काठमाडौं– गणेश लामा सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भएका छन्। उनी विशेष अदालतबाट दोषी ठहर भएका हुन्। उनलाई अदालतले एक वर्ष कैद र एक करोड विगो जफत गर्ने फैसला गरको हो।
उनले गुन्डागर्दी लगायत अपराधिक गतिविधिबाट २७ करोड १ लाख रुपैयाँ सम्पती जोडेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। बिशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी ,न्यायाधीशद्धय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले बिहीबार लामालाई सफाई दिने फैसला सुनाएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानमा आधारीत भएर २०७० साल जेठ ५ गते लामा सहित पाँच जना गुन्डा नाईके विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर भएको थियो। मुद्दा दर्ता भएको पाँच वर्षपछि विशेष अदालतले अन्तिम फैसला सुनाउँदै लामालाई सजाय दिएको हो।
विभागले ५ जना गुन्डा नाइके विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। अन्य चार जनाले अदालतबाट सफाइ पाइसकेका छन्। विशेषले लामाले आर्जन गरेको सम्पत्ति सम्पत्ति शुद्धीकरण ऐन आउनु अघिको देखिएको भन्दै सफाई दिने फैसला सुनाएको हो। विभाग र ब्युरोको संयुक्त अनुसन्धानमा लामाको सम्पत्तिको लामो फेहरिस्त देखिएको दावी गरिएको थियो। लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोलपम्प र जग्गामा प्रशस्त लगानी रहेको दाबी गरिएको थियो।
लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गाका साथै २७ करोड १ लाख अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो।
हाल उनी हातहतियार मुद्दामा डिल्लीबजार कारागारमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।