• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपालमै हुन्छ सबै क्यान्सरको उपचार

64x64
नेपाल लाइभ बिहीबार, साउन २४, २०७५  ११:५८
1140x725

नेपालमा क्यान्सरको अवस्था बढ्दो क्रममा छ। यो रोग शरीरका कुनै पनि अंगमा र जुनसुकै उमेरमा पनि लाग्न सक्छ। विगतमा पनि क्यान्सरका बिरामी नभएका होइनन्। पहिले पनि मानिसहरू क्यान्सरबाट मर्थे। तर त्यसको कारण थाहा हुँदैथ्यो। तर अहिले रोग निदानको विकाससँगै यो पत्ता लाग्ने क्रम बढेको छ र बिरामी पनि बढेका छन्।

नेपालमा क्यान्सर रोगबारे कुनै पनि जनसंख्यालाई आधार मानेर कुनै सर्वेक्षण भएको छैन। अहिलेको उपलब्ध तथ्याङक भनेको अस्पतालमा आधारित हो। हरेक क्यान्सर अस्पतालमा कुन क्यान्सरका बिरामी, कति भन्ने फरक–फरक तथ्यांक छ। तर समग्रमा हेर्ने हो भने नेपालमा महिला–पुरुष दुवैमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा  छ। 

उदाहरणका लागि भरतपुर क्यान्सर अस्पतालमा मुख क्यान्सरका बिरामी बढी छन् भने भक्तपुर क्यान्सर अस्पतालमा पाचनप्रणालीका क्यान्सरका बिरामी बढी देखिएको छ। 

महिलाको मात्र कुरा गर्ने हो भने पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा छ। जुन अवस्थामा नवयुवतिहरूमा स्तन क्यान्सर देखिएको छ त्यसले पाठेघरको मुखको क्यान्सरलाई उछिन्न सक्छ भन्ने हामीलाई आंशका छ। दक्षिण एसियाली देशमै पाठेघरको मुखको क्यान्सर धेरै  छ। यसो हुनुमा धेरै कारण छन्। जस्तो दुईभन्दा बढी जनासँग शारीरिक सम्पर्क राख्दा, सानो उमेरमै बिहे गरी धेरै बच्चा जन्माएका, ढिलो विवाह गर्नेजस्ता कारणले यो क्यान्सर हुने सम्भावना हुन्छ। तर पहिलो कारण भने ह्युमन प्यापिलोमा भाइरसको संक्रमण नै हो। 

त्यसैकारण  निकै सानो उमेरका महिलालाई पनि पाठेघरको मुखको क्यान्सर हुने गर्छ। तर, यो निकै कम देखिन्छ। यो रोग नियन्त्रणका लागि लगाउने भ्याक्सिन पनि आइरहेको छ। समय–समयमा पाठेघरको मुखको पानीको जाँच गरेर यो भाइरस भए–नभएको पत्ता लगाउन सकिन्छ।

हामीले कस्तो योजना बनाएर क्यान्सरविरुद्ध लड्नुपर्छ भन्ने कुरा जनसंख्यामा आधारित सर्वेक्षणबाट मात्र थाहा हुन्छ। त्यसो हुने हो भने फरक–फरक क्यान्सरलाई कसरी उपचार प्रक्रिया अपनाउने भन्ने आधार तयार हुन्थ्यो।

अहिले सर्नेभन्दा नसर्ने रोग बढी छ। अहिले जुन अस्पतालमा गयो त्यहाँ मिर्गौला, क्यान्सर, मुटुका बिरामी छन्। यो बढ्दो क्रममा छ। यस आधारमा नेपालमा पहिल्यै जनसंख्यामा आधारित सर्वेक्षण हुनुपथ्र्यो। अबचाँहि सुरु गर्ने तयारी छ। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, विश्व स्वास्थ्य संगठनलगायत मिलेर जनसंख्यामा आधारित सर्वेक्षण गर्ने प्रयास गरेका छन्। त्यसबाट आएको तथ्यांकबाट पनि हामीले धेरै प्रश्नको उत्तर दिन सक्छौँ।

Ncell 2
Ncell 2
nimb
nimb

बुझ्नुपर्ने कुरा के छ भने हरेक क्यान्सरको सुरु सुर्तिजन्य पदार्थका कारणले हुन्छ। त्यसैले यस्ता पदार्थको सेवन नियन्त्रण, स्वस्थ जीवनशैली, असन्तुलित आहारविहारमा ध्यान दिनु जरुरी  छ।
पछिल्लो समय क्यान्सरलगायत धेरै कडाखालका रोगको उपचार नेपालमै हुन्छ। विभिन्न रोगका विशेषज्ञको उत्पादनसँगै बिरामीको चाप पनि बढेको छ। नेपालमा हाल विभिन्न क्यान्सरका करिब एकसय जना विशेषज्ञ छन्। यो सय जनाको भागमा करिब  तीन लाख बिरामी पर्छ। 

२५–२६ वर्ष पहिले हामी बाहिरबाट पढेर आउँदा धेरै थोरै संख्यामा विशेषज्ञ मात्र थियौँ। त्यो समयमा  नेपालमा  क्यान्सरको विशेषज्ञता पढाई हुदैथ्यो। अहिले  न्याम्समै क्यान्सर विशेषज्ञता पढाइ भइरहेको छ। हामी अहिले के भन्न सक्छौँ भने नेपालमा ९० प्रतिशत क्यान्सर रोगको उपचार सम्भव छ। नयाँ उपकरण प्रविधि पनि भित्रने क्रम बढेकाले  उपचारलाई सहज बनाएको छ।  तर एकैपटक हाइ डोज रेडियसन प्रयोग गरी  सर्जरीलगायतका केही प्रविधि नेपालमा छैन। 

हामीले क्यान्सर बिरामीलाई उपचार गरी निको बनाएर घर पठाएपछि पनि जीवनभर हामीकहाँ आउनुहोस् भनेर पठाउँर्छौँ। समय–समयमा जाँच गर्दै उहाँको स्वास्थ्य स्थिति थाहा हुन्छ। तर रोग फर्कने कारण धेरै हुन्छ। कसैलाई एउटा क्यान्सर निको भए अर्को अंगमा क्यान्सर हुने जोखिम पनि हुन्छ। एउटै मानिसलाई तीन फरक–फरक क्यान्सर हुने व्यक्ति पनि धेरै छन्। फलोअप समय–समयमा गरेका सुरुका अवस्था पत्ता लगाउँदा उपचार भरपर्दो हुन्छ।

क्यान्सरका चार चरण हुन्छन्।  पहिलो चरणमा क्यान्सर पत्ता लागेमा उपचार  र निको हुने सम्भावना धेरै हुन्छ। विडम्बना के छ भने हामीकहाँ आइपुग्ने करिब ७० प्रतिशत बढी बिरामी चौँथो चरणमा पुगिसकेका हुन्छन्।

सार्क फेडेरेशन अफ अंकोलोजिस्ट नेपालको म भर्खरै अध्यक्ष चुनिएको छु ।  यो २००१ मा सार्क राष्ट्रका क्यान्सर विशेषज्ञले स्थापना भएको हो। त्यसपछि हामीले २००१ मा नै नेपाल च्याप्टर खोलेका हौँ । यो संस्था नेपालमा निकै सक्रिय छ। यसको मुख्य काम क्यान्सरका बारे नयाँ–नयाँ आविष्कार सेयर गर्ने, युवा क्यान्सर चिकित्सकलाई  हौसला दिई फेलोसिपहरू दिलाउने, विभिन्न वैज्ञानिक कार्यक्रम बढाउने, समग्र क्यान्सर रोगको नियन्त्रणका के भूमिका खेल्न सक्छौँ भनेर काम गर्ने, नेपालको क्यान्सर उपचार सेवालाई अझ माथि पुुर्‍याउने तथा गुणस्तरीय बनाउने हो। यी काम गर्न हामी सक्रिय रुपमा लागिरहेका छौँ।

नर्भिक अस्पतालले पनि भर्खरै छुट्टै क्यान्सर यूनिट बनाएर उपचार सेवा सुरु गरेको छ नर्भिक क्यान्सर केयर सेन्टरको रुपमा। अहिले किमोथेरापी  मात्र सुरु भएको छ। निकट भविष्यमा नै ठूलो रेडियसन मेसिन र बोनम्यारो ट्रान्सप्लान्ट लिएर छुट्टै क्यान्सर अस्पताल बनाउने सोच नर्भिकको छ।

 (डा बराल नर्भिक क्यान्सर केयर सेन्टरका प्रमुख हुन् ) 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्