• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
नयाँ सांसद

छिरिङ ल्हामु: मुगाली समुदायकै पहिलो सांसद

64x64
धनु विश्वकर्मा बुधबार, पुस ६, २०७९  १५:५१
1140x725

काठमाडौं– मुगाली समुदायबाट पहिलोपटक सांसद बन्न सफल भएकी छिन्, छिरिङ ल्हामु लामा (मुगाली)। उनलाई नेकपा माओवादी केन्द्रले जुम्लाबाट समानुपातिकतर्फ सांसद चुनेको हो।

भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा माओवादीले समानुपातिकतर्फ प्राप्त गरेको १४ सिटमध्येबाट उनलाई जनजाति र पिछडिएको कोटाबाट सांसद बनाएको छ। उनी मुगली समुदायबाट उपल्लो निकायमा पुग्ने पहिलो व्यक्ति समेत बनेकी छिन्।

‘मुगाली समुदायको इतिहासमा पहिलोपटक सांसद बन्न पाउँदा गौरव महसुस भएको छ,’ ३० वर्षीया छिरिङले भनिन्।

०००

मुगुको सदरमुकाम गमगढीको उत्तर-पूर्वमा पर्ने सबैभन्दा ठूलो स्थानीय तह हो, मुगूम कार्मारोङ गाउँपालिका। पूर्वमा डोल्पाको से-फोक्सुन्डो गाउँपालिका र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको यो पालिकामा मुगाल (मुगुम) समुदायको बसोबास रहेको छ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ ले मुगाली समुदायलाई आदिवासी जनजाति भनेर परिभाषित गरेको छ। 

मुगाली समुदायको उद्गमथलो मुगुको मुगुम भन्ने ठाउँ हो। बौद्ध धर्मलाई अनुशरण गर्दै आएका यहाँका मुगालीको पेसा भने भेडा पालन र जडीबुटी व्यवसाय नै हो।

छिरिङको परिवारको पनि जडिबुटी व्यवसाय र भेडापालन पेसा थियो। पहिला-पहिला यहाँका बासिन्दा भोटको नुनको व्यवसाय गर्थे। राडीपाखी बुन्थे। हिमालको दाल पहाडतिर चामलसँग साट्न आउँथे।

Ncell 2
Ncell 2
nimb
nimb

यातायातको पहुँच बढ्न थाल्यो। उनीहरुको पेसा विस्तारै विस्थापित हुन पुग्यो। जसका कारण छिरिङको परिवार भारत भासियो। उसो त उच्च हिमालमा बस्ने जनजातिहरु अहिले पनि मौसम अनुसार बसोबास गर्छन्। गर्मीमा लेक उक्लिन्छन् भने हिउँदमा बेसी झर्छन्। कोही नुन, तेल र लत्ताकपडाका लागि भारतसम्म जान्छन्।

०००

छिरिङको परिवार भारत बसेको १२ वर्ष भएको थियो। २०४८ सालमा भारतको हिमाञ्चल प्रदेशको मनाली भन्ने ठाउँमा जन्म भएको हो उनको। बाल्यकाल भारतमै बित्यो। प्रारम्भिक शिक्षा पनि भारतमा सुरु गरिन्। परिवारमा एक दाइ र एक भाइ छन्। 

पाँच कक्षासम्म मनालीमा अध्ययन गरिन्। पछि उनको परिवार जुम्ला फर्कियो। पुर्ख्यौली घर भने मुगु हो। बुबाको पुस्ता बेसी झर्ने सिलसिलामा जुम्ला आयो। पछि जुम्ला बजारमा नै स्थायी बसोबास भयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

छिरिङले जुम्ला बजारमा रहेको चन्दननाथ हाइस्कुलमा १२ कक्षासम्म अध्ययन गरिन्। बुबाको निधन भयो। आमाले हुकाइन्, बढाइन्। पारिवारिक बोझ थपिन थाल्यो। घरको कामसँगसँगै पढाइलाई पनि निरन्तरता दिइन्। उनका श्रीमान् दावा तामाङ पनि मुगाली समुदायका हुन्। अहिले भने अमेरिकामा छन्। अहिले उनको बसोवास काठमाडौंको बौद्धमा छ।

छिरिङ राजनीतिभन्दा पहिला सामाजिक कार्यमा संलग्न थिइन्। एनआईसी लाईफ ईन्सुरेन्समा जागिरे पनि भइन्। जुम्लामा रहेर सामाजिक कार्य काम गर्दै आएकी थिइन्। 

मुगाल समुदायबाट राजनीतिमा कोही थिएन। जुम्लामा छिरिङ परिचित थिइन्। विभिन्न कार्यक्रममा सहभागी हुन्थिन्। राजनीतिमा आउन सबैले आग्रह गरे। उनी माओवादीमा आवद्ध भइन्। महिला अझ मुगाली समुदायको व्यक्ति भएकोले राजनीति गरेर अगाडि बढ्न सजिलो भयो।

‘राजनीति पनि सेवा नै हो,’ उनी भन्छिन्, ‘समाजिक हितका काम गर्न राजनीति एउटा अवसर भएकोले यता आएको हुँ।’ उनी माओवादी महिला संगठनको प्रदेश सदस्यका साथै चन्दननाथ नगरपालिकाको सहइन्चार्ज पनि हुन्। 

जुम्लामा पार्टीबाट जनजाति समुदायको राजनीति गर्ने महिला थिएनन्। केन्द्रमा महिला जनजाति चाहिएको थियो। जिल्लाले उनलाई सजिलै समानुपातिकमा सिफारिस गर्‍यो। अन्ततः पार्टी नेतृत्वले मुगाली समुदायलाई संसद्‌मा पुर्‍याएको उनी बताउँछिन्।

दुई पुस्तादेखि मुगाली समुदाय जुम्लामा बस्दै आएका छन्। जहिले पनि दलहरुले उत्पीडित समुदायलाई भोट बैंक मात्र बनाउँदै आएको उनको गुनासो थियो। यो व्यवस्था एकल जाति, वर्ग र लिङ्गले मात्र उपयोग गरेकोमा चित्त बुझेको थिएन। 'यो पटक भने पार्टी पंक्तिले मुगालीलाई सांसद बनाएको छ,’ उनी भन्छिन्।

पहिलो पटक मुगाली समुदायबाट संसदमा प्रतिनिधित्व गर्न पाउँदा उत्साहितसँगै चुनौती पनि थपिएको उनी बताउँछिन्। उनी संसदमा नयाँ अनुहार हुन्। कतिपय संसदीय व्यवस्थासँग अभ्यस्त छैनन्। तर पनि चुनौतीलाई चिर्दै संसदमा बलियो उपस्थिति जनाउने उनको भनाइ छ।

जुम्ला जिल्लाका साझा समस्याका रुपमा रहेका स्वास्थ्य, शिक्षा र गरिबीलाई प्राथमिकता दिने उनले बताएकी छन्। आफ्नो समुदायको पेसा भेडापालन हो। यो पेसालाई थप व्यावसायीकरण गर्न पहल गर्ने बताउँदै छिरिङ भन्छिन्, ‘पुर्ख्यौली पेसा ओझेल पर्दैछन्। नागरिकले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारी मात्र देख्न थाले। त्यसैले पुर्ख्यौली पेसालाई पनि महत्व दिनेछु।'

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १५:५१
  • #नयाँ सांसद
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्