• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

प्रचण्डको आगमनले सुकुटे एउटा पर्यटकीय ‘ब्रान्ड’ बनेको छ, थप विकास अब हामीले गर्नुपर्छ : नारायण श्रेष्ठ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, पुस १६, २०७९  १८:५९
1140x725

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कुनै तनाब होस् वा पार्टीका लागि एकान्तस्थलको खोजीका लागि होस् उनी पुग्ने गन्तव्य हो सुकुटे बिच । सिन्धुपाल्चोकेमा रहेको यो क्षेत्र अहिले प्रचण्डसँग परिपुरकजस्तै देखिएको छ। देशको शीर्ष नेतृत्वको बारम्बारको आगमनलाई यहाँका व्यवसायीले ब्रान्डको रूपमा लिएका छन्।  सुकुटेबिचमा पछिल्लो पटक प्रधानमन्त्री प्रचण्ड मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नतिजा सार्वजनिक भएपछि परिवारसहित पुगेका थिए। पारिवारिक र राजनीतिक तनाब बिसाउने थलो बनेको सुकुटे पछिल्लो समय पर्यटकीय केन्द्र बन्दै गएको छ। यसैबीच, सिन्धुपाल्चोकको पर्यटन क्षेत्र र सुकुटे क्षेत्रमा देखिएका समस्या र प्रचण्डको उपस्थितिजस्ता विषयमा केन्द्रित रहेर  सिन्धु पर्यटन व्यवसायी संघका  अध्यक्ष तथा र्‍याफ्टिङ व्यावसायी महासंघ (नारा)का महासचिव नारायण श्रेष्ठसँग नेपाल लाइभले गरेको कुराकानीः

कोरोना भाइरस महामारीपछि सिन्धु पर्यटन कसरी उठ्दै छ?  

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीपछि सबै क्षेत्रमा असर परेको थियो। सँगै सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको देखियो। अन्य क्षेत्र छोटो समयमा ‘रिकभर’ भएर माथि उढ्दै छ। तर, पर्यटन क्षेत्रमा भने लामो समय यसो असर देखियो। अहिलेसम्म पनि असर परिरहेको छ। त्यतिबेलादेखि नै धेरै असर पर्दै आएको छ। हिजोका दिनमा भएका खाल्डो पुर्दै अगाडि बढ्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ।  त्यसैले सिन्धुपाल्चोकको पर्यटन विकासको लागि भनेर कोरोना महामारीपछि पनि हामी बिस्तारै बामे सरेर अगाडि बद्ढै गरेका छौ।

सिन्धुपाल्चोकका भोटेकोशी या सुनकोशी नदी र्‍याफ्टिङका लागि महत्वपूर्ण गन्तव्य मानिन्छन्। यिनलाई थप उचाईमा पुर्याउन के गर्न सकिन्छ? 

सिन्धुपाल्चोकको सुकुटेसँगै र दुई नदीहरू भोटेकोशी र सुनकोशी र्‍याफ्टिङका लागि ब्रान्ड बनिसकेका छन्। अब हामीले यो ब्रान्डलाई कसरी अगाडि बढाउने यसलाई व्यवस्थापन गरेर अगाडि बढ्न सके सुकुटे र यहाँको र्‍याफ्टिङ कायाकिङको बजार धेरै देखिएको छ। अब हामीले सुकुटेलाई आधार बनाएर धेरै पर्यटनको काम गर्न पर्नेछ।  अहिलेदेखि नै हामीले काम गर्नपर्ने देखिन्छ। सुकेटेसँगै समग्र सिन्धुपाल्चोकको विकासका लागि अहिलेसम्म बनेको ब्रान्डलाई कायमै राख्दै अगाडि बढ्न पर्ने देखिएको छ। यसमा राज्यले समेत ध्यान दिनपर्ने समय आएको छ। 
पछिल्लो समय सिन्धुपाल्चोकलाई चिनाउन भूमिका खेलिरहेको सुकुटेसँगै समग्र सिन्धुपाल्चोकलाई पर्यटनको ‘हब’ बनाउन के गर्नुपर्ला? 

अब राज्यले अब सिन्धुपाल्चोक र सुकुटेको लागि लगानी गर्न पर्ने देखिन्छ। अहिलेसम्म यहाँ व्यक्तिगत लगानीमात्र छ। व्यक्तिले चलाएका रिसोर्टले नै सिन्धुपाल्चोक चिनिएको छ। अब हामीजस्ता व्यावसायीलाई राज्यले प्रोत्साहन गर्नपर्ने देखिन्छ। हामीले राज्यलाई सबै किसिमका कर तिरेका छौं। सरकारले पर्यटन क्षेत्रको विकासको लागि विससित हुने खालको नीति बनाउन आवश्यक छ।  सुकुटे राजधानीबाट नजिक छ। छिटो पुग्न सकिने ठाउँ भएको हुनाले यो ठाउँलाई सुविधासम्पन्न र मनोरञ्जन दिन सकिने वातावरणबाट अगाडि बढाउन सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सुकुटे क्षेत्रलाई देशकै पर्यटकीय‘ हब’ बनाउने आधारशीला यी हुन् भनेर के–के पेश गर्न सक्नु हुन्छ?  

पानीसँग सम्बन्धित खेल हाम्रो प्राथमिकतामा छन्। हामीले अहिले एसियामा नै नभएको र्‍याफ्टिङ स्कुल सञ्चालन गर्ने तयारी थालेका छौं। यो र्‍याफ्टिङ स्कुल अति महत्वपूर्ण छ। यसले गर्दा देश विदेशलाई समेत प्रत्यक्ष फाइदा पुग्छ। योसँगै हरेक वर्ष सुकुटे महोत्सव गर्ने योजनामा छौं। यसले गर्दा सुकुटेको पहिचान थप बलियो बन्दै जान्छ ब्रान्डमाथि ब्रान्ड थपिन्छ। अर्को कुरा, स्थानीय स्तरमा नै उत्पादन भएका, सागपात, गोलभेँडा, कागती, आलु, चामललगायतलाई जोड दिएर अगाडि बढ्ने योजना बनाएका छौं। अर्कोतर्फ,   हाइकिङ, प्याराग्लाइडिङ, र्‍याफ्टिङ, कायकिङजस्ता विषय छन्। यसमा हामीले धेरै नै ध्यान दिएर लाग्नुपर्ने  अवस्था छ। यसका लागि हामीले योजना बनाएका छौं। यी योजनाले सिन्धु पर्यटनको विकास हुन्छ भन्ने हाम्रो दाबी छ। त्यसका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले हामीलाई सहयोग र साथ दिनसक्नु पर्छ। त्यसअनुसार यहाँ स्टार लेभलका होटेल रिसोर्ट बन्न सक्छन्।

योजना त सुनाउनु भयो, तर पछिल्लो समय भइरहेको आर्थिक मन्दीले पर्यटन क्षेत्रमा असर परिरहेको होला नि! असर कस्तो छ? 

Xtrem

Xtrem

अहिलेको आर्थिक मन्दीले गर्दा यसअघि चलेका होटेल रेस्टुरेन्ट, रिसोर्ट  पर्यटकीय नगरी लगायतमा धेरै असर पारेको छ। लगानी गर्न सक्ने अवस्था छैन।  लगानी गरेर काम गर्नको लागि बैंकिङ लोन मिलेको छैन।  हामीले लगानी जति पहिला गरेका छौ पछिल्लो समय त्यसमा मात्रै सीमित भएको छ। हरेक कुराको नयाँ–नयाँ योजना आउँछन् भने हामीले पनि पर्यटनलाई नयाँ के दिने त भन्दा लगानीको कुरा अगाडि आउँछ। त्यसैले अहिले देखिएको आर्थिक मन्दीले व्यवसायलाई धरासायी बनाएकै छ। यस्तै अवस्था भइरह्यो भने झनै खस्किन्छ।

आर्थिक मन्दीको असरबाहेक यस क्षेत्रका व्यवसायीले भोग्नु परेका अन्य समस्या के–कस्ता छन्?  

हामीले भोगेको समस्या भनेको सुरक्षाको ‘थ्रेट’ थियो। त्यसले गर्दा धेरै डर मानेर बस्नपर्ने अवस्था थियो। तर, अहिले सुरक्षाको ‘थ्रेट’ छैन। नदी कटान अथवा नदी उत्खनन्को समस्या छ। यसलाई राज्यले तत्काल नियन्त्रण गर्न सक्नुपर्छ, यो समस्या धेरै ठूलो छ। यस क्षेत्रमा जनशक्तिको पनि अभाव छ। हामीले जति गरेका छौं, त्यतिमात्रै हो।  अर्को विषय भनेको नदीमा फालिने फोहर हो। नदी फोहर हुँदा खानेपानी व्यवस्थापनमा समेत समस्या देखिने गर्छ।
 
चीनसँगको तातोपानी नाका नचल्दाका असर पनि त होलान्, कस्ता छन्? 

तातापानी नाका बन्द हुँदा आन्तरिक तथा बाह्य पर्यटक र पर्यटन क्षेत्रमा  ठूलो असर परिरहेको छ। पर्यटन क्षेत्रमात्रै होइन सिन्धुपाल्चोकलगायत देशलाई नै असर परेको छ।  नेपाली या विदेशी पर्यटक काठमाडौंदेखि सिन्धुपाल्चोकको सुकुटे, बाह्रबिसे र तातोपानी नाकाहुँदै कैलाश मानसरोवर पुग्छ्न्। तर, अब नाका बन्द हुँदा जान सक्ने अवस्था छैन।  त्यतिबेला सुकुटेमा ५० प्रतिशत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकोमा अहिले सबै बन्द भएको छ।  त्यसैले,  सुकुटेलाई  ठूलो असर पर्ने नै भयो। राजमार्गको दायाँबायाँ रहेको रिसोर्ट नाका चल्दाको समय धेरै विकास भएकै हो। तर, आज नाका नचल्दा पर्यटन क्षेत्र, व्यावसायसँगै सिन्धुपाल्चोकलाई नै ठूलो असर परेको छ। नाका चल्दा रातभर रिसोर्ट चल्थे भने अहिले त्यो छैन।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गन्तव्यमा सधैँ सुकुटे पर्ने गरेको छ। यसले यहाँको पर्यटनलाई कत्तिको मद्दत पुगेको छ? 

हामीले पार्टीको रूपमा लिएका छैनौ ब्रान्डको रूपमा लिएका छौं। उहाँहरूको पार्टीको मिटिङ बैठक जस्ता कार्यक्रमले सुकुटे एउटा ब्रान्ड बनेकै हो। यसलाई हामीले भन्ने गरेका छौं कि, सिन्धुपाल्चोकको सुकुटेमा प्रचण्ड जानुभन्दा अगाडि र गएपछिको मार्केट नै फरक छ। हामीले दशौं वर्ष लगानी गरेर यसलाई प्रचारप्रसार गर्न सकेका थिएनाै‌। तर, प्रचण्ड आएर बस्न थालेपछि व्यवसाय बढेको छ। अर्को कुरा, हामीले कसरी सुकुटेलाई ‘पर्यटकीय हब’ बनाउन सक्छौ भन्नेतर्फ हाम्रो ध्यान पनि गएको छ। प्रचण्डको आगमनले सुकुटेको छुट्टै पहिचान बनेको छ। हामीले यसलाई गर्वको रूपमा लिएका छाै‌। प्रचण्डमात्रै होइन अरु नेताहरू, कला र गीत–संगीत क्षेत्रका व्यक्तिसँगै सबै खाले मानिस सुकुटे आउनु पर्छ र यहाँको विकासको लागि सहयोग गर्नुपर्छ।

पहिलेदेखि नै सुकुटे आइरहने प्रचण्ड अहिले प्रधानमन्त्री छन्, यस्तोमा तपाईँको अपेक्षा के छ? 

प्रचण्ड अहिले प्रधानमन्त्रीको रूपमा देश हाँक्ने कुर्सीमा पुग्नुभएको छ। धेरै–धेरै बधाई छ। अहिले देशको अर्थतन्त्र खराब अवस्था छ। नेपालको विकास गर्ने भनेको पर्यटनल नै हो। यसर्थ, पर्यटनलाई यसलाई केन्द्रका राखेर नीति बनाउन आग्रह प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दछु। त्यस्तै उहाँ प्रधानमन्त्री भएलगत्तै रसुवा नाका खुलेको कुरा सुनेको छु। चीनसँग पहल गरेर तातोपानी नाका पनि छिटै खुलाइदिन आग्रह गर्छु। यो हुन सकेमा हाम्रो क्षेत्रका चिनियाँ पर्यटकहरू आउनेछन्। नेपालीहरूकोन गतिविधि पनि बढ्ने छ। 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको ह... बिहीबार, असोज १५, २०८३
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला जिल्ला प्रशासन कार्यालयका अनुसार गोरखाका ५८ वर्षीय आश गुरुङ, खोटाङका २१ वर्षीय सुरज राई र रुकुमका ५७ वर्षीय कलम बुढाको शव फेला परेको... बुधबार, असोज १४, २०८३
पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्