काठमाडौं– बलाधिकृत रथी पूर्णचन्द्र थापाले नेपाली सेनाको कमान्ड सम्हालेका छन्। भदौ २४ गतेदेखि अवकाश पाउन लागेको प्रधानसेनापति राजेन्द्र क्षत्री बिहीबारदेखि विदामा बसेपछि थापाले सेनाकाे कमान्ड सम्हालेका हुन्।
बिहीबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा क्षत्रीले थापालाई कार्यभार हस्तान्तरण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
रथी थापालाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले आजदेखि लागू हुने गरी कामयमुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएकी थिइन्।
बुझबुझारथ पश्चात कामु प्रधानसेनापति थापाले नेपाली सेनालाई आधुनिकिकरण गर्ने प्रयास स्वरुप ‘लेस पेपर इन्भायरोमेन्ट’ को अवधारणाअनुसार डिजिटाइजेनको सुरुवात गरेका छन्। साथै काठमाडौं तराई दु्रतमार्गको आयोजना कार्यान्वायनको लागि गठिन निर्देशक समितिको अध्यक्षको कार्यभार बलाध्यक्ष रथी हेमन्तराज कुँवरलाई हस्तान्तरण गरेका छन्। थापा तीन वर्ष नेपाली सेनाको नेतृत्वमा रहने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।