीमुक्त मुलुक घोषणा ग¥यो । नेपालमा यो चेतना कहिले आउने हो ? नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग घटाउने हो भने कुल क्यान्सर रोगीमध्ये एक तिहाइ नै कम भएर जान्छ । नेपालकै हकमा फोक्सोको क्यान्सरका बिरामीमध्ये करिब ८५ प्रतिशत कमी हुन्छ । 

नेपालमा कुनै आधिकारिक आँकडा नभए पनि केही अस्पताल र उपचारका लागि भारत जाने बिरामीहरूको तथ्यांक हेर्दा आजभन्दा १० वर्षअगाडि ५० हजार क्यान्सरका बिरामी नेपालमा थिए । अहिले करिब ७०÷८० हजार क्यान्सरका रोगी नेपालमा छन् । हरेक वर्षमा २५ देखि ३० हजार क्यान्सरबाट दिवंगत हुने र २० देखि २५ हजार नयाँ बिरामी थपिने अनुमान छ । यो आधारमा हेर्दा फोक्सोका क्यान्सरका बिरामीको संख्या १५ हजारभन्दा बढी भएको अनुमान गर्न सकिन्छ । 

उपचारबाट बचाउन सजिलो हुने स्तनको क्यान्सर नै हो । फोक्सोको क्यान्सरमा बिरामी बाँच्ने सम्भावना नभएकाले पनि उपचारमा तदारुकता देखिन्न । 

उपचार कसरी ? 

फोक्सोको क्यान्सरमा रेडियोथेरापी र सर्जरीलाई नै जोड दिइएको हुन्छ । कहिलेकाहीँ सर्जरी गर्न नसकिने केसमा रेडियोथेरापी गरिन्छ । तेस्रो चरणको क्यान्सर देखिएमा किमो र रेडियोथेरापी गरिन्छ । सन् १९९० मा फोक्सोको क्यान्सर भएपछि बाँच्ने दर एक वर्ष पनि थिएन भने अहिले झन्डै साढे दुईदेखि तीन वर्ष पुगेको छ । पहिले जस्तो किमोथेरापी मात्रै छैन । अहिले फोक्सोको क्यान्सरको उपचारका क्रममा नयाँनयाँ टार्गेटेड थेरापीको प्रविधि विकास भएको छ।

क्यान्सर हुन नदिन समयमै चनाखो हुनु अनिवार्य छ । खोकी, खकारमा रगत जस्ता लक्षण देखिनासाथ उपचारमा गइहाल्नुपर्छ । नेपाल सरकारले स्क्रिनिङको पनि व्यवस्था गर्नुपर्छ।

अहिले पनि उपचारका लागि भारत जाने क्रम जारी छ । यो उपचार नेपालमा नै सम्भव छ । सर्जरी, रेडियोथेरापी लगायतका उपचार यहीँ सकिन्छ । किमो र टार्गेटेड थेरापी नेपालमै छ भने पेटस्क्यान सुरु भएको छ।

नेपालमा महिलाहरूले सुर्तीजन्य पदार्थ खपत गर्ने दर दक्षिण एसियाकै उच्च छ । खासगरी तराई बाहेक उच्च पहाडी र हिमाली भागमा उनीहरूले उच्च दरमा सुर्तीजन्य पदार्थ खपत गर्छन् । अर्कोतर्फ त्यसले क्यान्सरको जोखिम बढाएको छ।

धुमपान र सुर्तीजन्य पदार्थको प्रयोग र खपतलाई कडाइ गर्नुपर्छ । पहिलेको तुलनामा चुरोट र सुर्तीजन्य पदार्थको सहज पहुँच र खपत घटे तापनि अवस्था सन्तोषजनक छैन । नेपालमा धुमपान र मदिरापान एकै साथ हुने भएकाले त्यसले झनै खराब गर्छ । तसर्थ यी दुवै पदार्थको सहज पहुँच र प्रयोगमा अत्यन्त कडाइको प्रावधान राखिनु आवश्यक छ।

(डा घिमिरे नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिका मेडिकल डाइरेक्टर हुन्)

प्रकाशित मिति: आइतबार, साउन २७, २०७५  ००:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्