काठमाडौं– आजदेखि नेपाली सेनाको कमान्ड पूर्णचन्द्र थापाले सेनाको कमाण्ड सम्हाल्दैछन्। प्रधान सेनापति राजेन्द्र क्षत्रीलाई बिदाई गरी बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको रुपमा सेनाको कमान्ड सम्हाल्ने भएका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई आजदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरिसकेका छिन्।
प्रधानसेनापति क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजना हुने विशेष समारोहमा बलाधिकृत रथी थापालाई नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रम छ।
थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्नेछन्।
अवकाश हुनुभन्दा एक महिनाअघि नै बिदा बस्ने परम्पराअनुसार क्षत्री आजदेखि बिदामा बस्न लागेका हुन्।
बुधबार सेनापति क्षत्रीले जंगी खड्डामा सम्बोधन गरेका थिए। ९२ बुँदे सम्बोधनमध्ये ६५ बुँदामा उनले आफ्नो नेतृत्वमा भएका कामहरु उल्लेख गरेका छन्।
भूकम्पमा सेनाले गरेको उद्धारदेखि निर्वाचन सम्पन्न भूमिकासम्मलाई उनले आफ्नो सफलता सूचीमा राखेका छन्। राष्ट्रिय सुरक्षा नीति निर्माण, इतिहासमा पहिलो पटक महिलाहरुको लागि गोरखखाली गुल्म स्थापना गरिएको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।