• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सांसद किरणकुमार साहलाई प्रश्न- सपथका लागि संस्कृत भाषा किन रोज्नुभयो? [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, पुस ७, २०७९  १०:१५
1140x725

काठमाडौं– नवनिर्वाचित सांसदहरुले बिहीबार सपथ ग्रहण गर्दैछन्। धेरै सांसदहरुले नेपाली भाषामा सपथ लिनेछन् भने झन्डै दुई दर्जन सांसदले मातृभाषा लगायतका अन्य भाषामा सपथ लिने गरी संसद् सचिवालयमा जानकारी गराइसकेका छन्। 
नेपालीइतरको भाषामा सपथ लिने त्यस्तै एक सांसद हुन्, किरणकुमार साह। रौतहट- २ बाट निर्वाचित भएका उनले संस्कृत भाषामा सपथ लिँदैछन्। यो भाषा बोलिचालीमा खासै प्रयोग हुँदैन। हिन्दूशास्त्रका पुस्तकहरु बाहेक अन्य पुस्तकहरु पाउन पनि मुस्किल छ। यस्तो परिप्रेक्ष्यमा यही भाषामा सपथ लिने निर्णय गर्नुको कारण के हो? नेपाल लाइभका लागि किशोर दहालले साहसँग संक्षिप्त प्रतिक्रिया लिएका छन्।

संस्कृत भाषामा सपथ खाने निर्णय गर्नुभएछ। किन?
हाम्रो राष्ट्र पहिलेदेखि नै हिन्दू सनातन धर्म अनुसार चल्दै आएको हो। विश्वमा पनि एउटा हिन्दू राष्ट्र भनेर चिनिने गरेको थियो। अहिले भने संस्कृत भाषाको बिदाइ नै गर्न लागेका छन्। तर यो भाषा धेरै भाषाको जननी हो। त्यसैले यो भाषाले राष्ट्रिय एकतालाई जोड्ने र मजबुत बनाउन सक्छ। त्यसैले यो भाषा लोप नहोस्, बरु उजागर होस् भनेर मैले संस्कृत भाषामा सपथ लिने निर्णय गरेको हो। 

अर्कोतिर, नेपालमा संस्कृत भाषा एकदमै आवश्यक छ। किनकि, यहाँ ९६ प्रतिशत हिन्दू धर्मावलम्बी छन्। त्यसैले सम्पूर्ण नेपालीको शिर ठाडो हुने गरी मैले संस्कृतमा सपथ खाने निर्णय लिएको हुँ। 

तपाईं रौतहट- २ बाट निर्वाचित हुनुभएको हो। यसअघि त्यस क्षेत्रबाट मुस्लिम समुदायका मोहम्मद आफताब आलम निर्वाचित हुनुहुन्थ्यो। अब तपाईं हिन्दू समुदायको व्यक्ति निर्वाचित हुनुभयो। अब सो क्षेत्रमा हिन्दू सांसदको उदय भयो भन्ने सन्देश दिनलाई संस्कृत भाषामा सपथ लिने निर्णय गर्नुभएको हो कि?
त्यस्तो केही होइन। मेरो निर्णयलाई सबैले सकारात्मक रुपमा लिएका छन्। हाम्रा मुस्लिम साथीभाइहरुले, नेता तथा कार्यकर्ताहरुले सौहार्दपूर्ण तरिकाले सकारात्मक प्रतिक्रिया जनाउनुभएको छ। ऐतिहासिक निर्णय गरेको भनिराख्नुभएको छ। भाषाले हामीलाई केही फरक पर्दैन, सबै भाषाको सम्मान गर्नु कर्तव्य हो भनिराख्नुभएको छ। सामाजिक सञ्जालमा लेख्नुभएको छ।

तपाईंले संस्कृत भाषा अध्ययन गर्नुभएको हो? वा अन्य किसिमले संस्कृत भाषाको ज्ञान लिनुभएको हो? त्यस्तो केही पृष्ठभूमि छ?
त्यस्तो त छैन। विद्यालयमा कक्षा ७ सम्म संस्कृति पढेकै हो। पहिले विद्यालयमा पढाइ हुन्थ्यो। अहिलेचाहिँ हुँदैन। मैले संस्कृत भाषाका अरु केही किताब अलिअलि पढेको छु। तर नेपालमा संस्कृत भाषाको पढाइ होस्, लागू होस् र यो अगाडि बढोस् भन्ने मलाई लागेको छ।

Ncell 2
Ncell 2

अरु बेलामा पनि संस्कृत भाषा बोल्ने र लेख्ने गर्नुहुन्छ? कत्तिको गाह्रो वा सजिलो हुन्छ?
बोल्न लेख्न धेरै गाह्रो पनि हुँदैन, धेरै सजिलो पनि हुँदैन। ठीकैठीकै छ।

संस्कृत भाषा त झन्डैझन्डै लोप नै भइसकेको छ। तपाईं भने त्यही भाषामा सपथ लिँदै हुनुहुन्छ। यस भाषाका बारेमा तपाईंका योजना के छन्?
यो भाषालाई पुनर्जागरण गर्नुपर्छ। किनकि, संस्कृतसँग सबै भाषा जोडिएका छन्। ज्ञान विज्ञानका कुराहरु पनि जोडिएका छन्। आयुर्वेददेखि शास्त्रसम्म जोडिएका छन्। ती सबै संस्कृत भाषाबाटै विश्वभर फैलिएका हुन्। त्यसकारण संस्कृत भाषालाई जगेर्ना गर्दै अगाडि बढाउनुपर्छ। नत्र यो राष्ट्रको विकास र समृद्धि सम्भव छैन।

यहाँका शासकहरुले संस्कृत भाषा मात्रै होइन, देवनागरी लिपी नै मास्न खोजिरहेका छन्। इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राख्ने निर्णय त्यसकै उदाहरण हो। नेपालको स्वभाविमान र पहिचानलाई मद्दत पुगोस् भनेर पनि मैले संस्कृतमा सपथ लिने निर्णय गरेको हो।

निर्वाचनको बेलामा संस्कृत भाषाका बारेमा केही प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो?
संस्कृत भाषासँग सम्बन्धित कुनै प्रतिबद्धता व्यक्त गरेको त थिइनँ। तर मेरो मान्यता छ, नेपालमा संस्कृत शिक्षा लागू गर्नुपर्छ।

अब संसद्‌मा पनि पटकपटक बोल्नुपर्ने हुन्छ। त्यहाँ पनि संस्कृतमै बोल्ने प्रयास गर्नुहुन्छ?
आज त संस्कृतमै सपथ लिने भइहालेँ। पछिपछि संसद्‌मै बोल्दा पनि संस्कृतमा बोल्ने प्रयास गर्छु।

संस्कृत भाषा मूलतः हिन्दू धर्मसँग जोडिएको छ। यही भाषामा सपथ लिने भन्नुभएको छ। तपाईं हिन्दू राष्ट्रको माग पनि राख्नुहुन्छ?
जसले जे भने पनि पहिलेदेखि अहिलेसम्म हाम्रो देश हिन्दूराष्ट्र नै हो। बीचमा धर्म निरपेक्ष राष्ट्र बनाइएको छ। संविधानको धारा ४ (१) मा उल्लेख नै गरिएको छ, सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गरिनेछ। त्यसकारण नेपाल हिन्दू राष्ट्रमा कायमै छ। जबसम्म पशुपतिनाथ रहन्छ, तबसम्म नेपाल हिन्दू राष्ट्र नै रहन्छ भन्ने मेरो विश्वास छ।

तपाईंले संस्कृत भाषामा सपथ लिने निर्णय गरेपछि निर्वाचन क्षेत्रमा कस्तो प्रतिक्रिया पाउनुभएको छ?
नकारात्मक प्रतिक्रिया छैन। सबै भाषाका मानिसले सकारात्मक रुपमा लिएका छन्। किनभने, संस्कृत त सबै भाषाको जननी हो।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो राहनेछ देशभरको मौसम
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
न बदलिएको समाज आइतबार, पुस १३, २०८२
यस्तो राहनेछ देशभरको मौसम आइतबार, पुस १३, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन, सबैलाई स्वीकारेर अघि बढ्नु पर्छ: कुलमान घिसिङ शनिबार, पुस १२, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज नेपाल लाइभ
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्