• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
गृहमन्त्री लामिछानेमाथि सर्वोच्चमा बहस :

शोभराजको उदाहरणदेखि नागरिकता कायमको स्वघोषणासम्म 

64x64
नेपाल लाइभ शुक्रबार, पुस २२, २०७९  १९:४८
1140x725

काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशकुमार राउतको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दालाई अग्राधिकार दिएर सुनुवाइ गर्ने भएको हो। 

आउँदो माघ ११ गतेलाई सार्न नमिल्ने गरी मुद्दाको अन्तिम सुनुवाइ गर्ने आदेश सर्वोच्चको छ। त्योभन्दा अघि एक हप्ताको समय दिएर नागरिकतासम्बन्धी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंको फाइल, निर्वाचन आयोगले गरेको निर्णयको सक्कल कपी, लामिछानेले अध्यागमनमा पेश गरेका कागजातका सक्कल प्रति झिकाउन समेत आदेशमा उल्लेख गरिएको छ। 

यसभन्दा अघि सर्वोच्चको संवैधानिक इजलासमा रविका पक्ष र विपक्षमा बहस भएका थिए। रविका पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले विभिन्न तर्क गर्दै अन्तरिम आदेश जारी गर्नु आवश्यक नरहेको बताएका थिए। 
अमेरिकाको नागरिकता त्याग्नुभन्दा पहिला रवि वर्क परमिट लिएर नेपाल आएको तर अमेरिकी नागरिकता त्यागिसकेपछि वर्क परमिटसमेत नलिई नेपालमै बसिरहेकाले उनी नेपाली नागरिक भएकोमा कुनै दुई मत नरहेको तर्क उनको थियो। 

अमेरिकी नागरिकता त्यागिसकेको र अहिले नेपाली नागरिक समेत नरहेको घोषणा गर्दा लामिछाने ‘स्टेटलेस’ (राज्यविहीन) हुने भन्दै यस्तो नागरिक कोही पनि नहुने पन्तले तर्क गरे। उनले भने कि इजलासमा राज्यविहीन व्यक्ति हो रवि लामिछाने भन्नसक्नु पर्‍यो?

अझ उनले चार्ल्स शोभराजको उदाहरणसमेत दिए। ‘१९ वर्षसम्म जेलमा बसेको मानिसलाई त कहाँको नागरिक हो भनेर राहदानीसमेत नभएको अवस्थमा ट्राभल डकुमेन्ट बनाएर सम्बन्धित देशको जिम्मा लगाइन्छ भने लामिछानेलाई 'स्टेटलेस' बनाउन मिल्छ? यस्तो कल्पना गर्न सकिन्छ?’, उनले भने।

पन्तपछि लामिछानेकै तर्फबाट अर्का वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले बहस गरेका थिए। नागरिकताको विषयमा यसअघि पनि कुरा उठेपछि जिम्मेवार नागरिकको हैसियतले अध्यागमनलाई सबै विवरण बुझाएको उनले बताए। 

‘अमेरिकी नागरिकता त्यागिसकेपछि त्यसको जानकारी अध्यागमनलाई बुझाइएको थियो। नागरिकता ऐनले नै सम्बन्धित मन्त्रालय तथा नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयमा निस्सा दिनुपर्ने उल्लेख गरेको छ। अध्यागमनमा पठाएको कागजात गृहमा पुगेर नेपाली नागरिक हो भन्ने प्रमाणित गर्दै सूचना तथा सञ्चार मन्त्रालयहुँदै उक्त कागजात प्रेस काउन्सिसम्म पुगेर सल्टिएको विषय हो,’ पोखरेलले भने।

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि, चितवन र उच्च अदालत हेटाैँडा जिल्ला अदालतमा लामिछानेविरुद्ध पनि नेपाली नागरिककै हैसियत र सोही बमोजिमको मागदाबी गर्दै मुद्दा चलिसकेकाले पनि लामिछाने नेपाली नागरिक रहेको तर्क उनको थियो। 

लामिछानेले अध्यागमन विभागमा बुझाएको भनिएको कागजात त्यहाँबाट गृह मन्त्रालय पुगेर नेपाली नागरिक नै भएको भनिए पनि त्यो ‘भ्यालिड’ नभएको तर्क रिट निवेदकको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता विष्णु लुइँटेलको थियो। नागरिकता ऐनमा जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित अधिकारीले निस्सा दिएपछि बल्ल नागरिकता कायम हुने उल्लेख भएकाले सोहीअनुसार लामिछानेले जिल्ला प्रशासन  कार्यालयमा नभई अध्यागमनमा दिएकाले उनको नागरिकता कायम नभएको तर्क लुइँटेलले गरे।

‘निवेदन दिने प्रक्रिया नपुर्‍याइ मैले अमेरिकी नागरिकता त्यागेँ, त्यसकारण मेरो नेपाली नागरिकता पुनः कायम गरेँ भनेर स्वघोषणा गर्दै नेपाली नागरिक भइने हो र श्रीमान्?’, लुइँटेलले भने, ‘वास्तवमा भन्ने हो भने राज्यका कारण होइन लामिछाने आफ्नै कारण ‘स्टेटलेस’ हुन्।’

लुइँटेलको तर्कलाई गृहमन्त्री लामिछानेकै तर्फबाट बहस गरेका अर्का अधिवक्ता नरेन्द्रप्रसाद गौतमले प्रतिवाद गरे। ‘रवि लामिछाने विदेशी नागरिक भनिएको छ। वर्क परमिटको रुपमा नेपाल आएको छ। विदेशी नागरिकले त निस्सा सिधै सिडिओ कार्यालयमा दिन नमिल्ला नि श्रीमान्! अध्यागमनमा दिएको निस्सा त सिडिओ कार्यालयकै तालुक मन्त्रालयमा पुगेर सल्टिएको होला नि!’, उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस

गृहमन्त्री लामिछानेको पद तत्कालका लागि सुरक्षित 

 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बाहिरियो मनसुन
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्