• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कसरी च्यापिन्छ ढाडको नशा?

64x64
नेपाल लाइभ बिहीबार, साउन २४, २०७५  १६:०५
1140x725

ढाड दुख्नुका धेरै कारण हुन्छन्। ती मध्ये मेरुदण्डको नशा च्याप्पिएर हुने दुखाइ प्रमुख कारणमा पर्छ। ढाड दुख्ने समस्या लिएर उपचारका लागि आउने अधिकांशमा नशा च्याप्पिएर ढाड दुख्ने गरेको पाइन्छ। मेरुदण्डको नशा च्याप्पिएर हुने दुखाइलाई 'न्युरोजेनिक पेन' भनिन्छ।

मेरुदण्डको नशा च्याप्पिएको छ भने दुखाइ ढाडबाट सुरु भएर खुट्टासम्म पुग्छ। ढाड र खुट्टा दुख्ने मात्र होइन हिँडन पनि गाह्रो हुन थाल्छ। नशा च्याप्पिएको छ वा छैन भनेर एमआरआई नै गरेर हेर्नुपर्ने हुन्छ। यस्तो समस्या हुनेहरुलाई खुट्टाले शरीरको भार थेग्न गाह्रो भएको महसुस हुन्छ। थोरै हिँड्दा पनि खुट्टा गल्ने र दुख्ने गर्छ। ढाडको नशा च्यापिएको छ भने सिधा भएर सुत्न पनि गाह्रो हुन्छ। यो समस्याको उपचारमा जति ढिलाइ गरियो त्यति नै जटिल हुँदै जान्छ। धेरै दुखाइ भयो र समयमै उपचार भएन भने विस्तारै ढाडभन्दा मुनिको भाग चलाउन गाह्रो हुने र खुट्टा नचल्ने समस्या थपिन्छ। केहीलाई दिसा-पिसाब पनि अकस्मात रोकिने हुन सक्छ। यस्तो अवस्थामा ६ घण्टाभित्र उपचार भएन भने बिरामीलाई सधैँका लागि प्यारालाइसिस हुने सम्भावना रहन्छ। न्युरोजेनिक पेन प्रायः ४० वर्षपछि मात्र देखिने समस्या भए पनि अहिले सबै उमेर समूहका मानिस यसबाट पीडित हुने गरेका छन्।

मेरुदण्डको नशा च्यापिने कारण

१. उमेरः उमेर जति बढ्दै गयो त्यति नशा च्यापिने सम्भावना बढ्दै जान्छ। उमेर बढ्दै जाँदा मेरुदण्डको 'डिस्क' खिइँदै जान्छ। डिस्क सुक्दै गएपछि नशा च्यापिने सम्भावना बढ्छ।

२. चोटपटकः लडेर वा खेलकुदका क्रममा शरीरको सन्तुलन बिग्रिई ढाडमा चोटपटक लाग्दा वा सड्किँदा पनि नशा च्यापिन सक्छ। केटाकाटी वा खेलाडीलाई यो समस्या बढी आउँछ। चोटपटकका कारणले 'डिस्क प्रोल्याप्स' हुँदा ढाड अत्याधिक दुख्छ। फुटबल, क्रिकेट खेलाडीहरु घाइते भएर बस्ने गरेका अधिकांश घटनामा मेरुदण्डको नशा च्यापिएको हुने गर्छ।

३. इडियोप्याथिकः कहिले काहीँ कुनै कारण बिना नै ढाडको नशा च्यापिने गर्छ। कारण पत्ता नलाग्ने तर नशा च्यापिने समस्यालाई इडियोप्याथिक भन्ने गरिन्छ।

४. पोजिसनः एउटै पोजिसनमा घण्टौँ बसेर काम गर्नेहरुको मेरुदण्डको नशा च्यापिन सक्छ। लामो समय एकै आशनमा बसेर कम्प्युटरमा काम गरिरहनुपर्दा पनि ढाड दुख्ने समस्या आउँछ। एकोहोरो बसेर काम गर्नेहरुले ढाडको नशा च्यापिनबाट जोगिनका लागि बसाइको पोजिसन फेरिरहनु राम्रो। अर्थात् अढेस लाउन मिल्ने कुर्सीको प्रयोग गर्नुपर्छ। कुनै भारी सामान उठाउनु पर्दा खुट्टालाई अगाडि पछाडि पारेर उठाउनु राम्रो, सिधा पोजिसनमा भारि उठाउँदा ढाडको नशा च्यापिन सक्छ।

५. रोगः विभिन्न रोगका कारण पनि मेरुदण्डको नशा च्याप्पिन सक्छ। जस्तैः हड्डी/नशा/स्पाइनल कर्ड आदिको ट्युमरका कारण नशा च्यापिएको हुन् सक्छ। क्षयरोगका कारण हड्डी मक्किएर नशा च्याप्पिन्छ। जन्मजात ढाड बाङ्गो भएकाहरुलाई पनि नशा च्याप्पिने सम्भावना बढी हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

उपचार

विभिन्न रोगका कारण मेरुदण्डको नशा च्याप्पिएको भएमा रोग विशेष उपचारमा जानुपर्छ। तर, स्वास्थ्य अवस्था ठिक हुँदाहुँदै पनि नशा च्याप्पिएको छ र कारण पत्ता लाग्न सकेन भने विशेष उपचारमा विधि अपनाउनुपर्ने हुन्छ। यस्तो भएमा सुरुमा सामान्य नशाको औषधिको प्रयोग गर्ने र ६ हप्तासम्म फिजियोथेरापी गरेर हेर्ने।

त्यसबाट पनि कुनै सुधार आउन सकेन भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। शल्याक्रिया तीन किसिमबाट गरिन्छः

दुरविनबाट गरिने शल्यक्रिया

Xtrem

Xtrem

यो शल्यक्रिया मेरुदण्डभन्दा ९ सेन्टिमिटर टाढा सानो प्वाल बनाएर दुरविनबाट गरिने शल्याक्रिया हो। यो शल्यक्रिया बिरामीलाई बेहोस नपारीकन आधुनिक तरिकाले गरिन्छ। यसलाई इन्डोस्कोपिक डिस्केकटोमी भनिन्छ। यसमा शल्याक्रियापछि टाँका पनी लगाउनुपर्दैन भने मेरुदण्डको मांसपेशीमा पनी यसले कुनै असर गर्दैन। यस्तो खालको शल्याक्रिया गर्दा ४० देखि ५० मिनेट लाग्छ र बिरामी शल्याक्रियापछि घर फर्किन सक्छ।

माइक्रोस्कोपबाट गरिने शल्याक्रिया (एमआइएसएस)

यो माइक्रोस्कोपको सहयोगमा सानो प्वाला पारेर ट्युबबाट गरिने शल्याक्रिया विधि हो। शल्याक्रियामा तरिका चाहिँ इन्डोस्कोपिक डिस्केकटोमीझैँ भए पनि यसमा बिरामीलाई पूरै बेहोस पार्नुपर्ने हुन्छ।

ओपन सर्जरी

यो परम्परागत शैलीको शल्यक्रिया हो। यसमा बिरामीलाई बेहोस बनाई मेरुदण्ड पूरै खोलेर च्यापिएको नशा निकाल्ने काम गरिन्छ।

बच्ने उपाय

१. नियमीत व्यायम गर्ने।

२. एउटै पोजिसनमा घण्टौँ नबस्ने।

३. ढाडलाई अढेस लगाएर बस्न मिल्ने कुर्सीको प्रयोग गर्ने।

४. मोटरसाइकल चलाउँदा ध्यान दिने, गह्रुङ्गो हेल्मेट नलगाउने। मोटरसाइकलमा लामो यात्रा नगर्ने।

५. खेल्दा, उफ्रिँदा वा दौडिँदा ढाडमा लाग्ने चोटपटकबारे सावधान रहने।

६. शरीरको तौल सन्तुलनमा राख्ने।

७. गह्रुङ्गो सामान उठाउँदा हतार नगरी शरीरको सन्तुलन मिलाएर मात्र उठाउने।

८. ढाडमा अत्याधिक दुखाइ भएमा चिकित्सकको परामर्श लिने।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०७५  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्