काठमाडौैैैं– सिक्टा सिंचाइ आयोजनाको मूल नहर निर्माणमा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोली गठन गरेर छानबिन अघि बढाएको छ। आयोगले शुक्रबार सहसचिवको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समूह गठन गरेको हो।
आयोजनाको मूल नहर प्रयोगमा नै नआई भत्किएपछि त्यसमा अनियमितता भएको आशंका गरिएको छ। सिक्चा सिंचाई आयोजना राष्ट्रिय गौरवका आयोजना अन्र्तगतको प्रोजेक्ट हो।
अनुसन्धान समूहले स्थलगत अध्ययन समेत गर्ने गरी विस्तृत अनुसन्धानको कार्य अगाडि बढाइसकेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले पनि यस सम्बन्धमा छानबिन टोली गठन गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।