काठमाडौं– सरकारले साउदी अरबबाट १८ जना नेपाली कामदारलाई ब्लडमनी रकम तिरेर नेपाल फर्काएको छ।
गत आर्थिक वर्ष २०७४/०७५ मा साउदी अरबमा ४१ जना नेपाली कामदार ब्लडमनीको मुद्धामा जेल परेका थिए। त्यसमा पहिलो चरणमा १८ जनालाई ब्लडमनी तिरेर जेल मुक्त गरेर नेपाल फर्काइएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ।
अन्य २३ जनालाई दोस्रो चरणमा ब्लडमनी तिरेर जेल मुक्त गराई नेपाल फर्काइने प्रक्रिया सुरु गरिएको दूतावासले जानकारी दिएको छ।
साउदी अरबमा रोजगारीका लागि गएका २ सय ४९ जना नेपाली विभिन्न कारणले ब्लडमनी सम्बन्धि मुद्धामा जेलमा रहेको दूतावासले जनाएको छ।
गत आर्थिक वर्षमा ४० लाख ११ हजार ८ सय ५४ रियाल अर्थात १ अर्ब ११ करोड ४३ लाख ३७ हजार ८ सय ४३ रुपैयाँ ब्लडमनी र अन्य कामदारको समस्याका लागि आवश्यक रकम परराष्ट्र मन्त्रालयमार्फत माग गरिएको दूतावासले जनाएको छ।
दूतावासका अनुसार उक्त आवश्यक रकम परराष्ट्र मन्त्रालयले दूतावासमा पठाइसकेको छ।
साउदी अरबमा अन्य ५० जना नेपालीको ब्लडमनी सम्बन्धी मुद्धा अदालतमा चलिरहेको दूतावासले जानकारी दिइएको छ। उनीहरुलाई पनि उद्धार गर्न दूतावासले पहल गरिरहेको जनाइएको छ।
सडक दूर्घटना, सवारी दुर्घटना र ज्यानसम्बन्धी मुद्धामा नेपाली कामदारमाथि ब्लडमनीको जरिवाना र सजाय हुने गरेको छ।
ब्लडमनी रकम तिरेर नेपाल फर्काइएका नेपाली कामदारकाे सूची:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।