काठमाडौं- नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङलाई मर्ज गरेर राष्ट्रिय आपूर्ति कम्पनी स्थापना गरिने भएको छ। शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
यसैगरी प्रदेश मन्त्रालय वा प्रदेश सरकार अन्तर्गत कार्यरत कर्मचारीलाई मुख्यमन्त्रीको कार्यालय वा प्रदेश मन्त्रिपरिषद् कार्यालयमा खटाइने भएको छ। केन्द्रीय निकायले राजपत्रांकित द्वितीय श्रेणी वा सो सरह अथवा सोभन्दा मुनिका कर्मचारीहरुलाई एकमुष्ट यसरी खटाइने निर्णय भएको हो।
राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस बमोजिम विभिन्न घटनाका पीडितहरुलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ।
मौलिक हकसँग सम्बन्धित जनस्वास्थ्य सेवालाई व्यवस्थापन गर्न बनेको विधेयक २०७५ संसदमा दर्ता गराउने तथा मकवानपुर र डोटीमा बाल सुधारगृह सञ्चालन गर्ने पन मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।