• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सांसद किरणकुमार साहलाई प्रश्न- सपथका लागि संस्कृत भाषा किन रोज्नुभयो? [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, पुस ७, २०७९  १०:१५
1140x725

काठमाडौं– नवनिर्वाचित सांसदहरुले बिहीबार सपथ ग्रहण गर्दैछन्। धेरै सांसदहरुले नेपाली भाषामा सपथ लिनेछन् भने झन्डै दुई दर्जन सांसदले मातृभाषा लगायतका अन्य भाषामा सपथ लिने गरी संसद् सचिवालयमा जानकारी गराइसकेका छन्। 
नेपालीइतरको भाषामा सपथ लिने त्यस्तै एक सांसद हुन्, किरणकुमार साह। रौतहट- २ बाट निर्वाचित भएका उनले संस्कृत भाषामा सपथ लिँदैछन्। यो भाषा बोलिचालीमा खासै प्रयोग हुँदैन। हिन्दूशास्त्रका पुस्तकहरु बाहेक अन्य पुस्तकहरु पाउन पनि मुस्किल छ। यस्तो परिप्रेक्ष्यमा यही भाषामा सपथ लिने निर्णय गर्नुको कारण के हो? नेपाल लाइभका लागि किशोर दहालले साहसँग संक्षिप्त प्रतिक्रिया लिएका छन्।

संस्कृत भाषामा सपथ खाने निर्णय गर्नुभएछ। किन?
हाम्रो राष्ट्र पहिलेदेखि नै हिन्दू सनातन धर्म अनुसार चल्दै आएको हो। विश्वमा पनि एउटा हिन्दू राष्ट्र भनेर चिनिने गरेको थियो। अहिले भने संस्कृत भाषाको बिदाइ नै गर्न लागेका छन्। तर यो भाषा धेरै भाषाको जननी हो। त्यसैले यो भाषाले राष्ट्रिय एकतालाई जोड्ने र मजबुत बनाउन सक्छ। त्यसैले यो भाषा लोप नहोस्, बरु उजागर होस् भनेर मैले संस्कृत भाषामा सपथ लिने निर्णय गरेको हो। 

अर्कोतिर, नेपालमा संस्कृत भाषा एकदमै आवश्यक छ। किनकि, यहाँ ९६ प्रतिशत हिन्दू धर्मावलम्बी छन्। त्यसैले सम्पूर्ण नेपालीको शिर ठाडो हुने गरी मैले संस्कृतमा सपथ खाने निर्णय लिएको हुँ। 

तपाईं रौतहट- २ बाट निर्वाचित हुनुभएको हो। यसअघि त्यस क्षेत्रबाट मुस्लिम समुदायका मोहम्मद आफताब आलम निर्वाचित हुनुहुन्थ्यो। अब तपाईं हिन्दू समुदायको व्यक्ति निर्वाचित हुनुभयो। अब सो क्षेत्रमा हिन्दू सांसदको उदय भयो भन्ने सन्देश दिनलाई संस्कृत भाषामा सपथ लिने निर्णय गर्नुभएको हो कि?
त्यस्तो केही होइन। मेरो निर्णयलाई सबैले सकारात्मक रुपमा लिएका छन्। हाम्रा मुस्लिम साथीभाइहरुले, नेता तथा कार्यकर्ताहरुले सौहार्दपूर्ण तरिकाले सकारात्मक प्रतिक्रिया जनाउनुभएको छ। ऐतिहासिक निर्णय गरेको भनिराख्नुभएको छ। भाषाले हामीलाई केही फरक पर्दैन, सबै भाषाको सम्मान गर्नु कर्तव्य हो भनिराख्नुभएको छ। सामाजिक सञ्जालमा लेख्नुभएको छ।

तपाईंले संस्कृत भाषा अध्ययन गर्नुभएको हो? वा अन्य किसिमले संस्कृत भाषाको ज्ञान लिनुभएको हो? त्यस्तो केही पृष्ठभूमि छ?
त्यस्तो त छैन। विद्यालयमा कक्षा ७ सम्म संस्कृति पढेकै हो। पहिले विद्यालयमा पढाइ हुन्थ्यो। अहिलेचाहिँ हुँदैन। मैले संस्कृत भाषाका अरु केही किताब अलिअलि पढेको छु। तर नेपालमा संस्कृत भाषाको पढाइ होस्, लागू होस् र यो अगाडि बढोस् भन्ने मलाई लागेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अरु बेलामा पनि संस्कृत भाषा बोल्ने र लेख्ने गर्नुहुन्छ? कत्तिको गाह्रो वा सजिलो हुन्छ?
बोल्न लेख्न धेरै गाह्रो पनि हुँदैन, धेरै सजिलो पनि हुँदैन। ठीकैठीकै छ।

संस्कृत भाषा त झन्डैझन्डै लोप नै भइसकेको छ। तपाईं भने त्यही भाषामा सपथ लिँदै हुनुहुन्छ। यस भाषाका बारेमा तपाईंका योजना के छन्?
यो भाषालाई पुनर्जागरण गर्नुपर्छ। किनकि, संस्कृतसँग सबै भाषा जोडिएका छन्। ज्ञान विज्ञानका कुराहरु पनि जोडिएका छन्। आयुर्वेददेखि शास्त्रसम्म जोडिएका छन्। ती सबै संस्कृत भाषाबाटै विश्वभर फैलिएका हुन्। त्यसकारण संस्कृत भाषालाई जगेर्ना गर्दै अगाडि बढाउनुपर्छ। नत्र यो राष्ट्रको विकास र समृद्धि सम्भव छैन।

यहाँका शासकहरुले संस्कृत भाषा मात्रै होइन, देवनागरी लिपी नै मास्न खोजिरहेका छन्। इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राख्ने निर्णय त्यसकै उदाहरण हो। नेपालको स्वभाविमान र पहिचानलाई मद्दत पुगोस् भनेर पनि मैले संस्कृतमा सपथ लिने निर्णय गरेको हो।

Xtrem
Xtrem

निर्वाचनको बेलामा संस्कृत भाषाका बारेमा केही प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो?
संस्कृत भाषासँग सम्बन्धित कुनै प्रतिबद्धता व्यक्त गरेको त थिइनँ। तर मेरो मान्यता छ, नेपालमा संस्कृत शिक्षा लागू गर्नुपर्छ।

अब संसद्‌मा पनि पटकपटक बोल्नुपर्ने हुन्छ। त्यहाँ पनि संस्कृतमै बोल्ने प्रयास गर्नुहुन्छ?
आज त संस्कृतमै सपथ लिने भइहालेँ। पछिपछि संसद्‌मै बोल्दा पनि संस्कृतमा बोल्ने प्रयास गर्छु।

संस्कृत भाषा मूलतः हिन्दू धर्मसँग जोडिएको छ। यही भाषामा सपथ लिने भन्नुभएको छ। तपाईं हिन्दू राष्ट्रको माग पनि राख्नुहुन्छ?
जसले जे भने पनि पहिलेदेखि अहिलेसम्म हाम्रो देश हिन्दूराष्ट्र नै हो। बीचमा धर्म निरपेक्ष राष्ट्र बनाइएको छ। संविधानको धारा ४ (१) मा उल्लेख नै गरिएको छ, सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गरिनेछ। त्यसकारण नेपाल हिन्दू राष्ट्रमा कायमै छ। जबसम्म पशुपतिनाथ रहन्छ, तबसम्म नेपाल हिन्दू राष्ट्र नै रहन्छ भन्ने मेरो विश्वास छ।

तपाईंले संस्कृत भाषामा सपथ लिने निर्णय गरेपछि निर्वाचन क्षेत्रमा कस्तो प्रतिक्रिया पाउनुभएको छ?
नकारात्मक प्रतिक्रिया छैन। सबै भाषाका मानिसले सकारात्मक रुपमा लिएका छन्। किनभने, संस्कृत त सबै भाषाको जननी हो।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्