• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मृत घोषणा गरेको २५ वर्षपछि घर फर्किएका दाजुसहित परिवारकाे हत्या

64x64
नेपाल लाइभ बिहीबार, साउन २४, २०७५  १९:१६
1140x725

राजविराज– सप्तरीको राजविराज नगरपालिका–१५ मुसर्नीयाकी २४ वर्षीया वेचनीदेवी साहको गत जेठ ३१ गते राति शव फेला पर्‍यो। कुहिएको अवस्थामा उनको शौचालयको सेफ्टी ट्यांकीमा फेला परेपछि प्रहरीले थप अनुसन्धान अघि बढायो।

डेढ वर्षीया छोरीसहित वेचनीका पति सूर्यनारायण सम्पर्कविहीन भएपछि प्रहरीले हत्यामा उनकै संलग्नताको आशंका गरेर थप अनुसन्धान थाल्यो। तर प्रारम्भिक प्रतिवेदनमा भने प्रहरीले डरलाग्दो रहस्य फेला पारेको छ।

वेचनीको हत्यामा उनकै देवर ३६ वर्षीय मुर्जा भन्ने पञ्चदेव मुख्य योजनाकारका देखिए भने हत्यामा १० जनाको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ। संलग्नमध्ये अधिकांश आफन्त र छिमेकी छन्, जसमध्ये ५ जना पक्राउ परिसकेका छन्।

यसरी भयो घटना
घटना अनुसन्धानका क्रममा शंका गरिएका सूर्यनारायण फेला नपरेपछि साउन ७ गते वेचनीदेवीका देवर पञ्चदेव, पञ्चदेवकी पत्नी प्रमिलादेवी, सालो सत्यनारायण साह, छिमेकी २४ वर्षीय धर्मेन्द्र साह र ५० वर्षीय थापा भन्ने जिवछ साहलाई प्रहरीले पक्राउ गर्यो उनीहरुको बयानपछि भने आफूहरु नै आश्चर्यमा परेको सप्तरीका डिएसपी भावेश रिमाल बताउँछन्। ‘आफ्नै भाइले दाजुको वंशनाश गरेको यो घटना आफैमा आश्चर्यजनक छ,’ उनले भने। 

पक्राउ परेकाहरु


पक्राउ परेकाहरुले सूर्यनारायणसहित उनकी गर्भवती पत्नी र छोरी प्रतिमाको आफूहरुले नै हत्या गरेको बयान दिएका छन्। उनीहरुका अनुसार बाबुछोरीको शव कोशी पश्चिमी नहरको च्यानलमा गाडिएको छ। तर प्रहरीले शव अझै फेला पार्न सकेको छैन।

प्रहरीका अनुसार पञ्चदेवको योजनामा नै पत्नी र छोरीसहित सूर्यनारायणको हत्या गर्ने निधो भयो। ‘योजना अनुसार जेठ २६ गते गाउँ नजिकैको बजार भरेर फर्कने क्रममा बाटोमा पर्ने बाँसघारीमा सूर्यनारायणलाई रक्सी ख्वाइयो,’ घटना अनुसन्धान गरिरहेका डिएसपी रिमाल भन्छन्, ‘उनी मातिसकेपछि छोरीसहित उनको समेत घाँटी थिचेर हत्या गरेको खुलेको छ।’

बाबुछोरीको हत्यापछि घरमा सुतिरहेकी वेचनीदेवीको पनि सोही दिन हत्या गरी शौचालयको सेफ्टी ट्यांकीमा फालिएको रिमालले बताए। ‘दुर्गन्ध आउन थालेपछि हामीलाई गाउँलेले जानकारी गराए,’ उनले थपे, ‘कुहिएको अवस्थामा पनि उनको सनाखत भयो र हामी घटनाको पर्दाफास गर्न लगभग सफल भएका छौं।’ केही आरोपीहरु फरार रहेकाले उनीहरुलाई पक्राउ गर्ने प्रयास भइरहेको उनी बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

किन भयो हत्या?
सम्पत्तिको लोभ र घरव्यवहारको रिसिबीका परिवारकै हत्या भएको प्रहरीले जनाएको छ। वर्षौंदेखि एकलौटी उपभोग गर्दै आएको सम्पत्ति एकाएक अंश लगाउनुपर्ने अवस्था भएपछि सूर्यनारायणको परिवार नै सिध्याएर सम्पूर्ण सम्पत्ति एकलौटी बनाउने लोभमा पञ्चदेवले हत्या योजना बनाएको प्रहरीको निष्कर्ष छ।

घटनाको केही दिनअघि पनि नागरिकता बनाउने विषयमा सूर्यनारायण र भाइ पञ्चदेवबीच विवाद भएको प्रहरीको भनाइ छ।

गाउँलेहरुका अनुसार २०४७ सालमा मृत्यु भएका भनिएका सूर्यनारायण गत २०७२ असारमा घर फर्किएका थिए। उनी फर्किएपछि जिल्लाभरि नै खैलाबैला मच्चियो, तर आफ्नै भाइको मनमा चिसो पसेको कसैले सुइँकोसम्म पाउन सकेनन्।

घर आएपछि सूर्यनारायणले महदेवा–३ बस्ने मामा चलितर साहले आफूलाई बिक्री गरेको आरोप लगाउँदै कारबाहीका लागि प्रहरीमा उजुरी दिएका थिए। मामाले भारतको पञ्जाब राज्य अन्तर्गत जालन्धरमा रहेको फलाम उद्योगमा लगि आफूलाई ८० हजार (भारतीय रुपैयाँ) मा बेचेको उनको दाबी थियो।

सूर्यनारायणको मृत्युको कथा
२०४७ असोजको दोस्रो साता (दसैंको समयमा) चलितर दिदी सोमावती साह (सूर्यनारायणकी आमा) को घरमा पुग्छन्। आफू पञ्जावको राम्रो कम्पनीमा काम गरिरहेको बताउँदै भान्जालाई पनि उतै काममा लगाइदिने आश्वासन दिएपछि दिदी खुसी हुन्छिन्। घरको आर्थिक भार पनि कम हुने र छोराले उल्टै कमाइ पनि गर्ने आशामा तीन छोरामध्ये जेठो सूर्यनारायणलाई उनी भाइ चलितरको जिम्मा लगाउँछिन्। आफनो भाविष्यका बारेमा निर्णय लिन नसक्ने १० वर्षीय सूर्यनारायण मामाको साथ लागेर भारत पुग्छन्।

तर, त्यसको तीन महिनापछि गाउँ फर्किएका चलितर सुनाउँछन्– दुर्घटनामा परी भान्जाको मृत्यु भयो।

काम गर्ने क्रममा छतबाट लडेर भान्जाको निधन भएको खबरले सूर्यनारायणका आमाबुबा विक्षिप्त बन्छन्। छोराको मृत्यु भएको खबरले हृदायघातबाट ढलेका बाबु वेचन फेरि उठ्न सकेनन्, भोलिपल्टै उनको पनि निधन हुन्छ।

आमासँग सूर्यनारायण


यता, पति र छोराको मृत्युले सोमावतीलाई बज्रपात पर्छ। तर, उनले धैर्य गर्दै विधिपूर्वक पति र छोराको काजकिरिया गर्छिन्। बिस्तारै चोटमा खाटा बस्दै जाँदा गाउँसमाजले पनि सूर्यनारायण र वेचनलाई बिर्संदै जान्छन्। 

त्यो घट्नापछि चलितर पनि भारत फर्किएर गएनन्। गाउँघरमै खेतीपाती गरेर उनको दैनिकी चल्न थाल्यो। 

तर, मरिसकेको भनिएका सूर्यनारायण गत २०७२ असार १७ गते टुप्लुक्क घर आइपुगे।

आमालाई देख्नेबित्तिकै सूर्यनारायणले सबै कुरा गाउँले समेतलाई सुनाए। चलितरले भने भान्जा मरिसकेको दाबी गर्दै उनलाई 'बहुरुपीया'को आरोप लगाएपछि कुटपिटको अवस्था पनि आको र सोही क्रममा चलितरलाई नियन्त्रणमा लिइएको डिएसपी रिमाल बताउँछन्।

जालन्धर सहरबाट करिब १० किलोमिटरको दुरीमा रहेको फलाम उद्योगमा मामाले  छोडेर आएपछि आफूलाई बन्धक बनाएर काममा लगाइको सूर्यनारायणको भनाइ छ। 'उद्योगमा चिया पुर्याउने भारत समस्तीपुर निवासी एक व्यक्तिको सल्लाह र सहयोगमा भाग्न सफल भएँ,' उनले सुनाए।

गाउँ फर्किएपछि उनले अलि कम १३ वर्ष कम उमेरकी छिन्नमस्ता गाउँपालिका निवासी वेचनीदेवीसँग विवाह गरे। 

हत्या गर्दा वेचनीको पेटमा चार महिनाको गर्भसमेत रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्