• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गुन्डा नाइकेमाथिकाे सम्पत्ति शुद्धीकरण मुद्दा : एकै दिन मुद्दा खेपेका ४ जनाले सफाइ पाउँदा गणेश लामा मात्र दोषी

64x64
नेपाल लाइभ बिहीबार, साउन २४, २०७५  १५:०७
1140x725

काठमाडौं– तत्कालीन समयमा अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ४ वर्ष लगाएर ५ जना गुण्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्यो। अवैधानिक क्रियाकलापबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको भन्दै २०७० जेठ ५ मा विशेष अदालतमा करोडौं रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भयो।

मुद्दा दर्ता भएको ४ वर्षपछि मात्रै विशेष अदालतले उक्त मुद्दामा फैसला सुनाउन थाल्यो। विशेषको अन्तिम फैसलामा ऐन जारी हुनुअघि उनीहरु विरुद्ध मुद्दा दायर भएको भन्दै एकपछि अर्को गरी सफाइ दिइयो। ५ मध्ये ४ अभियुक्तले यही नजिरका आधारमा विशेष अदालतबाट सफाइ पनि पाए। तर बिहीबार गुन्डा नाइके गणेश लामाको भने २५ करोड रुपैयाँको मात्र स्रोत खुलेको भन्दै १ करोड ४० लाख ५० हजार रुपैयाँ विगो बराबर जफत हुने फैसला सुनायो। 

लामाको फैसला हुदाँ उनी बाहेक अन्य सबै अभियुक्तहरु भाग्यमानी सावित भए। सुरुमा विशेष अदातलले मनाङबाट प्रदेशसभामा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) लाई सफाइ दियो। हाल ज्यान मार्ने उद्योगमा सजाय काटिरहेका उनलाई सम्पत्ति शुद्धीकरण ऐन आउनु अघिको सम्पत्ति जोडेर मुद्दा दायर भएको तर्क विशेषले गरेको थियो। सिआइबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा मनाङेको नाममा १४ करोडभन्दा बढीको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको देखिएको दाबी गरिएको थियो। तर, विशेषले त्यसलाई पुष्टि गर्ने आधार नै नभएको भन्दै २०७४ भदौ ५ मा सफाइ दिने फैसला सुनायो।

एकैदिन मुद्दा खेपेका अन्य ४ जना गुण्डा नाइकेको अन्तिम सुनुवाइ चलिरहेको समयमा मनाङेले पहिलो सफाइ पाएका थिए।

मनाङेपछि उनीसँगै कुनै समयका सहयात्री र हालका कट्टर दुश्मन चक्रे मिलनले सफाइ पाएका थिए। चक्रेले ८ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी गर्दै दायर भएको मुद्दामा सोही तर्क र नजिरको आधारमा उन्मुक्ति पाए।  

चक्रे मिलनको नाममा काठमाडौंमा ७ आना जग्गा र उनको परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड अवैध सम्पत्ति रहेको दावी गरिएको थियो। उनलाई विशेषले माघ १० गते सफाइ दिने फैसला सुनाएको हो।

चक्रे मिलनपछि अर्का गुण्डा नाइके परशुराम बस्नेतले सफाइ पाए। बस्नेतसँग विभागले ११ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको दावी गरेको थियो। बस्नेतले श्रीमतीसँगै सहयोगी मुकेश बस्नेतको नाममा गुण्डागर्दीबाट आर्जन गरेको सम्पत्ति जोडेको दावी गरिएको थियो। आरोपपत्रमा मोरङमा ४२ रोपनी जग्गा, ३ वटा गाडी, एडजोन एड्भटाइजिङ, पिआर हार्डवेयर, बंगलामुखी विल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवा लगायतमा भएको लगानी अवैध तरिकाबाट आर्जन गरिएकोले जफत हुने भनिएको थियो। 

तर, विशेष अदालतले उनको सम्पत्ति शुद्धीकरण ऐन आउनुअघि आर्जन गरेको भन्दै सफाइ दिएको थियो। विशेषले बस्नेतलाई २०७४ चैत २५ गते सफाइ दिने फैसला सुनाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

२०७५ असारमा अर्का प्रतिवादी अभिषेक गिरीले पनि सोही अभियोगमा सफाइ पाए। न्यायाधीशहरु बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले गिरीलाई सफाइ दिने फैसला सुनाएको हो। विभागले गुण्डा नाइके गिरीले २ करोड ९४ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दावी गरेको थियो। व्यक्ति अपहरण गरेको अभियोगमा हाल थुनामा रहेका गिरीले पनि मनाङेसहितका गुण्डा नाइकेको नजिरका आधारमा सफाइ पाएका हुन्।

एकैदिन अभियोग खेपेकामध्ये लामाको मुद्दा मात्र फैसला हुदाँ मात्र आशिंक ठहर भएको छ। विगतमा महान्यायाधीवक्ता कार्यालयले मुद्दा नचालउने भनि गरेको निर्णयभन्दा पछिको लामाको सम्पत्ति जोड्दा स्रोत नखुलेपछि उनी दोषी ठहर भएको विशेषको फैसलामा उल्लेख छ।

एकै अभियोगमा दर्ता भएका मुद्दामा अन्य अभियुक्तहरुले सफाइ पाएपनि लामाको हकमा उक्त नजिर लागू भएन।

विभागसँगको समन्वयमा सिआइबीले गरेको अनुसन्धानमा सबैको सम्पत्ति विवरण गैरकानुनी भएको दावी आरोपपत्रमा गरिएको थियो। विभाग र ब्युरोको संयुक्त अनुसन्धानमा लामाको सम्पत्तिको लामो फेहरिस्त देखाइएको थियो। लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको दावी आरोपपत्रमा गरिएको छ। 

लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गाका साथै २७ करोड रुपैयाँ अवैध सम्पत्ति रहेको दावी गरिएको छ। क्रसर र निर्माण कम्पनीमासमेत उनको सेयर रहेको आरोपपत्रमा उल्लेख थियो। 

बिहीबार फैसला गर्दै विशेषले सोही सम्पत्तिबाट लामासँग १ करोड ४० लाख ५० हजार रुपैयाँ विगो असुल गर्न भनेको छ। लामालाई दोषी ठहर गर्दै एक वर्षसम्म सजाय हुनेसमेत फैसला सुनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  १५:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्