• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

प्रचण्डको आगमनले सुकुटे एउटा पर्यटकीय ‘ब्रान्ड’ बनेको छ, थप विकास अब हामीले गर्नुपर्छ : नारायण श्रेष्ठ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, पुस १६, २०७९  १८:५९
1140x725

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कुनै तनाब होस् वा पार्टीका लागि एकान्तस्थलको खोजीका लागि होस् उनी पुग्ने गन्तव्य हो सुकुटे बिच । सिन्धुपाल्चोकेमा रहेको यो क्षेत्र अहिले प्रचण्डसँग परिपुरकजस्तै देखिएको छ। देशको शीर्ष नेतृत्वको बारम्बारको आगमनलाई यहाँका व्यवसायीले ब्रान्डको रूपमा लिएका छन्।  सुकुटेबिचमा पछिल्लो पटक प्रधानमन्त्री प्रचण्ड मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नतिजा सार्वजनिक भएपछि परिवारसहित पुगेका थिए। पारिवारिक र राजनीतिक तनाब बिसाउने थलो बनेको सुकुटे पछिल्लो समय पर्यटकीय केन्द्र बन्दै गएको छ। यसैबीच, सिन्धुपाल्चोकको पर्यटन क्षेत्र र सुकुटे क्षेत्रमा देखिएका समस्या र प्रचण्डको उपस्थितिजस्ता विषयमा केन्द्रित रहेर  सिन्धु पर्यटन व्यवसायी संघका  अध्यक्ष तथा र्‍याफ्टिङ व्यावसायी महासंघ (नारा)का महासचिव नारायण श्रेष्ठसँग नेपाल लाइभले गरेको कुराकानीः

कोरोना भाइरस महामारीपछि सिन्धु पर्यटन कसरी उठ्दै छ?  

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीपछि सबै क्षेत्रमा असर परेको थियो। सँगै सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको देखियो। अन्य क्षेत्र छोटो समयमा ‘रिकभर’ भएर माथि उढ्दै छ। तर, पर्यटन क्षेत्रमा भने लामो समय यसो असर देखियो। अहिलेसम्म पनि असर परिरहेको छ। त्यतिबेलादेखि नै धेरै असर पर्दै आएको छ। हिजोका दिनमा भएका खाल्डो पुर्दै अगाडि बढ्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ।  त्यसैले सिन्धुपाल्चोकको पर्यटन विकासको लागि भनेर कोरोना महामारीपछि पनि हामी बिस्तारै बामे सरेर अगाडि बद्ढै गरेका छौ।

सिन्धुपाल्चोकका भोटेकोशी या सुनकोशी नदी र्‍याफ्टिङका लागि महत्वपूर्ण गन्तव्य मानिन्छन्। यिनलाई थप उचाईमा पुर्याउन के गर्न सकिन्छ? 

सिन्धुपाल्चोकको सुकुटेसँगै र दुई नदीहरू भोटेकोशी र सुनकोशी र्‍याफ्टिङका लागि ब्रान्ड बनिसकेका छन्। अब हामीले यो ब्रान्डलाई कसरी अगाडि बढाउने यसलाई व्यवस्थापन गरेर अगाडि बढ्न सके सुकुटे र यहाँको र्‍याफ्टिङ कायाकिङको बजार धेरै देखिएको छ। अब हामीले सुकुटेलाई आधार बनाएर धेरै पर्यटनको काम गर्न पर्नेछ।  अहिलेदेखि नै हामीले काम गर्नपर्ने देखिन्छ। सुकेटेसँगै समग्र सिन्धुपाल्चोकको विकासका लागि अहिलेसम्म बनेको ब्रान्डलाई कायमै राख्दै अगाडि बढ्न पर्ने देखिएको छ। यसमा राज्यले समेत ध्यान दिनपर्ने समय आएको छ। 
पछिल्लो समय सिन्धुपाल्चोकलाई चिनाउन भूमिका खेलिरहेको सुकुटेसँगै समग्र सिन्धुपाल्चोकलाई पर्यटनको ‘हब’ बनाउन के गर्नुपर्ला? 

अब राज्यले अब सिन्धुपाल्चोक र सुकुटेको लागि लगानी गर्न पर्ने देखिन्छ। अहिलेसम्म यहाँ व्यक्तिगत लगानीमात्र छ। व्यक्तिले चलाएका रिसोर्टले नै सिन्धुपाल्चोक चिनिएको छ। अब हामीजस्ता व्यावसायीलाई राज्यले प्रोत्साहन गर्नपर्ने देखिन्छ। हामीले राज्यलाई सबै किसिमका कर तिरेका छौं। सरकारले पर्यटन क्षेत्रको विकासको लागि विससित हुने खालको नीति बनाउन आवश्यक छ।  सुकुटे राजधानीबाट नजिक छ। छिटो पुग्न सकिने ठाउँ भएको हुनाले यो ठाउँलाई सुविधासम्पन्न र मनोरञ्जन दिन सकिने वातावरणबाट अगाडि बढाउन सकिन्छ।

Ncell 2
Ncell 2

सुकुटे क्षेत्रलाई देशकै पर्यटकीय‘ हब’ बनाउने आधारशीला यी हुन् भनेर के–के पेश गर्न सक्नु हुन्छ?  

पानीसँग सम्बन्धित खेल हाम्रो प्राथमिकतामा छन्। हामीले अहिले एसियामा नै नभएको र्‍याफ्टिङ स्कुल सञ्चालन गर्ने तयारी थालेका छौं। यो र्‍याफ्टिङ स्कुल अति महत्वपूर्ण छ। यसले गर्दा देश विदेशलाई समेत प्रत्यक्ष फाइदा पुग्छ। योसँगै हरेक वर्ष सुकुटे महोत्सव गर्ने योजनामा छौं। यसले गर्दा सुकुटेको पहिचान थप बलियो बन्दै जान्छ ब्रान्डमाथि ब्रान्ड थपिन्छ। अर्को कुरा, स्थानीय स्तरमा नै उत्पादन भएका, सागपात, गोलभेँडा, कागती, आलु, चामललगायतलाई जोड दिएर अगाडि बढ्ने योजना बनाएका छौं। अर्कोतर्फ,   हाइकिङ, प्याराग्लाइडिङ, र्‍याफ्टिङ, कायकिङजस्ता विषय छन्। यसमा हामीले धेरै नै ध्यान दिएर लाग्नुपर्ने  अवस्था छ। यसका लागि हामीले योजना बनाएका छौं। यी योजनाले सिन्धु पर्यटनको विकास हुन्छ भन्ने हाम्रो दाबी छ। त्यसका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले हामीलाई सहयोग र साथ दिनसक्नु पर्छ। त्यसअनुसार यहाँ स्टार लेभलका होटेल रिसोर्ट बन्न सक्छन्।

योजना त सुनाउनु भयो, तर पछिल्लो समय भइरहेको आर्थिक मन्दीले पर्यटन क्षेत्रमा असर परिरहेको होला नि! असर कस्तो छ? 

अहिलेको आर्थिक मन्दीले गर्दा यसअघि चलेका होटेल रेस्टुरेन्ट, रिसोर्ट  पर्यटकीय नगरी लगायतमा धेरै असर पारेको छ। लगानी गर्न सक्ने अवस्था छैन।  लगानी गरेर काम गर्नको लागि बैंकिङ लोन मिलेको छैन।  हामीले लगानी जति पहिला गरेका छौ पछिल्लो समय त्यसमा मात्रै सीमित भएको छ। हरेक कुराको नयाँ–नयाँ योजना आउँछन् भने हामीले पनि पर्यटनलाई नयाँ के दिने त भन्दा लगानीको कुरा अगाडि आउँछ। त्यसैले अहिले देखिएको आर्थिक मन्दीले व्यवसायलाई धरासायी बनाएकै छ। यस्तै अवस्था भइरह्यो भने झनै खस्किन्छ।

आर्थिक मन्दीको असरबाहेक यस क्षेत्रका व्यवसायीले भोग्नु परेका अन्य समस्या के–कस्ता छन्?  

हामीले भोगेको समस्या भनेको सुरक्षाको ‘थ्रेट’ थियो। त्यसले गर्दा धेरै डर मानेर बस्नपर्ने अवस्था थियो। तर, अहिले सुरक्षाको ‘थ्रेट’ छैन। नदी कटान अथवा नदी उत्खनन्को समस्या छ। यसलाई राज्यले तत्काल नियन्त्रण गर्न सक्नुपर्छ, यो समस्या धेरै ठूलो छ। यस क्षेत्रमा जनशक्तिको पनि अभाव छ। हामीले जति गरेका छौं, त्यतिमात्रै हो।  अर्को विषय भनेको नदीमा फालिने फोहर हो। नदी फोहर हुँदा खानेपानी व्यवस्थापनमा समेत समस्या देखिने गर्छ।
 
चीनसँगको तातोपानी नाका नचल्दाका असर पनि त होलान्, कस्ता छन्? 

तातापानी नाका बन्द हुँदा आन्तरिक तथा बाह्य पर्यटक र पर्यटन क्षेत्रमा  ठूलो असर परिरहेको छ। पर्यटन क्षेत्रमात्रै होइन सिन्धुपाल्चोकलगायत देशलाई नै असर परेको छ।  नेपाली या विदेशी पर्यटक काठमाडौंदेखि सिन्धुपाल्चोकको सुकुटे, बाह्रबिसे र तातोपानी नाकाहुँदै कैलाश मानसरोवर पुग्छ्न्। तर, अब नाका बन्द हुँदा जान सक्ने अवस्था छैन।  त्यतिबेला सुकुटेमा ५० प्रतिशत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकोमा अहिले सबै बन्द भएको छ।  त्यसैले,  सुकुटेलाई  ठूलो असर पर्ने नै भयो। राजमार्गको दायाँबायाँ रहेको रिसोर्ट नाका चल्दाको समय धेरै विकास भएकै हो। तर, आज नाका नचल्दा पर्यटन क्षेत्र, व्यावसायसँगै सिन्धुपाल्चोकलाई नै ठूलो असर परेको छ। नाका चल्दा रातभर रिसोर्ट चल्थे भने अहिले त्यो छैन।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गन्तव्यमा सधैँ सुकुटे पर्ने गरेको छ। यसले यहाँको पर्यटनलाई कत्तिको मद्दत पुगेको छ? 

हामीले पार्टीको रूपमा लिएका छैनौ ब्रान्डको रूपमा लिएका छौं। उहाँहरूको पार्टीको मिटिङ बैठक जस्ता कार्यक्रमले सुकुटे एउटा ब्रान्ड बनेकै हो। यसलाई हामीले भन्ने गरेका छौं कि, सिन्धुपाल्चोकको सुकुटेमा प्रचण्ड जानुभन्दा अगाडि र गएपछिको मार्केट नै फरक छ। हामीले दशौं वर्ष लगानी गरेर यसलाई प्रचारप्रसार गर्न सकेका थिएनाै‌। तर, प्रचण्ड आएर बस्न थालेपछि व्यवसाय बढेको छ। अर्को कुरा, हामीले कसरी सुकुटेलाई ‘पर्यटकीय हब’ बनाउन सक्छौ भन्नेतर्फ हाम्रो ध्यान पनि गएको छ। प्रचण्डको आगमनले सुकुटेको छुट्टै पहिचान बनेको छ। हामीले यसलाई गर्वको रूपमा लिएका छाै‌। प्रचण्डमात्रै होइन अरु नेताहरू, कला र गीत–संगीत क्षेत्रका व्यक्तिसँगै सबै खाले मानिस सुकुटे आउनु पर्छ र यहाँको विकासको लागि सहयोग गर्नुपर्छ।

पहिलेदेखि नै सुकुटे आइरहने प्रचण्ड अहिले प्रधानमन्त्री छन्, यस्तोमा तपाईँको अपेक्षा के छ? 

प्रचण्ड अहिले प्रधानमन्त्रीको रूपमा देश हाँक्ने कुर्सीमा पुग्नुभएको छ। धेरै–धेरै बधाई छ। अहिले देशको अर्थतन्त्र खराब अवस्था छ। नेपालको विकास गर्ने भनेको पर्यटनल नै हो। यसर्थ, पर्यटनलाई यसलाई केन्द्रका राखेर नीति बनाउन आग्रह प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दछु। त्यस्तै उहाँ प्रधानमन्त्री भएलगत्तै रसुवा नाका खुलेको कुरा सुनेको छु। चीनसँग पहल गरेर तातोपानी नाका पनि छिटै खुलाइदिन आग्रह गर्छु। यो हुन सकेमा हाम्रो क्षेत्रका चिनियाँ पर्यटकहरू आउनेछन्। नेपालीहरूकोन गतिविधि पनि बढ्ने छ। 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार
शेरबहादुर देउवाले चुनाव नलड्ने
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शेरबहादुर देउवाले चुनाव नलड्ने मंगलबार, माघ ६, २०८२
आज देशभर उम्मेदवारी दर्ता हुँदै, यी कागजात अनिवार्य मंगलबार, माघ ६, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्